अ
अ+
अ-
काठमाडाैँ । कांग्रेस सभापति गगन थापाले विश्व आदिवासी दिवसका अवसरमा आदिवासी समुदायलाई शुभकामना व्यक्त गर्दै संविधानले सुनिश्चित गरेका अधिकारको पूर्ण कार्यान्वयनका लागि आफूहरू प्रतिबद्ध रहेको बताएका छन्।
थापाले सामाजिक सञ्जालमार्फत नेपाल तथा विश्वभर रहेका सम्पूर्ण आदिवासी समुदायलाई शुभकामना दिँदै नेपालको मौलिक पहिचान, भाषा, संस्कृति, परम्परा तथा प्राकृतिक स्रोत–साधनको संरक्षणमा आदिवासी समुदायको महत्वपूर्ण योगदान रहेको उल्लेख गरेका छन्।

उनले आदिवासी समुदायको पहिचानको सम्मान, भाषा तथा संस्कृतिको संरक्षण र राज्यका हरेक तहमा समतामूलक सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन्।
थापाले संविधानले सुनिश्चित गरेका आदिवासीका अधिकारहरूको पूर्ण कार्यान्वयनका लागि आफूहरू निरन्तर प्रतिबद्ध रहेको बताएका छन्।







