२२ मंसिर २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ललितपुरमा पनि ६ महिनासम्म निषेधाज्ञा, पाँचजनाभन्दा बढी भेला हुन नपाइने



अ+ अ-

काठमाडौं । ललितपुर जिल्लाले विभिन्न स्थान तोकेर निषेधाज्ञा जारी गरेको छ ।

ललितपुर महानगरपालिका–३ पुल्चोकस्थित युएन हाउस र मन्त्री निवासकोको सुरक्षा संवेदनशिलतालाई ध्यानमा राखेर निषेधाज्ञा तोकिएको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिए ।

आजैदेखि ६ महिनासम्मका लागि पाँचजना भन्दा बढी भेला हुन नपाइने, नारा जुलुस, प्रदर्शन र घेराउ, अनसन, सभाजस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न निषेध गरिएको छ ।