७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा News Polar पचास लाखभन्दा बढीका मोबाइलका सामान गौरमा बरामद News Polar नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो News Polar शव पहिचानमा चीनको प्राविधिक सहयोग, नास्टमा डीएनए परीक्षण जारी News Polar फागुन २१ को निर्वाचन अघिल्ला राजनीतिक घटनाक्रमको ‘रंगमञ्च’ : मञ्जु भण्डारी News Polar संक्रामक पशु रोग नियन्त्रणमा वैज्ञानिक प्रणाली र समयमै क्षतिपूर्ति दिन सांसदको माग News Polar विष्णु रिजालको माग : नेपाली सेनासँग पार्टीको सम्बन्ध के हो स्पष्ट पारियोस News Polar कोरलानाकाबाट २० दिनमै दुई अर्ब ५४ करोड राजस्व सङ्कलन News Polar रोजगारदाताले कामदार र कामदारले रोजगार नपाउने समस्याको अन्त्य गर्नेगरी काम गर्दैछौँः मन्त्री यादव News Polar भोटेकोशी बाढी प्रभावितमा बढ्दो मानसिक त्रास, आरआरएनद्वारा मनोसामाजिक सहयोग विस्तार News Polar फिनटेकको विकास र अन्तर्राष्ट्रिय अभ्यास सम्बोधन गर्न भुक्तानीसम्बन्धी विधेयक अपरिहार्य : अर्थमन्त्री वाग्ले News Polar कोशी प्रदेशमा असोज १४ देखि २० गतेसम्म सीप तथा रोजगार मेला हुने News Polar डिजिटल भुक्तानी प्रणाली सुरक्षित र पारदर्शी बनाउन कानुनी व्यवस्था गर्नुपर्छ : सांसद कर्ण News Polar विदेशी भुक्तानी सेवा प्रदायकबाट अवसरसँगै पुँजी पलायन र साइबर सुरक्षामा सजग हुनुपर्छ : सांसद बयक News Polar पार्टी, लोकतन्त्र र राष्ट्र असाधारण संकटमा छन्, एमालेले एकताको अगुवाइ गर्नुपर्छ : ज्ञवाली News Polar असोज १६ भित्र दर्ता विधेयक समितिमा पठाउने तयारी News Polar मनास्लु हिमालमा मृत्यु भएका दुईको शव काठमाडौँमा News Polar प्रतिनिधि सभा बैठकमा सांसदहरूको न्यून उपस्थिति-फोटो फिचर News Polar राप्रपाको प्रदेश अधिवेशन असोज २१ गते, सातै प्रदेशमा निर्वाचन प्रतिनिधि तोकिए News Polar एम्बुलेन्सबाट साढे चार क्विन्टल गाँजा बरामद

भारतले विश्वकप फाइनल हार्नुका पाँच कारण

भारतले विश्वकप फाइनल हार्नुका पाँच कारण
अ+ अ-

एजेन्सी । आइतबार विश्वकपको फाइनल खेलमा अष्ट्रेलियासँग भारतले ६ विकेटको लज्जास्पद हार बेहोर्यो । प्रतियोगिताभर भारतीय टोलीले जुन दबदबा राखेको थियो, त्यो दबदबा उपाधि खेलमा भने कायम राख्न सकेन ।

अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा अष्ट्रेलियाका ब्याट्सम्यानले ४३ ओभरमा ४ विकेट गुमाएर २४१ रनको लक्ष्य पुरा गरे । ट्राभिस हेडले १२० बलमा १३७ रनको इनिङ खेले भने मार्नस लाबुसचेनले ११० बलमा ५८ रनको अविजित इनिङ खेले ।

अष्ट्रेलिया योसँगै छैटौँ पटक विश्वविजेता बनेको हो । अष्ट्रेलियाले यसअघि सन् १९८७, सन् १९९९, सन् २००३, सन् २००७ र सन् २०१५ मा उपाधि चुमेको थियो ।

यसैबीच भारतले फाइनल खेल हार्नुका पाँच कारणबारे यहाँ चर्चा गरौं ।
१.रोहितको लापरवाह ब्याटिङ
रोहित शर्माले यस विश्वकपमा पहिले जस्तै ब्याटिङ गरेका थिए । शट खेलेर उनी जसरी आउट भए त्यसलाई लापरवाह भनिन्छ । पावर प्लेको ९ ओभरमा भारतको स्कोर ६६र१ थियो ।

पार्टटाइम बलर ग्लेन म्याक्सवेल १० औं ओभरमा आए । रोहितले पहिलो तीन बलमा १० रन बनाएका थिए । यद्यपि चौथो बलमा उनले ठूलो शट खेल्ने प्रयास गरे र क्याच आउट भए । यसले भारतीय इनिङ्सको गति तोड्यो ।

२. विराट गलत समयमा आउट हुनु
रोहित आउट भएपछि श्रेयस अय्यर ४ रन बनाएर आउट भए । त्यसपछि विराटले केएल राहुलसँग ६७ रनको साझेदारी गरे । प्याट कमिन्सको बलमा विराट आउट हुनुअघि दुवैले टोलीलाई ठूलो स्कोरतर्फ लैजाँदै थिए । यहीँबाट भारतीय इनिङ्स अड्कियो र पछि आएका ब्याट्सम्यानले खुलेर खेल्न सकेनन् ।

३. राहुलको सुस्त ब्याटिङ
कोहलीको विकेट खसेपछि केएल राहुल दबाबमा आए र विकेट जोगाउन बिस्तारै खेल्न थाले । मध्य ओभरमा ९७ बलसम्म कुनै बाउन्ड्री आएन । केएल राहुलले १०७ बलमा ६१.६८ को स्ट्राइक रेटमा ६६ रन बनाए । उनले एक चौका मात्र बनाए ।

४. बलिङ र फिल्डिङमा कम आक्रमण
२४१ रनको सानो स्कोर पछ्याउन मैदान उत्रिएको टीम इन्डिया पावरप्लेमा हावी रह्यो । मोहम्मद शामीले आफ्नो पहिलो ओभरमा डेभिड वार्नरको विकेट लिए । त्यसपछि बुमराहले पावरप्लेमा मिचेल मार्स र स्टिभ स्मिथलाई आउट गरेका थिए । पावरप्लेमा अस्ट्रेलियाले ६० रनमा ३ विकेट गुमाएको थियो । यहाँबाट रोहित शर्माले बलिङ र फिल्डिङमा आक्रमणलाई कम गरे ।

शीतबाट बच्न रोहितले पावरप्ले पछि जडेजा र कुलदीपलाई ६ ओभर बल दिए । यसैमा हेड र लाबुस्चेनले एकअर्कालाई सम्हाल्ने मौका पाए । दुवैले शतकीय साझेदारी गर्दै खेल अस्ट्रेलियाको पक्षमा पुर्याएका थिए ।

५. शीत झर्नु
अस्ट्रेलियाको इनिङ्सको २० ओभरपछि शीत पर्न थाल्यो । यसले बललाई भिजेको बनायो र भारतका स्पिनरहरू प्रभावहीन भए । जडेजा र कुलदीपले कुनै विकेट लिन सकेनन् । फास्ट बलरहरू विरुद्ध ब्याटिङ पनि सजिलो भयो ।