१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता
तपाईं के खोज्दै हुनुहुन्छ ?

रौतहटबाट आधुनिक हतियार बरामद



अ+ अ-

काठमाडौँ । सशस्त्र प्रहरी बलले रौतहटबाट चार थान अत्याधुनिक हतियार बरामद गरेको छ । इन्टेलिजेन्स ब्यूरोले रौतहट यमुनामाइ नगरपालिका–३ स्थित एक घरबाट आज ९ एमएम पेस्तोल तीन नाल, त्यसमा प्रयोग हुने १३ थान गोली, छ थान म्याग्जिन र एक थान एयर गन बरामद गरेको हो ।

हतियार लुकाएर राखिएको भन्ने बिशेष सूचनाका आधारमा ब्यूरोले सो घरमा खानतलासी गरेको थियो । बरामद हतियारमध्ये २ नाल पेस्तोल ‘मेड इन यूएसए’ र एक थान ‘मेड इन इन्डिया’ लेखिएको प्रहरीको भनाइ छ ।

हतियारसहित मोबाइलको सीमकार्ड, मोबाइल, शेख एजाज अहमदको नाममा जारी नागरिकता समेत बरामद भएको छ । सो क्षेत्रमा थप अपरेशन जारी रहेको प्रहरीको भनाइ छ ।

हतियार बरामदपछि स्थानीयले ढुङ्गामुढा गर्दा प्रस्तावित सीमा सुरक्षा गुल्म गौर र सुरक्षा बेस देबाहिको गाडिको सीसा फुटेको छ ।