५ आश्विन २०८१, शनिबार
,
Latest
अमेरिकामा नेपाली कलाकार सम्मानित ममता बेपत्ता मुद्दामा नरेशलाई धरौटीमा रिहा गर्न अदालतद्वारा अस्वीकार इन्द्रजात्रा: रथ तान्दै महिला-फोटो फिचर एन्फा महिला लिगमा पुलिस र संकटा विजयी असोज १२ मा काठमाडौं म्याराथनको १६ औं संस्करण परराष्ट्रमन्त्री डा राणा र रोमानियाली विदेशमन्त्रीबीच भेटवार्ता काँग्रेसले युवा पुस्तालाई नेतृत्वमा ल्याउनुपर्छः डा. शशांक कोईराला अबको निर्वाचनबाट एमाले निर्णायक शक्ति बन्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी देउवाको दाबीः काँग्रेस–एमाले गठबन्धनबाट जनता खुशी र आनन्दित छन् देशलाई आर्थिक सङ्कटबाट जोगाउन कांग्रेस–एमालेको सरकार बनेको होः सञ्चारमन्त्री गुरुङ
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

अफताब आलमविरुद्धको मुद्दामा बहस नोट पेस गर्न अदालतको आदेश



file photo
अ+ अ-

काठमाडौँ । जिल्ला अदालत गौरले रौतहटको राजपुर फरदहवामा १६ वर्षअघि भएको बम बिस्फोट घटनाका आरोपित कांग्रेस नेता मोहम्मद अफताब आलमविरुद्धको मुद्दामा बुधबार बहस नोट माग्ने आदेश गरेको छ ।

पटक–पटक पेसी सर्दै आएको मुद्दाको फैसला हुने अनुमान गरिए तापनि १५ दिनभित्र लिखित बहस नोट पेस गर्न आदेश जारी भएको हो ।

न्यायाधीश बाबुकाजी बानियाँको एकल इजलासले मुद्दाको गम्भीरता तथा जटिलतालाई विचार गर्दा जिल्ला सरकारी वकिल तथा प्रतिवादीहरूका कानुन व्यवसायीको तर्फबाट १५ दिन भित्र वहस नोट माग गरि पेश गर्न आदेश दिइएको हो ।

२७ चैत २०६४ मा रौतहटको राजपुरमा भएको बम विस्फोटमा परेर घाइते भएका त्रिलोकप्रताप सिंह, ओसी अख्तरलगायतलाई जिउँदै जलाएको आरोपमा पूर्वमन्त्री आलमलाई २०७६ असोजमा प्रहरीले पक्राउ गरेको थियो ।

आलम हाल ललितपुरको नख्खु कारागारमा छन् भने अर्का आरोपी आलमका भाइ महताब आलम गौर जेलमा छन् ।