२८ मंसिर २०८२, आईतवार
,
Latest
पर्यटन सबलीकरणका सूत्र यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर तुलसीमान श्रेष्ठ लोक साहित्य सम्मान-२०८२ डा.राजुबाबु श्रेष्ठलाई प्रदान विभिन्न कार्यक्रमका साथ संसद् सेवा दिवस मनाइँदै एमाले महाधिवेशन: आजबाट बन्दसत्र भृकुटीमण्डपमा शुरु हुँदै एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग मेस्सी एक्कासी बाहिरिएपछि समर्थकद्वारा भारतीय रंगशालामा तोडफोड कांग्रेसभित्र प्रजातन्त्र सेनानीको अनुभव प्रयोगको खाँचो छ: डा कोइराला ८५ हेक्टर क्षेत्रफलमा चैते धानखेती विस्तार गरिँदै होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

टि२० विश्वकप एशिया छनोटमा नेपाली क्रिकेटलाई प्रोत्साहन गर्न नेपाल क्रिकेट संघसँग डिशहोम फाईवरनेटको साझेदारी



अ+ अ-

 

काठमाडौं। डिश मिडिया नेटवर्क लिमिटेड (डिशहोम फाईवरनेट), नेपालको एक अग्रणी इन्टरनेट सेवा प्रदायकले टि२० विश्वकप फाइनल एसिया छनोटमा नेपाल टोलीलाई समर्थन गर्न नेपाल क्रिकेट संघ ९क्यान० सँग आफ्नो साझेदारीको सम्झौता गरेको छ।

डिशहोम फाईवरनेट र नेपाल क्रिकेट संघ (क्यान) बीचको सहकार्य एउटा महत्वपूर्ण समयमा आएको छ जब नेपाल टोली अन्तर्राष्ट्रिय मञ्चमा छाप बनाउन प्रयासरत छन । चलिरहेको टि२० विश्वकप एशिया छनोटको ठूलो महत्व छ, र डिशहोम फाईवरनेट को सहयोगमा, टोलीले आर्थिक अवरोध बिना आफ्नो प्रदर्शनमा ध्यान केन्द्रित गर्न सक्छन् कि भन्ने कम्पनीले आशा गरेको छ ।

डिशहोम फाईवरनेटका कार्यकारी उपाध्यक्ष श्री रमेश सापकोटाले आफ्नो उत्साह व्यक्त गर्दै भन्नुभयो, ‘हामी नेपाल टोलीलाई समर्थन गर्न र नेपाली क्रिकेटको प्रवर्द्धन गर्न पाउँदा उत्साहित छौं । हाम्रो प्रतिबद्धता क्यानलाई आवश्यक स्रोत र सहयोग उपलब्ध गराउनु हो ।’