• ३० बैशाख २०८१, आईतवार
  •      Sun May 12 2024
  •   Unicode
Logo
Latest
★   नइका चार कृतिको लोकार्पण ★   राष्ट्रिय नाचघरमा ‘माटोको गीत’ ★   काठमाडौँमा मिथिला थाली चखाउँदै ‘मास्टर सेफ’ सन्तोष ★   राजस्थानलाई ५ विकेटले हराउँदै चेन्नई तेस्रो स्थानमा उक्लियो, प्लेअफको सम्भावना बढायो ★   बर्खास्तीमा परेको साढे सात वर्षपछि सार्वजनिक कार्यक्रममा देखिए पूर्वअख्तियार प्रमुख कार्की ★   सर्वोच्चको फैसलाले इन्टरनेट सेवा प्रदायकबाट राजश्व असुलीको बाटो खुल्यो ★   टीकापुरस्थित तीस बिगहा सरकारी जग्गा हिनामिना प्रकरणको कीर्तेतर्फ पनि अनुसन्धान सुरु ★   नदीमा नुहाउने क्रममा डुबेर दुई बालिकाको मृत्यु ★   जीवि राईलाई सरकारले भगाएको भन्ने कुतर्क कसैले पनि गर्न हुँदैन: प्रधानमन्त्री ★   संसदको गतिरोध अन्त्यका लागि सभामुख–प्रमुख सचेतकबीचको छलफल निष्कर्षबिहीन

टेक्सासमा राप्रपा अध्यक्ष लिङ्देनले भने- कसैले कसैलाई निषेध नगरौं



अमेरिका  । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले भुगोलको नेपाल मेची महाकालीमा समेटिएको भएपनि भावनाको नेपाल संसारभर छरिएको र तिनलाई कसैले उपेक्षा गर्न नमिल्ने, गर्न नसक्ने बताउनु भएको छ।

पार्टी सम्बद्ध प्रवासी नेपाली एकता समाज (पानस) अमेरिकाको टेक्सासको ड्यालसमा आयोजित तेश्रो अधिवेशनको उदघाटन गर्दै अध्यक्ष लिङ्देनले नेपाली अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिइरहेको नेपाली डायस्पोरालाई नेपाल निर्माणको साझेदार बनाउनुपर्नेमा जोड दिनुभएको छ। अध्यक्ष लिङ्देन नेतृत्वको राप्रपाको टोली यतिबेला अमेरिका भ्रमणमा रहेको छ।

अध्यक्ष लिङ्देनले नेपाली राजनीतिमा पुस्ता हस्तान्तरण र नेतृत्व परिवर्तनको कुरा लामो समयदेखि उठिरहेको भएपनि राप्रपाले व्यवहारिक रुपमै आफ्नो पार्टीमा नेतृत्व परिवर्तन गरेको, पार्टीलाई नयॅा दिशा प्रदान गरेको र राष्ट्रिय राजनीतिमा राप्रपालाई आशालाग्दो शक्तिका रुपमा उभ्याएको दाबी गर्नुभएको छ। उहॅाले पार्टीमा अझै धेरै मिहिनेत गर्न बॅाकी रहेको बताउन्हॅुदै पार्टीको मात्रै होइन देशकै नेतृत्व परिवर्तन गर्नुपर्नेमा जोड दिनुभएको छ। एउटा राजनीतिक परिवर्तनमा हाल नेतृत्वमा रहेकाहरुको योगदान रह्यो होला तर कठिन अवस्थाबाट गुज्रिरहेको देशलाई यथास्थितिबाट मुक्त गराउन लामो राजनीतिक जीवन बिताएकाहरुले विश्राम लिनुपर्ने बताउनुभएको छ।

नयॅा परिवर्तनको जनचाहनालाई अब परम्परागत नेतृत्वले नेतृत्व प्रदान गर्न सक्दैन, मैले अमेरिकामै पनि विभिन्न व्यक्ति र समुहसंगको व्यक्तिगत र सामुहिक भेटमा त्यस्तो धारणा पाएको छु, लिङ्देनले भन्नुभयो । अध्यक्ष लिङ्देनले राप्रपाले उठाएको राजसंस्था र हिन्दुराष्ट्रको मुद्दा केवल कोही व्यक्तिलाई राजा बनाउने र कुनै जात र धर्म विशेषलाई प्रोत्साहित गर्नको लागि नभइ यो एजेण्डा नेपालको पहिचान, एकता र स्थायित्वका लागि भएको प्रष्ट पार्नुभएको छ। ढिलोचॅाडो नेपाल त्यहॅा नपुगी छाड्दैन, अर्को बाटो पनि छैन, कुनै राजनीतिक पक्ष र शक्तिलाई निषेध नगरौं भन्ने राप्रपाको प्रष्ट दृष्टिकोण रहेको छ, अमेरिकामा रहेका नेपालीलाई आश्वस्त तुल्याउदै अध्यक्ष लिङ्देनले भन्नुभयो- “प्रवासमा रहेर यो एजेण्डाको पक्षमा जनमत सिर्जना गर्न राप्रपाले तपाइहरुको साथ, समर्थन र ऐक्यबद्धता खोजेको छ।”

अधिवेशनलाई अध्यक्ष राजेन्द्र लिङदेन, पार्टीका नेता पुर्व मन्त्री प्रेमबहादुर भण्डारी ,पानस आईसीसी अध्यक्ष प्रेमकुमार श्रेष्ठ ,सहायक महामन्त्री विजय खडका, प्रवास विभाग प्रमुख आनन्द अधिकारी, केन्द्रीय सदस्य लोक तिवारी, पानस सल्लाहकार प्रेम चौलागाई ,एनआरएनए अमेरिका उपाध्यक्ष ज्ञानेन्द्र गुरूङ, सिटि काउन्सिल मेम्बर टिका पौडेल, चिकित्सक एवं गत निर्वाचनमा काठमाण्डौं क्षेत्र नं ५ का राप्रपा उमेदवार डा.रामप्रसाद उप्रेती, नेपाल अमेरिका पत्रकार संघका अध्यक्ष सुरज भण्डारी, नेपाली समाज टेक्सासका अध्यक्ष राजेन्द्र वाग्ले लगायतले सम्बोधन गर्नुभएको थियो ।

अधिवेशनले टेक्सासका रवि रावलको अध्यक्षतामा पानस अमेरिकाको २१ सदस्यीय नयॅा नेतृत्व सर्वसम्मतिले चयन गरेको छ। यसैगरी उपाध्यक्ष दिपु भुषाल, टेक्सास, नरेन्द्र शाह, न्युयोर्क, बामदेव अर्याल, मेरिल्याण्ड, केमिका भण्डारी, मेरिल्याण्ड, महासचिव डा.शंकर बिशुंखे, न्युयोर्क, सचिव गोविन्द सिंह ठकुरी टेक्सास र कोषाध्यक्ष रामशरण श्रेष्ठ, न्यु हेम्पसायर रहनुभएको छ। समाजको सल्लाहकारमा राजेन्द्र शेरचन, राधा शर्मा र नरेन्द्र खड्का रहेका छन् । नवनिर्वाचित कार्यसमितिलाई राप्रपाका अध्यक्ष लिङ्देनले करि लिफ बैंक्वेटमा आयोजित समारोहमा स्वागत र सम्मान गर्नुभएको छ।