२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar कांग्रेसको बन्द सत्र जारी, सभापति–उपसभापतिसहित चार प्रतिवेदन पारित गरिँदै News Polar रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा News Polar पूर्वाधारमा विपद्को क्षति २ खर्ब २७ अर्ब, पुनर्निर्माणका लागि ६३ अर्बको तत्काल माग News Polar तान्जानियाको अरुसामा आईपीयूको १५३औँ महासभा उद्घाटन News Polar चीनसँगको संसदीय सम्बन्ध थप सुदृढ बनाउने सभामुख अर्यालको जोड News Polar आईपीयू सचिवालयसँग जलवायुजन्य विपद्को आपत्कालीन एजेन्डाबारे नेपाली प्रतिनिधिमण्डलको छलफल News Polar बेपत्ता व्यक्तिको मृत्यु दर्तासम्बन्धी कानुनी जटिलता फुकाउन ‘फास्ट ट्रयाक’बाट कानून संशोधन हुने News Polar रसुवाको पुनर्निर्माणमा जलवायु जोखिमलाई ध्यान दिन सांसद आचार्यको माग News Polar भोटेकोशी–त्रिशूली विपद्मा बेपत्ताको मृत्यु दर्ता सहज बनाउन दुई ऐन संशोधन हुँदै News Polar राष्ट्र बैंकद्वारा विदेशी भुक्तानीको सीमा वृद्धि, उपचारदेखि हवाईजहाजका पार्टपुर्जासम्ममा सहजीकरण News Polar विपद् प्रभावितलाई संरक्षणदेखि आत्मनिर्भरतासम्म जोड्ने ‘समुन्नति कार्यक्रम’ News Polar सभामुख अर्याल र अष्ट्रेलियाली समकक्षीबीच शिष्टाचार भेट News Polar वर्तमान सरकारमा राजनीतिक र प्रशासनिक अनुभवको कमी छ : मुकुल ढकाल News Polar आर्थिक स्वतन्त्रता संकुचित गरिए अर्को आर्थिक दुर्घटना हुन सक्छ : अरुण सुवेदी News Polar पटकपटक राजनीतिक परिवर्तन भए पनि आर्थिक रूपान्तरण हुन सकेन : सुरेन्द्र पाण्डे News Polar कांग्रेसमा उम्मेदवारी दर्ता सुरु, ७ हजार ११४ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व News Polar स्फेरिकल भ्यूमा त्रिवि क्रिकेट मैदान News Polar ‘नागरिक स्पेस’ को खोजी’– अहिले ? …कहिले ? News Polar गोपनीयता भंग गर्ने जोसुकैलाई कानूनको कठघरामा ल्याइन्छ: गृहमन्त्री गुरुङ News Polar निरन्तर खबरदारी गर्ने नागरिक समाज आवश्यकः विमल कोईराला

टेक्सासमा राप्रपा अध्यक्ष लिङ्देनले भने- कसैले कसैलाई निषेध नगरौं

टेक्सासमा राप्रपा अध्यक्ष लिङ्देनले भने- कसैले कसैलाई निषेध नगरौं
अ अ+ अ-

अमेरिका  । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले भुगोलको नेपाल मेची महाकालीमा समेटिएको भएपनि भावनाको नेपाल संसारभर छरिएको र तिनलाई कसैले उपेक्षा गर्न नमिल्ने, गर्न नसक्ने बताउनु भएको छ।

पार्टी सम्बद्ध प्रवासी नेपाली एकता समाज (पानस) अमेरिकाको टेक्सासको ड्यालसमा आयोजित तेश्रो अधिवेशनको उदघाटन गर्दै अध्यक्ष लिङ्देनले नेपाली अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिइरहेको नेपाली डायस्पोरालाई नेपाल निर्माणको साझेदार बनाउनुपर्नेमा जोड दिनुभएको छ। अध्यक्ष लिङ्देन नेतृत्वको राप्रपाको टोली यतिबेला अमेरिका भ्रमणमा रहेको छ।

अध्यक्ष लिङ्देनले नेपाली राजनीतिमा पुस्ता हस्तान्तरण र नेतृत्व परिवर्तनको कुरा लामो समयदेखि उठिरहेको भएपनि राप्रपाले व्यवहारिक रुपमै आफ्नो पार्टीमा नेतृत्व परिवर्तन गरेको, पार्टीलाई नयॅा दिशा प्रदान गरेको र राष्ट्रिय राजनीतिमा राप्रपालाई आशालाग्दो शक्तिका रुपमा उभ्याएको दाबी गर्नुभएको छ। उहॅाले पार्टीमा अझै धेरै मिहिनेत गर्न बॅाकी रहेको बताउन्हॅुदै पार्टीको मात्रै होइन देशकै नेतृत्व परिवर्तन गर्नुपर्नेमा जोड दिनुभएको छ। एउटा राजनीतिक परिवर्तनमा हाल नेतृत्वमा रहेकाहरुको योगदान रह्यो होला तर कठिन अवस्थाबाट गुज्रिरहेको देशलाई यथास्थितिबाट मुक्त गराउन लामो राजनीतिक जीवन बिताएकाहरुले विश्राम लिनुपर्ने बताउनुभएको छ।

नयॅा परिवर्तनको जनचाहनालाई अब परम्परागत नेतृत्वले नेतृत्व प्रदान गर्न सक्दैन, मैले अमेरिकामै पनि विभिन्न व्यक्ति र समुहसंगको व्यक्तिगत र सामुहिक भेटमा त्यस्तो धारणा पाएको छु, लिङ्देनले भन्नुभयो । अध्यक्ष लिङ्देनले राप्रपाले उठाएको राजसंस्था र हिन्दुराष्ट्रको मुद्दा केवल कोही व्यक्तिलाई राजा बनाउने र कुनै जात र धर्म विशेषलाई प्रोत्साहित गर्नको लागि नभइ यो एजेण्डा नेपालको पहिचान, एकता र स्थायित्वका लागि भएको प्रष्ट पार्नुभएको छ। ढिलोचॅाडो नेपाल त्यहॅा नपुगी छाड्दैन, अर्को बाटो पनि छैन, कुनै राजनीतिक पक्ष र शक्तिलाई निषेध नगरौं भन्ने राप्रपाको प्रष्ट दृष्टिकोण रहेको छ, अमेरिकामा रहेका नेपालीलाई आश्वस्त तुल्याउदै अध्यक्ष लिङ्देनले भन्नुभयो- “प्रवासमा रहेर यो एजेण्डाको पक्षमा जनमत सिर्जना गर्न राप्रपाले तपाइहरुको साथ, समर्थन र ऐक्यबद्धता खोजेको छ।”

अधिवेशनलाई अध्यक्ष राजेन्द्र लिङदेन, पार्टीका नेता पुर्व मन्त्री प्रेमबहादुर भण्डारी ,पानस आईसीसी अध्यक्ष प्रेमकुमार श्रेष्ठ ,सहायक महामन्त्री विजय खडका, प्रवास विभाग प्रमुख आनन्द अधिकारी, केन्द्रीय सदस्य लोक तिवारी, पानस सल्लाहकार प्रेम चौलागाई ,एनआरएनए अमेरिका उपाध्यक्ष ज्ञानेन्द्र गुरूङ, सिटि काउन्सिल मेम्बर टिका पौडेल, चिकित्सक एवं गत निर्वाचनमा काठमाण्डौं क्षेत्र नं ५ का राप्रपा उमेदवार डा.रामप्रसाद उप्रेती, नेपाल अमेरिका पत्रकार संघका अध्यक्ष सुरज भण्डारी, नेपाली समाज टेक्सासका अध्यक्ष राजेन्द्र वाग्ले लगायतले सम्बोधन गर्नुभएको थियो ।

अधिवेशनले टेक्सासका रवि रावलको अध्यक्षतामा पानस अमेरिकाको २१ सदस्यीय नयॅा नेतृत्व सर्वसम्मतिले चयन गरेको छ। यसैगरी उपाध्यक्ष दिपु भुषाल, टेक्सास, नरेन्द्र शाह, न्युयोर्क, बामदेव अर्याल, मेरिल्याण्ड, केमिका भण्डारी, मेरिल्याण्ड, महासचिव डा.शंकर बिशुंखे, न्युयोर्क, सचिव गोविन्द सिंह ठकुरी टेक्सास र कोषाध्यक्ष रामशरण श्रेष्ठ, न्यु हेम्पसायर रहनुभएको छ। समाजको सल्लाहकारमा राजेन्द्र शेरचन, राधा शर्मा र नरेन्द्र खड्का रहेका छन् । नवनिर्वाचित कार्यसमितिलाई राप्रपाका अध्यक्ष लिङ्देनले करि लिफ बैंक्वेटमा आयोजित समारोहमा स्वागत र सम्मान गर्नुभएको छ।