२९ भाद्र २०८३, सोमबार
,
Latest
संक्रामक पशुरोग नियन्त्रणका लागि नयाँ कोष बनाउने सरकारको नीति छैन : कृषिमन्त्री चौधरी स्याङ्जामा घाँस काट्ने क्रममा भिरबाट लडेर महिलाको मृत्यु संक्रामक पशु रोगबाट प्रभावित किसानलाई क्षतिपूर्ति दिन छुट्टै कोष बनाउन सांसदहरूको माग ‘भोटेकोशी बाढी सामान्य विपद् होइन, संरचनात्मक मानवीय सङ्कट हो’ असोज १ देखि कृष्णभीरमा दुईतर्फी यातायात सञ्चालन गर्ने सडक विभागको तयारी ब्रिक्सको ढोकामा नेपालः “भारतले बोलाउनुपर्ने कारण नेपालले निर्माण गर्न सकेन” तीजले सामाजिक सद्भाव र पारिवारिक सम्बन्ध थप सुदृढ बनाउने मुख्यमन्त्री भट्टको विश्वास ट्राफिक कारबाहीबाट मकवानपुरमा रु एक करोड ७२ लाख बढी राजस्व बालबालिकामा लगानी राष्ट्रको सुखद भविष्यका लागि हो : प्रधानमन्त्री शाह संसदीय दलका नेता आङदेम्बेद्वारा हरितालिकाको शुभकामना
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स लिग फुटबल : युरोपेली महारथी टिमको भिडन्त



अ+ अ-

यस सिजनको च्याम्पियन्स लिग फुटबल अन्तर्गत मंगलबार राति आठ वटा खेल हुँदैछन् ।

खेल तालिका अन्तर्गत नेपाली समय अनुसार मंगलबार राति १०.३० बजे समूह ए को बायर्न म्युनिखसँग राम्स पार्क रंगशालामा गालातासारेको भिडन्त हुनेछ । यही समयमा समूह डी को इन्टर मिलानसँग आरबी साल्झबर्गको सान सिरो मैदानमा खेल हुनेछ ।

यसैगरी राति १२.४५ बजे समूह सी को युनियन बर्लिन र नापोली बीच ओलम्पियास बर्लिन रंगशाला तथा सेभिया र आर्सनल बीच सेभियाको गृहमैदान रामोन सान्चेजमा खेल हुँदैछ । यही समयमा रियल म्याड्रिड र ब्रागा बीच ब्रागाको गृह मैदानमा तथा लेन्स र पिएसभी बीच स्टेड बोलार्ट मैदानमा प्रतिस्पर्धा हुनेछ ।

बेन्फीका र रियल सोडिडाड तथा म्यान्चेस्टर युनाइटेड र कोपेनहेगन बीच युनाइटेडको खेल मैदान ओल्ड ट्राफोर्डमा पनि आजै राति खेल हुँदैछ । समूह ए मा रहेको युनाइटेड लगातार दुई खेलमा पराजित भएसँगै अंक विहीन छ ।