२८ मंसिर २०८२, आईतवार
,
Latest
पर्यटन सबलीकरणका सूत्र यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर तुलसीमान श्रेष्ठ लोक साहित्य सम्मान-२०८२ डा.राजुबाबु श्रेष्ठलाई प्रदान विभिन्न कार्यक्रमका साथ संसद् सेवा दिवस मनाइँदै एमाले महाधिवेशन: आजबाट बन्दसत्र भृकुटीमण्डपमा शुरु हुँदै एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग मेस्सी एक्कासी बाहिरिएपछि समर्थकद्वारा भारतीय रंगशालामा तोडफोड कांग्रेसभित्र प्रजातन्त्र सेनानीको अनुभव प्रयोगको खाँचो छ: डा कोइराला ८५ हेक्टर क्षेत्रफलमा चैते धानखेती विस्तार गरिँदै होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स लिग फुटबल : युरोपेली महारथी टिमको भिडन्त



अ+ अ-

यस सिजनको च्याम्पियन्स लिग फुटबल अन्तर्गत मंगलबार राति आठ वटा खेल हुँदैछन् ।

खेल तालिका अन्तर्गत नेपाली समय अनुसार मंगलबार राति १०.३० बजे समूह ए को बायर्न म्युनिखसँग राम्स पार्क रंगशालामा गालातासारेको भिडन्त हुनेछ । यही समयमा समूह डी को इन्टर मिलानसँग आरबी साल्झबर्गको सान सिरो मैदानमा खेल हुनेछ ।

यसैगरी राति १२.४५ बजे समूह सी को युनियन बर्लिन र नापोली बीच ओलम्पियास बर्लिन रंगशाला तथा सेभिया र आर्सनल बीच सेभियाको गृहमैदान रामोन सान्चेजमा खेल हुँदैछ । यही समयमा रियल म्याड्रिड र ब्रागा बीच ब्रागाको गृह मैदानमा तथा लेन्स र पिएसभी बीच स्टेड बोलार्ट मैदानमा प्रतिस्पर्धा हुनेछ ।

बेन्फीका र रियल सोडिडाड तथा म्यान्चेस्टर युनाइटेड र कोपेनहेगन बीच युनाइटेडको खेल मैदान ओल्ड ट्राफोर्डमा पनि आजै राति खेल हुँदैछ । समूह ए मा रहेको युनाइटेड लगातार दुई खेलमा पराजित भएसँगै अंक विहीन छ ।