७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा News Polar पचास लाखभन्दा बढीका मोबाइलका सामान गौरमा बरामद News Polar नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो News Polar शव पहिचानमा चीनको प्राविधिक सहयोग, नास्टमा डीएनए परीक्षण जारी News Polar फागुन २१ को निर्वाचन अघिल्ला राजनीतिक घटनाक्रमको ‘रंगमञ्च’ : मञ्जु भण्डारी News Polar संक्रामक पशु रोग नियन्त्रणमा वैज्ञानिक प्रणाली र समयमै क्षतिपूर्ति दिन सांसदको माग News Polar विष्णु रिजालको माग : नेपाली सेनासँग पार्टीको सम्बन्ध के हो स्पष्ट पारियोस News Polar कोरलानाकाबाट २० दिनमै दुई अर्ब ५४ करोड राजस्व सङ्कलन News Polar रोजगारदाताले कामदार र कामदारले रोजगार नपाउने समस्याको अन्त्य गर्नेगरी काम गर्दैछौँः मन्त्री यादव News Polar भोटेकोशी बाढी प्रभावितमा बढ्दो मानसिक त्रास, आरआरएनद्वारा मनोसामाजिक सहयोग विस्तार News Polar फिनटेकको विकास र अन्तर्राष्ट्रिय अभ्यास सम्बोधन गर्न भुक्तानीसम्बन्धी विधेयक अपरिहार्य : अर्थमन्त्री वाग्ले News Polar कोशी प्रदेशमा असोज १४ देखि २० गतेसम्म सीप तथा रोजगार मेला हुने News Polar डिजिटल भुक्तानी प्रणाली सुरक्षित र पारदर्शी बनाउन कानुनी व्यवस्था गर्नुपर्छ : सांसद कर्ण News Polar विदेशी भुक्तानी सेवा प्रदायकबाट अवसरसँगै पुँजी पलायन र साइबर सुरक्षामा सजग हुनुपर्छ : सांसद बयक News Polar पार्टी, लोकतन्त्र र राष्ट्र असाधारण संकटमा छन्, एमालेले एकताको अगुवाइ गर्नुपर्छ : ज्ञवाली News Polar असोज १६ भित्र दर्ता विधेयक समितिमा पठाउने तयारी News Polar मनास्लु हिमालमा मृत्यु भएका दुईको शव काठमाडौँमा News Polar प्रतिनिधि सभा बैठकमा सांसदहरूको न्यून उपस्थिति-फोटो फिचर News Polar राप्रपाको प्रदेश अधिवेशन असोज २१ गते, सातै प्रदेशमा निर्वाचन प्रतिनिधि तोकिए News Polar एम्बुलेन्सबाट साढे चार क्विन्टल गाँजा बरामद

ढोरपाटन सिकार आरक्षमा चुनौती बन्दै जग्गा अतिक्रमण

ढोरपाटन सिकार आरक्षमा चुनौती बन्दै जग्गा अतिक्रमण
ढोरपाटन
अ+ अ-

गलकोट । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्षमा २०७३ साल अघिसम्म चोरी सिकारी प्रमुख चुनौतीका रुपमा थियो । तत्कालिन अवस्थामा आरक्षमा योजनाबद्ध रुपमै चोरी सिकारी हुन्थ्यो ।

विसं २०७३ मा आरक्षको सुरक्षाको जिम्मा नेपाली सेनाले पाएपछि चोरी सिकारी नियन्त्रणमा आयो । तर आरक्षले वर्षौदेखि अतिक्रमित जग्गा भने फिर्ता ल्याउन सकेको छैन । नेपाली सेना नहुँदा आरक्ष अघिबाटै हुने चोरी सिकारी नियन्त्रणमा आए पनि वर्षौदेखि भइरहेको जग्गा अतिक्रमण भने नरोकिएको ढोरपाटन सिकार आरक्ष कार्यालय बागलुङको भनाइ छ ।

जग्गा अतिक्रमण रोकिए पनि अतिक्रमित जग्गामा फिर्ता ल्याउन भने सकिएको छैन । बरु अतिक्रमित जग्गामा घर तथा टहरा बनाउने क्रम अहिले पनि जारी छ । ढोरपाटन सिकार आरक्ष कार्यालयका अनुसार आरक्षको एक सय ८५ हेक्टर जमिन अतिक्रमण भएको छ । उक्त जग्गामा हाल तीन सय ११ घरधुरी बसोबास गरिरहेको कार्यालयका प्रमुख संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलको भनाइ छ ।

“आरक्षको क्षेत्रभित्र पर्ने जग्गामा खेतिपाती गर्ने, बसोबास गर्ने र तारबारको काम भइरहेको छ, थप जग्गा अतिक्रमण भएको भने होइन, यो जग्गा आरक्ष स्थापना गर्नुभन्दा पहिलादेखिनै स्थानीयहरु बसोबास गर्दै आएका थिए”, कँडेलले भन्नुभयो, “अहिलेको चुनौती भनेको अतिक्रमण जग्गाभित्र वन तथा खर्क क्षेत्र, बसोबास र खेतिपातिको लागि प्रयोग भइरहेको जग्गा खाली गरेर आरक्षकोभित्र ल्याउनु हो, यस कार्यक्रममा सरकार र सबै सरोकारवाला निकायहरुको ध्यान जान जरुरी छ ।” त्यहाँ बसोबास गरिरहेका परिवारलाई स्थानान्तरण गराउन सरकारलेनै पहल गर्न अवाश्यक भएको भन्दै उहाँले कानूनको अभावका कारण जग्गा खाली बनाउन नसकेको बताउनुभयो ।

कार्यालयले बेलाबेलामा स्थानीयलाई भेला गराई अतिक्रमण नगर्नका लागि आग्रहसमेत गर्दै आएको छ । बागलुङ, म्याग्दी र पूर्वी रुकुम जिल्ला गरी कुल एक हजार तीन सय २५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको सिकार आरक्षमा अतिक्रमण जग्गा भोगचलनको दर भने बढ्दै गएको हो ।

सरकारले २०३९ सालमा ढोरपाटन सिकार आरक्षको स्थापना गरेको थियो । त्यसअघिनै उक्त क्षेत्रमा बसोबास गर्दै आएकाहरुको व्यवस्थापन नगरी जग्गा ओगट्न नहुने स्थानीयको माग छ ।

बागलुङको अधिकारीचौर, बोबाङ, निसी र बोङ्गादोभान, रुकुमको रन्मा, मैकोट, हुकाम, तकसेरा, कोल र काक्री तथा म्याग्दीको लुलाङखोरिया र गुर्जाखानी लगायतका ३४ स्थानमा अतिक्रमण भएको सरकारी तथ्याङ्कमा उल्लेख छ । केही घर आरक्ष स्थापना हुनुभन्दा अगावै रहेका कारण सरकारले लालपुर्जा दिलाउनुपर्ने या बस्ती स्थानान्तरण गर्नुपर्ने माग हुँदै आएको छ ।

तत्कालीन समयमा आरक्ष कार्यालय विस्थापित भई जिल्ला सदरमुकाम बागलुङ बजारमा सरेपछि स्थानीयले आरक्षको जग्गामा तारबार गरी खेती लगाउन सुरु गरेका थिए ।

बागलुङ, पूर्वी रुकुम तथा म्याग्दी गरी तीन जिल्ला समेटिएको आरक्षभित्रका सात ब्लकमध्ये आरक्ष कार्यालय ढोरपाटन, देउराली तथा निसेलढोरमा र गुर्जाघाटमा मात्रै सुरक्षा तैनाथ गरिएको छ । क्रमश सबै ब्लकमा सुरक्षा पोष्ट पु¥याउने गरी गुल्मलाई गणको रुपमा लैजाने आरक्षको योजना छ ।

सिकार आरक्ष कार्यालय रहेको ढोरपाटन क्षेत्रमा आरक्ष स्थापना हुनुअगावैदेखि स्थानीय बसोवास गर्दै आएकाले सरकारले नै उनीहरुलाई वैकल्पिक व्यवस्थापन गर्नुपर्ने ढोरपाटन नगरपालिका–९ का वडाध्यक्ष खीमबहादुर घर्तीमगरले बताउनुभयो ।

“केही स्थानीयले आरक्षपछि जग्गा भोगचलन गर्दै आएका होलान, तर केही स्थानीयहरुले आरक्ष स्थापना हुनु अगावैदेखि भोगचलन भइरहेकाले भूमि आयोगमार्फत यसलाई टुङ्गाउन आवश्यक छ”, अध्यक्ष घर्तीमगरले भन्नुभयो, “स्थानीयले भोगचलन गर्दै आएको जग्गा आरक्षले फिर्ता गर्न त्यहाँका स्थानीयलाई अर्को व्यवस्था मिलाउन आवश्यक छ ।”

लालपूर्जा नभएपनि उनीहरुले वर्षोदेखि भोगचलन गर्दै आएको जग्गाबाट हटाउनका लागि आयोगमार्फत अन्यत्र जग्गा उपलब्ध गराउनुपर्ने स्थानीयको माग छ । रासस