७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar फागुन २१ को निर्वाचन अघिल्ला राजनीतिक घटनाक्रमको ‘रंगमञ्च’ : मञ्जु भण्डारी News Polar संक्रामक पशु रोग नियन्त्रणमा वैज्ञानिक प्रणाली र समयमै क्षतिपूर्ति दिन सांसदको माग News Polar विष्णु रिजालको माग : नेपाली सेनासँग पार्टीको सम्बन्ध के हो स्पष्ट पारियोस News Polar कोरलानाकाबाट २० दिनमै दुई अर्ब ५४ करोड राजस्व सङ्कलन News Polar रोजगारदाताले कामदार र कामदारले रोजगार नपाउने समस्याको अन्त्य गर्नेगरी काम गर्दैछौँः मन्त्री यादव News Polar भोटेकोशी बाढी प्रभावितमा बढ्दो मानसिक त्रास, आरआरएनद्वारा मनोसामाजिक सहयोग विस्तार News Polar फिनटेकको विकास र अन्तर्राष्ट्रिय अभ्यास सम्बोधन गर्न भुक्तानीसम्बन्धी विधेयक अपरिहार्य : अर्थमन्त्री वाग्ले News Polar कोशी प्रदेशमा असोज १४ देखि २० गतेसम्म सीप तथा रोजगार मेला हुने News Polar डिजिटल भुक्तानी प्रणाली सुरक्षित र पारदर्शी बनाउन कानुनी व्यवस्था गर्नुपर्छ : सांसद कर्ण News Polar विदेशी भुक्तानी सेवा प्रदायकबाट अवसरसँगै पुँजी पलायन र साइबर सुरक्षामा सजग हुनुपर्छ : सांसद बयक News Polar पार्टी, लोकतन्त्र र राष्ट्र असाधारण संकटमा छन्, एमालेले एकताको अगुवाइ गर्नुपर्छ : ज्ञवाली News Polar असोज १६ भित्र दर्ता विधेयक समितिमा पठाउने तयारी News Polar मनास्लु हिमालमा मृत्यु भएका दुईको शव काठमाडौँमा News Polar प्रतिनिधि सभा बैठकमा सांसदहरूको न्यून उपस्थिति-फोटो फिचर News Polar राप्रपाको प्रदेश अधिवेशन असोज २१ गते, सातै प्रदेशमा निर्वाचन प्रतिनिधि तोकिए News Polar एम्बुलेन्सबाट साढे चार क्विन्टल गाँजा बरामद News Polar नागरिक लगानी कोषलाई समयानुकूल बनाउन सरकार प्रतिवद्धः कार्यवाहक प्रधानमन्त्री वाग्ले News Polar नागरिक लगानी कोषको ४९ प्रतिशत रकम स्थिर निक्षेपमा राखिनु चिन्ताको विषय : सांसद बराल News Polar सातवटै प्रदेश अधिवेशनमा जुट्यो राप्रपा, असोज २१ गते एकैदिन प्रदेशको अधिवेशन गर्ने News Polar जलवायु सङ्कटको जोखिम नेपालका विपद्ले पुष्टि गरेको छः महासचिव गुटेरेस

अमेरिकी राष्ट्रपति र इजरायली प्रधानमन्त्री गाजामा मानवीय सहायता जारी राख्न सहमत

अमेरिकी राष्ट्रपति र इजरायली प्रधानमन्त्री गाजामा मानवीय सहायता जारी राख्न सहमत
file photo
अ+ अ-

वाशिङ्गटन । अमेरिकी राष्ट्रपति जो बाइडेनले सोमबार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग टेलिफोन वार्ता गर्नु भएको छ । सो अवसरमा दुवै नेताहरूले गाजामा मानवीय सहायता र राहत सामग्रीको निरन्तर प्रवाह सुनिश्चित गर्न आवश्यक रहेको बताउनु भएको छ ।

ह्वाइट हाउसले जारी गरेको विज्ञप्ति अनुसार राष्ट्रपति बाइडेनले नेतन्याहुलाई गाजा र वरपरको क्षेत्रका घटनाक्रमबारे छलफल गर्न सम्पर्क गर्नु भएको हो । छलफलका क्रममा उहाँहरूले गाजा क्षेत्रमा मानवीय सहयोगको निरन्तर प्रवाह हुने कुराको सुनिश्चितता गर्नु भएको छ ।

राष्ट्रपति बाइडेनले हमासद्वारा अक्टोबर ७ मा भएको आतङ्कवादी हमलापछि मानवीय सहायतालाई तीव्रता दिन पहल गर्नु भएको छ । विज्ञप्तिमा भनिएको छ मानवीय सहायताका प्याकेजहरू सहायता सिमाना पार गरी गाजामा पुगेको छ र आवश्यक परेका प्यालेस्टिनीहरूलाई वितरण गरिएको छ।

साथै उहाँले दुई अमेरिकी बन्धकहरूलाई रिहा गर्न इजरायलले गरेको प्रयासको प्रशंसा गर्नु भएको छ । परिवारिक स्रोतका अनुसार उनीहरू दक्षिणी इजरायलको किसान समुदाय नाहाल ओजमा आफन्तहरूलाई भेट्न गएका थिए । आमाको खराब स्वास्थ्यका कारण ‘मानवीय आधारमा’ उनीहरूको रिहा गरिएको थियो।

साथै दुई नेताहरूले हमासद्वारा कब्जामा लिएका अमेरिकी नागरिकहरू सहित बाँकी सबै बन्धकहरूलाई अझ सुरक्षित बनाउने प्रयासहरू बारे छलफल गर्दै गाजाका अन्य नागरिकहरूलाई पनि सुरक्षित मार्ग उपलब्ध गराउने तरिकाबारे विचार आदानप्रदान गर्नु भएको छ । उहाँहरू पछिल्लो घटनाक्रमबारे निकट सम्पर्कमा रहिरहने बताइएको छ ।

इजरायलले गाजा क्षेत्रमा हमास विरुद्ध आक्रमण जारी राखिरहेका बेला १४ ट्रक मानवीय राहतका सामग्रीहरू भरिएको रफाह क्रसिङ हुँदै सोमबार पट्टीमा प्रवेश गरेको सीएनएनले उल्लेख गरेको छ। यी सहायता ट्रकहरू इजिप्टियन रेड क्रिसेन्ट र संयुक्त राष्ट्रसंघ द्वारा प्रायोजित रहेको बताइएको छ ।

यसै बीच,अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले शुक्रबार गाजामा सहायताको आवागमनलाई सहजीकरण गर्ने कुरामा जोड दिनु भएको थियो । उहाँले इजरायल र इजिप्टका सरकारहरूसँग लगनशीलताका साथ काम गरेको उल्लेख गर्नु भएको छ ।