२१ आश्विन २०८१, सोमबार
,
Latest
विपद्का कारण चाडपर्वको रौनकले छोएन गाउँघरलाई प्रेस काउन्सिलद्वारा ४३ युट्युब च्यानललाई कारवाही गर्न पत्राचार निम्न वर्गका जनताले पनि जलविद्युतमा १० प्रतिशत शेयर लगानी गर्ने वातावरण बनाउँछौंः मन्त्री खड्का नेपाल एयरलाइन्सले काठमाडौँ–भैरहवा उद्धार उडान गर्ने झगडापछि एक युवकको मृत्यु राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता: रोजगारी र सुशासनमा दलहरू मिलेर काम गर्न राष्ट्रपतिको सुझाव बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय ४६ हमास आक्रमणको एक बर्ष: युद्धविराम र बन्धकको रिहाइका लागि विश्व समुदायको दवाव प्रधानमन्त्री ओलीद्वारा विद्युतको क्षमता विस्तार र खपत वृद्धिको कार्ययोजनामाथि छलफल खप्तडमा नेपाली सेनाद्वारा सञ्चालित स्वास्थ्य सेवाबाट बिरामीलाई राहत
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रिमियर लिग : लिभरपुलद्वारा एभर्टन पराजित



अ+ अ-

इङलिस प्रिमियर लिग अन्तर्गत शनिबार सम्पन्न पहिलो खेलमा लिभरपुलले मोहम्मद सलाहको २ गोल मद्दतले एभर्टनलाई २–० गोल अन्तरले पराजित गरेको छ ।

यो जितसँगै लिभरपुल लिगको पहिलो स्थानमा उक्लिएको छ । यद्यपी आजै म्यान्चेस्टर सिटीले ब्राइटनलाई पराजित गरे सिटी पहिलो स्थानमा पुग्नेछ ।

आजको खेलमा लिभरपुलले एभर्टनमाथि निरन्तर दबाब दिँदै आक्रमण गरेको थियो । तर पहिलो गोल भने ७५ औं मिनेटमा पेनाल्टी मार्फत प्राप्त भएको थियो । उक्त गोल मोहम्मद सलाहले गरेका थिए ।

अर्को गोल पनि सलाहकै नाममा थियो । प्रत्याक्रमणका क्रममा सलाहले इन्जुरी समयको ९७ औं मिनेटमा डार्विन नुनेजले दिएको क्रस पासमा सुन्दर गोल गरेका थिए ।

एभर्टनका एस्ले योङले ३७ औं मिनेटमा दुईवटा पहेंलो कार्ड पाएसँगै रातो कार्ड पाएर मैदान छाड्नु परेपछि एभर्टन १० खेलाडीमा सीमित भएको थियो जसका कारण एभर्टनको खेल असन्तुलित हुन पुगेको थियो । एजेन्सी