७ आश्विन २०८१, सोमबार
,
Latest
आर्सनल र म्यान्चेस्टर सिटीले अंक बाँडे रविले भने– न्यूयोर्कबाट आँखा नसन्काउनुस् प्रधानमन्त्रीज्यू विश्वकप लिग–२ः नेपालको लगातार तेस्रो हार रवि प्रहरीको निगरानीमै, प्रतिवाद गर्ने चेतावनी नेपाल–भूटानबीच जनस्तर र व्यापारिकस्तर सम्बन्ध विकासबारे दुई प्रधानमन्त्रीबीच छलफल प्रधानमन्त्री ओेली र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता प्रधानमन्त्री ओली र कुवेतका राजकुमार एवं प्रधानमन्त्री सबाहबीच भेटवार्ता प्रधानमन्त्री ओली र भूटानका प्रधानमन्त्री तोग्बेबीच भेटवार्ता यसरी सम्भव भयो न्युयोर्कमा ओली–मोदी भेट, केके छन् वार्ताका एजेण्डा ? चीन भ्रमणमा गएका रास्वपाका नेताहरू आकस्मिकरूपमा नेपाल फर्कदै
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

त्रिदेशीय शृंखला आजदेखि, पहिलो खेलमा यूएईको सामना गर्दै नेपाल



अ+ अ-

काठमाडौँ । त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय शृंखला आज बुधबारदेखि सुरु हुँदैछ । विश्वकप टी–२० छनोटको तयारीअनुरूप हुन लागेको प्रतियोगितामा नेपालसँगै हङकङ र युनाइटेड अरब इमिरेट्स (यूएई) सहभागी छन् ।

शृंखलाको पहिलो खेलमा घरेलु टोली नेपालले आज यूएईसँग प्रतिस्पर्धा गर्दैछ ।  यस्तै, २ गते (भोलि) र ४ गते हङकङसँग खेल्नेछ ।

नेपालले कात्तिक ६ मा यूएईसँग दोस्रो खेल खेल्नेछ । यूएई र हङकङ भने कात्तिक ५ र ८ मा खेल्नेछन् । शृंखलाको लिगका शीर्ष दुई टिम उपाधिका लागि भिड्नेछन् । शृंखलाको फाइनल कात्तिक १० गते हुनेछ ।

प्रतियोगिताको फाइनल खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान हुनेछ । अन्य खेलहरू मूलपानी क्रिकेट मैदानमा हुनेछन् ।

नेपालले आईसीसी विश्वकप ट्वान्टी–२० एसिया क्षेत्र छनोटको तयारीस्वरूप यो शृंखला आयोजना गरेको हो ।

शृंखलामा सन्दीप लामिछाने नखेल्ने भएका छन् । उनले आफू कठिन अवस्थामा रहेका कारण शृंखलाबाट नाम फिर्ता लिएको बताएका थिए । सन्दीपविरुद्धको बलात्कार मुद्दा अदालतमा विचाराधीन छ ।