२९ भाद्र २०८३, सोमबार
,
Latest
तीज: प्रथम महिलाद्वारा पशुपतिनाथमा पूजा, आराधना एवं दर्शन एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ रास्वपाका सांसदले राहत कोषमा थप २७ लाख १५ हजार योगदान गर्ने कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला बाढीपीडितको आईसीयु अन्तर्वार्ताप्रति प्रेस काउन्सिलको ध्यानाकर्षण असोजभित्रै बाढी प्रभावित क्षेत्रका सडक सञ्चालनमा ल्याउने सरकारको तयारी गुल्मीमा खोलाले बगाएकी महिलाको शव फेला हराउँदै गाउँघरको रैथाने तरकारी जग्गा तथा आवास निर्माण प्रदर्शनी आयोजना हुँदै तीज : पशुपतिनाथमा बिहान १० बजेपछि बढे महिला दर्शनार्थी
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘नइ उपकार कोष’को स्थापना



अ+ अ-

काठमाडौं । नइ प्रकाशनले आर्थिक रूपमा कमजोर साहित्यकारको स्वास्थ्य उपचार, कृति प्रकाशन र अन्य सहयोगका लागि ‘नइ उपकार कोष’को स्थापना गरेको छ । यस प्रयोजनका लागि बैंकमा हाल दस लाख रुपियाँ अक्षयकोष राखिएको नइले जनाएको छ ।

साथै ‘नइ उपकार कोष’लाई बढोत्तरी गर्दै लानका निम्ति नइ प्रकाशनले दाताहरूसँग आह्वान गरेको छ । ‘नइ उपकार कोष’को अक्षयकोषमा रकम जम्मा गर्ने दाताहरूको नामावली नइको फेसबुक र वेभसाइटमा राखिनाका साथै हर साल ‘नइ अभिलेख’मा समेत प्रकाशित हुनेछ ।

नइ प्रकाशनका कुलपति श्रीमती इन्दिरा प्रसाईको अध्यक्षतामा आज बसेको बैठकले सो निर्णय गरेको सदस्यसचिव नरेन्द्रराज प्रसाईले जानकारी दिनुभयो ।