मलेसियामा जारी एसिसी यु–१९ प्रिमियर कप क्रिकेट अन्तर्गत नेपाल र बहराइन बीचको खेल सुरु भएको छ ।
मलेसियाको बायुमास ओभलमा टस जितेको बहराइनले पहिले ब्याटिङ थालेको छ ।
२७ ओभरको खेल सकिँदा बहराइनले ४ विकेट गुमाएर ५७ रन मात्र बनाएको छ । नेपाली बलरहरु दीपेश कँडेल र दुर्गेश गुप्ताले समान दुई दुई विकेट लिएका छन् ।
बहराइनका लागि रिशभ रमेशले ६, आयन सइदले ३, सार्थक बदीराजुले २ तथा मोहम्मद अदिल हकले ० रन बनाएर आउट भइसकेका छन् ।
अहिले मोहम्मद बसिल ३१ र अभिनव गिरिस ३ रन बनाएर खेलिरहेका छन् ।
नेपाली टिम
देव खनाल (कप्तान), अर्जुन कुमाल, दीपक बोहरा, दुर्गेश गुप्ता, दीपक प्रसाद डुम्रे, दीपेश कँडेल, विशाल विक्रम केसी, उत्तम थापा मगर, सुबास भण्डारी, मिलन बोहरा, हेमन्त धामी
यसअघि नेपालले इरानलाई फराकिलो अन्तरले पराजित गरेको थियो ।