१ पुष २०८२, मंगलवार
,
Latest
निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो नेपालमै पहिलोपटक अपाङ्गता भएकी महिलाको ऐतिहासिक ह्विलचियर बन्जी जम्प (फोटो फिचर) एमालेको मतदान स्थगित, भोली बिहान ८ बजेबाट सुरु हुने काठमाडौँमा बढ्दो वायु प्रदूषणको समस्या र न्यूनीकरणका उपाय आगामी आवको बजेट निर्माण प्रक्रिया सुरु कृषि उत्पादन बढाएर देशमै रोजगारी सिर्जना गर्नुपर्छः मन्त्री परियार सरकार र नागरिक बचाउ अभियानका टोलीबीच वार्ता निर्वाचन गर्ने परीक्षाबाट उत्तीर्ण भएर अगाडि बढ्नुको विकल्प छैनः मन्त्री सिन्हा स्वास्थ्यचौकीलाई उपकरण सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकी सभामुखमा रस्साकस्सी, जिम जोर्डन बन्लान् सभामुख?



जिम जोर्डन (बीचमा) रिपब्लिकनको भेलामा सहभागी हुने क्रममा (फाइल)
अ+ अ-

रिपब्लीकन पार्टीको झिनो बहुमत रहेको अमेरिकी प्रतिनिधिसभा अर्थात् हाउस अफ रिप्रिजेन्टेटिभ्सको सभामुखमा कसले बाजी मार्ला भन्ने अन्यौल बढ्दै गएको छ ।

रिपब्लीकन पार्टीका कट्टरपन्थी सदस्य जिम जोर्डनले पार्टीको आन्तरिक चुनाव जितेर सभामुख हुन पहिलो कदम पार्टीको आधिकारिक उम्मेदबार बन्न सफल भएका छन् ।  अघिल्लो साता पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले पनि सभामुखका लागि जोर्डनका पक्षमा सहमति जनाएका थिए ।

खासगरी ट्रम्पका नीतिहरूलाई पहिल्यैदेखि जोर्डनले समर्थन गरिरहेका थिए ।

जोर्डनका लागि यो एउटा खुड्किला मात्र हो । अहिले संसदमा रिपब्लिकनको २२१ र डेमोक्राटको २१२ सिट छ । सभामुख हुन २१७ मत आवश्यक पर्दछ । चार जना रिपब्लिकनले असहयोग गरे जोर्डन सभामुख हुन सक्ने छैनन् । यस्तो अवस्थामा उनलाई बहुमत जुटाउन फलामको चिउरा चपाएसरह छ ।

रिपब्लिकनका तर्फबाट पूर्व सभामुख केभिन म्याकर्थीलाई सभामुखबाट हटाउन उनै जोर्डन लगायतको टिम सक्रिय थियो । म्याकर्थीले राष्ट्रपति जो बाइडेनको पक्षमा भित्रभित्रै सहयोग गरेको र रिपब्लिकनको कोर नीति विपरीत बजेट पारित गराउन भूमिका खेलेको आरोप लगाएर केही रिपब्लिकन सांसदले म्याकर्थीलाई पदच्यूत गराए ।

यस्तो परिस्थितिमा रिपब्लिकन भित्र जोर्डनले कसरी पार्टीको पूरै समर्थन पाउलान् भन्ने प्रश्न उब्जिएको छ । सम्भवतः अर्को साता सदनमा मतदान हुनेछ ।

सभामुखको अभावमा सदन अनिर्णयको बन्दी भएको दुई साता भइसकेको छ, र  सदन सोमबारसम्मका लागि बन्द छ, जुन अमेरिकी इतिहासमा बिरलै हुने घटना हो ।

सदनको न्यायिक समितिका अध्यक्ष समेत रहेका  ५९ वर्षीय जोर्डनले राष्ट्रपति बाइडेन विरूद्ध महाभियोग प्रस्ताव पनि दर्ता गराएका छन् जसलाई डेमोक्राट सांसदहरूले अस्वीकार गर्दै आएका छन् ।