३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको समीक्षा मागेको छ: रवि लामिछाने News Polar नेवानिका दुई वटै वाइडबडी ग्राउन्डेड News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा प्रदेश प्रमुख कर्णको जोड News Polar भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद News Polar संविधानको रक्षा र राष्ट्रिय एकताका लागि एकजुट हुनुपर्नेमा अध्यक्ष ओलीको जोड News Polar दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति News Polar मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीद्वारा संविधान दिवसको शुभकामना News Polar सङ्घर्षका सात वर्ष : सूचना र सामाजिक उत्तरदायित्वको प्रतिबद्धता News Polar भक्तपुरमा ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार महिलाको मृत्यु, श्रीमान् घाइते News Polar आज कागे अष्टमी पर्व मनाइँदै News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar नोर्डक्याप यात्रा, उत्तरी नर्वेको आकर्षक गन्तव्य News Polar विदेशी विद्यार्थीलाई नेपालमा अध्ययनका लागि वातावरण बनाउनुपर्छः मुख्यमन्त्री कार्की News Polar कृषिमन्त्री चौधरीसँग पाकिस्तानका राजदूतको शिष्टाचार भेट News Polar मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा News Polar पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन News Polar बाढीको कटानले मुग्लिनदेखि गल्छीसम्मको सडकमा क्षति News Polar फ्लाइ दुबईले पोखराका लागि दैनिक प्रत्यक्ष उडान सञ्चालन गर्ने घोषणा News Polar धनधान्यकी देवी महालक्ष्मीको आजदेखि १६ दिनसम्म विशेष आराधना सुरु News Polar सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि १४ कार्यक्रम सञ्चालनमा

स्वास्थ्य नीतिमा खाद्य स्वच्छता र निरोधात्मक विधिलाई प्राथमिकता दिन सांसद बरालको माग

स्वास्थ्य नीतिमा खाद्य स्वच्छता र निरोधात्मक विधिलाई प्राथमिकता दिन सांसद बरालको माग
अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)का सांसद गुरुप्रसाद बरालले स्वास्थ्य क्षेत्रको दीर्घकालीन सुधारका लागि उपचारमुखीभन्दा निरोधात्मक स्वास्थ्य प्रणाली र खाद्य स्वच्छतालाई विशेष प्राथमिकता दिनुपर्ने बताउनुभएको छ।

बिहीवार प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै सांसद बरालले स्वास्थ्य मन्त्रालयको ध्यानाकर्षण गराउँदै आयुर्वेद तथा वैकल्पिक चिकित्साको दायरा विस्तार गर्नुपर्ने धारणा राख्नुभयो। उहाँले योग, प्राकृतिक चिकित्सा, पोषण व्यवस्थापन र स्वस्थ जीवनशैलीलाई नागरिकको दैनिक अभ्याससँग जोड्न सके उपचार सेवामाथिको चाप उल्लेखनीय रूपमा घटाउन सकिने बताउनुभयो।

अस्पताल व्यवस्थापनका सन्दर्भमा उहाँले मेडिकल सुपरिटेन्डेन्ट नियुक्ति केवल वरिष्ठताका आधारमा नभई विशेषज्ञता र व्यवस्थापकीय क्षमताका आधारमा हुनुपर्ने धारणा व्यक्त गर्नुभयो। विशेषज्ञ चिकित्सकले उपचारमा केन्द्रित हुने र अस्पताल सञ्चालनका लागि दक्ष व्यवस्थापकीय प्रणाली विकास गर्नुपर्ने उहाँको भनाइ थियो।

सांसद बरालले स्वास्थ्य उपचारकै खर्चका कारण धेरै परिवार गरिबीको रेखामुनि धकेलिने अवस्था अझै कायम रहेको उल्लेख गर्दै क्यान्सर, मिर्गौला, कलेजो तथा पक्षघातजस्ता दीर्घरोगको उपचारमा राज्यले प्रभावकारी नीति अवलम्बन गर्नुपर्ने बताउनुभयो। उहाँले रोग लागेपछि उपचारमा खर्च बढाउनुभन्दा रोग लाग्न नदिने कार्यक्रममै बढी लगानी गर्नुपर्नेमा जोड दिनुभयो।

खाद्य तथा औषधि प्राधिकरणसम्बन्धी सरकारी प्रस्तावप्रति टिप्पणी गर्दै उहाँले खाद्य सुरक्षा र औषधि नियमन फरक प्रकृतिका विषय भएकाले तिनलाई स्पष्ट रूपमा सम्बोधन गर्नुपर्ने बताउनुभयो। औषधि दर्ता, गुणस्तर परीक्षण र नियमन प्रक्रियामा पारदर्शिता कायम गर्न तथा न्यून गुणस्तरका औषधिलाई बजारमा प्रवेश गर्न नदिन मन्त्रालयले कडाइ गर्नुपर्ने उहाँको माग थियो।

उहाँले राष्ट्रसेवक कर्मचारीलाई जिम्मेवार र इमानदार भएर काम गर्न आग्रह गर्दै गरिब तथा विपन्न नागरिकको स्वास्थ्य अधिकार सुनिश्चित गर्न सरकार गम्भीर बन्नुपर्ने आवश्यकता औँल्याउनुभयो।