१ असार २०८३, सोमबार
,
Latest
जापान र नेदरल्यान्ड्सबीच २–२ को रोमाञ्चक बराबरी ‘बुक फ्रि डे’, बीमा र दिवा खाजा कार्यक्रमले सामुदायिक विद्यालयमा आकर्षण बढ्यो असार १: पहिलो विद्यार्थी आन्दोलन जयतु संस्कृतम् सुरु भएको दिन बर्खा लाग्न थालेपछि वस्तुभाउ लिएर लेक उक्लिए गोठाला निजी लगानीमा क्रिकेट पूर्वाधार फस्टाउँदै, सरकारी रङ्गशाला अझै अधुरो केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना राप्ती गाउँपालिकालाई प्रसूति सेवायुक्त पालिका घोषणा दश जिल्लाका सात लाख पन्छी नष्ट, किसानलाई क्षतिपूर्ति उपलब्ध गराइने मर्यादित पत्रकारिताबाट सभ्य समाज निर्माण हुन्छः मुख्यमन्त्री टिमाई खोलाको बाढीमा फसेका सात जनाको सकुशल उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकी सभामुखमा रस्साकस्सी, जिम जोर्डन बन्लान् सभामुख?



जिम जोर्डन (बीचमा) रिपब्लिकनको भेलामा सहभागी हुने क्रममा (फाइल)
अ+ अ-

रिपब्लीकन पार्टीको झिनो बहुमत रहेको अमेरिकी प्रतिनिधिसभा अर्थात् हाउस अफ रिप्रिजेन्टेटिभ्सको सभामुखमा कसले बाजी मार्ला भन्ने अन्यौल बढ्दै गएको छ ।

रिपब्लीकन पार्टीका कट्टरपन्थी सदस्य जिम जोर्डनले पार्टीको आन्तरिक चुनाव जितेर सभामुख हुन पहिलो कदम पार्टीको आधिकारिक उम्मेदबार बन्न सफल भएका छन् ।  अघिल्लो साता पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले पनि सभामुखका लागि जोर्डनका पक्षमा सहमति जनाएका थिए ।

खासगरी ट्रम्पका नीतिहरूलाई पहिल्यैदेखि जोर्डनले समर्थन गरिरहेका थिए ।

जोर्डनका लागि यो एउटा खुड्किला मात्र हो । अहिले संसदमा रिपब्लिकनको २२१ र डेमोक्राटको २१२ सिट छ । सभामुख हुन २१७ मत आवश्यक पर्दछ । चार जना रिपब्लिकनले असहयोग गरे जोर्डन सभामुख हुन सक्ने छैनन् । यस्तो अवस्थामा उनलाई बहुमत जुटाउन फलामको चिउरा चपाएसरह छ ।

रिपब्लिकनका तर्फबाट पूर्व सभामुख केभिन म्याकर्थीलाई सभामुखबाट हटाउन उनै जोर्डन लगायतको टिम सक्रिय थियो । म्याकर्थीले राष्ट्रपति जो बाइडेनको पक्षमा भित्रभित्रै सहयोग गरेको र रिपब्लिकनको कोर नीति विपरीत बजेट पारित गराउन भूमिका खेलेको आरोप लगाएर केही रिपब्लिकन सांसदले म्याकर्थीलाई पदच्यूत गराए ।

यस्तो परिस्थितिमा रिपब्लिकन भित्र जोर्डनले कसरी पार्टीको पूरै समर्थन पाउलान् भन्ने प्रश्न उब्जिएको छ । सम्भवतः अर्को साता सदनमा मतदान हुनेछ ।

सभामुखको अभावमा सदन अनिर्णयको बन्दी भएको दुई साता भइसकेको छ, र  सदन सोमबारसम्मका लागि बन्द छ, जुन अमेरिकी इतिहासमा बिरलै हुने घटना हो ।

सदनको न्यायिक समितिका अध्यक्ष समेत रहेका  ५९ वर्षीय जोर्डनले राष्ट्रपति बाइडेन विरूद्ध महाभियोग प्रस्ताव पनि दर्ता गराएका छन् जसलाई डेमोक्राट सांसदहरूले अस्वीकार गर्दै आएका छन् ।