१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्यूजिल्याण्डको लगातार तेस्रो जीत, बङ्गलादेशलाई ८ विकेटले हरायो



अ+ अ-

आइसिसी विश्वकप क्रिकेट अन्तर्गत शुक्रबारको दिवारात्रि खेलमा न्युजील्यान्डले बंगलादेशलाई आठ विकेटले पराजित गरेको छ । भारतको चेन्नेइमा भएको यस खेलमा न्युजील्यान्डले २४६ रनको लक्ष ४२.५ ओभरमै २ विकेट गुमाएर पूरा गरेको थियो ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बंगलादेशले ९ विकेट गुमाएर २४५ रन मात्र बनाएको थियो । बंगलादेशका लागि मुस्फिकर रहिमले सर्वाधिक ६६ रन बनाएका थिए ।

बंगलादेशको ब्याटिङ स्कोर
तन्जिद हसन – १६ रन
मेहदी हसन मिर्जा – ३० रन
नजमुल शान्टो – ७ रन
कप्तान शकिब अल हसन – ४० रन
तोहिद हृदोय – १३ रन
महमदुल्लाह – ४१ रन
तस्किन अहमद – १७ रन
मुस्तफिजुर रहमान – ४ रन
शोरिफुल इस्लाम – २ रन
लिटोन दास – ० रन

न्युजील्यान्डका लागि लकी फर्गुसनले ३, ट्रेन्ट बोल्ट र म्याट हेन्रीले समान दुईदुई तथा मिचेल सान्टनर र ग्लेन फिलिप्सले समान एकएक विकेट लिएका थिए ।

२४६ रनको लक्ष पछ्याउने क्रममा न्युजील्यान्डका ब्याट्सम्यानले उत्कृष्ट प्रदर्शन गरेका थिए । डेभोन कन्भोएले शकिबको बलमा एलबिडब्लु हुनुअघि ४५ रन बनाएका थिए ।

अघिल्ला म्याचमा उत्कृष्ट प्रदर्शन गरेका रचिन रबिन्द्र भने मुस्तफिजुर रहमानको बलमा क्याचआउट हुनुअघि ९ रन मात्र बनाएका थिए । तर त्यसपछि कप्तान केन विलियम्सनले रिटायर्ड हर्ट हुनुअघि ७८ रन, ड्यारिले मिचेलले अविजित ८९ रन तथा ग्लेन फिलिप्सले अविजित १६ रन बनाएका थिए ।

यो जितसँगै न्युजील्यान्ड ३ खेलबाट शतप्रतिशत नतिजा निकाल्दै ६ अंक बनाएको छ । बंगलादेश भने २ हार र १ जितका साथ २ अंक प्राप्त गरी छैटौं स्थानमा छ ।

अंक तालिका
न्युजील्यान्ड – ६ अंक
दक्षिण अफ्रिका – ४ अंक
भारत – ४ अंक
पाकिस्तान – ४ अंक
इङल्यान्ड – २ अंक
बंगलादेश – २ अंक
(श्रीलंका, अस्ट्रेलिया, नेदरल्यान्ड्स र अफगानिस्तान अंकविहीन छन् )

आजको खेल
भारत र पाकिस्तान
अहमदाबाद, अपराह्न २.१५ बजे