• ३१ असार २०८१, सोमबार
  •      Mon Jul 15 2024
  •   Unicode
Logo
Latest
★   पेट्रोल, डिजेल र मट्टितेलको मृल्यवृद्धि ★   लिलादेवी गडतौला सरकारको कायममुकायम मुख्य सचिव ★   विपद्मा परी मृत्यु भएकाहरुलाई दश लाखको दरले राहत दिने सरकारको निर्णय ★   आर्थिक विधेयकमाथी विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत ★   को हुन् नवनियुक्त भौतिक पूर्वाधार तथा यातायातमन्त्री दाहाल ? ★   पर्यटन नीतिलाई समयानुकूल बनाउँछुः पर्यटनमन्त्री पाण्डे ★   मन्त्री अधिकारीद्वारा कृषि दशकमा लगानी जुटाउनेसम्बन्धी निर्णयमा हस्ताक्षर ★   नयाँ शिक्षा ऐन निर्माण प्राथमिकतामाः शिक्षामन्त्री भट्टराई ★   मन्त्रिपरिषद्को पहिलो निर्णयः कीर्तिपुरमा सुविधासम्पन्न खेलमैदान ★   नवनियुक्त परराष्ट्रमन्त्री आरजु राणा को हुन् त ?

एसिसी यु–१९: इरान विरुद्ध ३५४ रनको विशाल लक्ष, देव खनालको शतक



मलेसियामा जारी एसिसी यु–१९ प्रिमियर कप क्रिकेट अन्तर्गत पहिलो एक दिवसीय खेलमा नेपालले इरान विरुद्ध उत्कृष्ट ब्याटिङ गर्दै ३५४ रनको लक्ष प्रस्तुत गरेको छ ।

इरानले टस जितेर पहिले नेपाललाई ब्याटिङको निम्तो दिएको थियो । मलेसियाको युकेएम ओभल, बान्गी मैदानमा भएको खेलमा कप्तान देव खनालको शतक मद्दतले नेपालले ४०.१ ओभरमा ३५३ बनाएको छ ।

खनालले ६० बलको सामना गरी आक्रामक १०० रन बनाए । उनी सल्मान रियाजमन्डको बलमा क्याचआउट भएका थिए ।

अर्का प्रारम्भिक ब्याट्सम्यान दीपक बोहराले पनि ५९ बलको सामना गरी ६५ रन बनाएर आउट भएका छन् । कप्तान देव खनाल र दीपकले ९८ बलमा १६६ रनको साझेदारी गरेका थिए । यस्तै, दीपेश कँडेल र दीपक डुम्रेबीच पनि ९१ रनको महत्वपूर्ण साझेदारी भएको थियो । अर्जुन धामी ० र आकाश त्रिपाठी ३ रनमै पवेलियन फर्केका थिए ।

अन्य खेलाडीहरुमा विकेटकिपर ब्याट्सम्यान दीपक प्रसाद डुम्रेले ६९, दीपेश कँडेलले २९, दीपक बोहराले १, मिलन बोहरा ०, सुबास भण्डारीले अविजित १८, हेमन्त धामीले २३ तथा आकाश चन्दले १९ रन बनाएका छन् ।

इरानका तर्फबाट डाड्रामन राइसीले ३, जायद राइसीले २, समान शेखीले २, सल्मान नियाजमन्डले ३ विकेट लिएका थिए ।

नेपाली टिम
दीपक बोहरा, अर्जुन कुमाल, आकास त्रिपाठी, देव खनाल (कप्तान), दीपक प्रसाद डुम्रे, दीपेश कँडेल, दीपक बोहरा (२), आकाश चन्द, सुबास भण्डारी, मिलन बोहरा, हेमन्त धामी