९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल News Polar धादिङको बाङ्गेमा विशाल पहिरो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar ग्रिड कनेक्सन कार्यविधि मस्यौदामा इप्पानको असहमति, १९ बुँदे संशोधन प्रस्ताव News Polar इन्द्रजात्रा अवलोकन गर्न गद्दी बैठक पुगे राष्ट्रपति पौडेल-तस्विरसहित News Polar इन्द्रजात्राको मुख्य दिनः हनुमानढोकामा कुमारी, गणेश र भैरवको रथ तानिँदै-तस्विरसहित News Polar कर्णालीदेखि काठमाडौंसम्मको संघर्षपूर्ण यात्राबाट चर्चामा रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा

को हुन् नवनियुक्त उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल ?

को हुन् नवनियुक्त उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल ?
अ अ+ अ-

काठमाडौं । नवनियुक्त उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल पाँचौँ पटक यो जिम्मेवारीमा फर्किनुभएको छ । यसअघि उहाँ विसं २०७९ पुष ११ देखि फागुन १५ सम्म तथा २०७८ साल जेठ १ देखि २०७८ असार २९ सम्म उपप्रधान तथा अर्थमन्त्री बन्नुभएको थियो । त्यसैगरी विसं २०७७ र २०७२ सालमा पनि उहाँ अर्थमन्त्री बन्नुभएको थियो । पौडेल विसं २०६७ मा रक्षामन्त्री र विसं २०६५ मा जलस्रोत मन्त्री तथा विसं २०५३ मा युवा खेलकूद तथा संस्कृति मन्त्री बन्नुभएको थियो ।

पौडेल विसं २०७९ र विसं २०७४ को आमनिर्वाचनमा रुपन्देही क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको हो । त्यस्तै विसं २०५६ र विसं २०५१ को संसदीय निर्वाचनमा पनि प्रतिनिधिसभा सदस्यका रुपमा विजयी हुनुभएको थियो । त्यसैगरी विसं २०७० र विसं २०६४ को संविधान सभा सदस्य निर्वाचनमा उहाँ रुपन्देही जिल्लाको क्षेत्र नं ४ बाट संविधान सभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।

वसं २०१६ मङ्सिर १५ मा स्याङ्जा जिल्ला, पुतलीबजार नगरपालिका वडा नं १० राङ्खोलामा जन्मिनुभएका पौडेल हाल ललितपुर महानगरपालिका वडा नं २५, सैँवु बस्नुहुन्छ । हाल नेकपा एमालेका उपाध्यक्ष पौडेल सो पदमा २०७८ मङ्सिर १०–१४ मा चितवनमा सम्पन्न दशौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित हुनुभएको हो । यसअघि उहाँ पार्टीको वैकल्पिक केन्द्रीय सदस्य, केन्द्रीय सदस्य, सचिव, उपमहासचिव, महासचिव हुँदै उपाध्यक्षमा निर्वाचित हुनुभएको हो । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को एकीकरणपश्चात नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटीद्वारा उहाँ महासचिवमा निर्वाचित हुनुभएको थियो ।

विसं २०३४ मा अखिल नेपाल कम्युनिष्ट क्रान्तिकारी कोअर्डिनेशन कमिटी (माक्र्सवादी– लेनिनवादी) सँग सम्पर्कमा आइ त्यसको इलाका पार्टी सक्रिय दलमा संगठित भएर आफ्नो राजनीतिक यात्रा सुरु गर्नुभएका पौडेलले २०३५ असोज ७ मा अखिल नेपाल कम्युनिष्ट क्रान्तिकारी कोअर्डिनेशन कमिटी (माक्र्सवादी¬–लेनिनवादी) को सदस्यता प्राप्त गर्नुभएको थियो ।
उहाँ २०३५ माघदेखि रुपन्देही जिल्ला अन्तर्गत नेपाल कम्युनिष्ट पार्टी (माले)को ईलाका कमिटी सदस्य भएर काम गर्नुभएको थियो । उहाँ २०४७ माघदेखि २०४९ माघसम्म नेपाल कम्युनिष्ट पार्टी (एमाले)को महाकाली अञ्चल इन्चार्ज र २०४९ देखि २०७३ सम्म विभिन्न समयमा करिब १० बर्ष लुम्बिनी अञ्चल इञ्चार्ज हुनुभयो ।

त्यसैगरी २०५१ माघदेखि विभिन्न समयमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) केन्द्रीय संगठन विभागको सदस्य, सचिव र ६ कार्यकाल प्रमुख हुनुभयो । त्यस्तै २०५३ मा एमालेको उद्योग व्यवसाय विभागको प्रमुख, २०५५ असारमा स्थानीय निकाय विभागको प्रमुख र २०६६ असारमा संविधानसभा संसदीय विभागको प्रमुख भएर काम गनुभयो । त्यसपछि उहाँ २०५६ मा एमाले केन्द्रीय कार्यालय सचिव, २०६१ साउन र २०६९ असारदेखि केन्द्रीय सचिवालय सचिव र विभिन्न समयमा केन्द्रीय सचिवालय सदस्य रहेर काम गर्नुभयो । त्यसपछि २०७३ असोज ११ देखि एमाले प्रदेश नं ५ को संगठन कमिटीको संयोजक हुनुभयो ।

उहाँले राजतन्त्रको अन्त्य र लोकतान्त्रिक गणतन्त्र स्थापनाको आन्दोलन २०६२/६३ मा महत्वपूर्ण भूमिका निर्वाह गर्नुका साथै निरंकुश राजतन्त्र र पञ्चायती ब्यवस्था विरोधी संयुक्त जनआन्दोलन २०४६/४७ मा नेपाल कम्युनिष्ट पार्टी (माले)को तर्फबाट नवलपरासी जिल्लामा मुख्य नेतृत्वकर्ताको भूमिका निर्वाह गर्नुभयो । यसअघि उहाँ पटक पटक जेल जीवन भोग्नुभयो भने पार्टीका कामले भारतमा प्रवासनमा रहेर समेत काम गर्नुभएको थियो । रासस