• ५ भाद्र २०८१, बुधबार
  •      Wed Aug 21 2024
  •   Unicode
Logo
Latest
★   पाइलट बाबाको निधन ★   विभिन्न कार्यक्रम गरी देशभर मनाइयो गाईजात्रा – फोटो फिचर ★   कृषिमा हामीले के सुधार गर्न सक्छौँ ? ★   विश्वको सबैभन्दा वृद्ध व्यक्ति ब्रान्यासको निधन ★   दमौली अस्पताललाई ५० शय्यामा स्तरवृद्धिको प्रक्रिया अघि बढाउने छु: स्वास्थ्यमन्त्री पौडेल ★   बाढी, पहिरोलगायतका विपद्मा परी हालसम्म १९० को मृत्यु ★   संविधान संशोधनका लागि सबै दललाई साथ लिएर अघि बढ्छौं: देउवा ★   प्रतिनिधि सभाका सदस्यबीचको असमानता हटाउन निर्वाचन प्रणाली संशोधन: महासचिव पोखरेल ★   श्रींलकाको दोस्रो हारसँगै नेपाल र बंगलादेश सेमिफाइनलमा ★   शिक्षा र स्वास्थ्य महंगो भयो, सरकारको ध्यान जाओस्: शेखर कोईराला

विपद्मा परी मृत्यु भएकाहरुलाई दश लाखको दरले राहत दिने सरकारको निर्णय



काठमाडौँ । सरकारले बाढी, पहिरो र डुबानमा परी मृत्यु भएकाहरुलाई दश लाखको दरले राहत उपलब्ध गराउने भएको छ ।

सोमवार अपरान्ह सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा बसेको मन्त्रीपरिषद् बैठकले सो निर्णय गरेको हो । बैठकले विपदमा परी १० दिनसम्म बेपत्ता भएकाहरुलाई पनि मृतक सरहनै राहत उपलब्ध गराउने निर्णय गरेको छ । यसअघि सो व्यवस्था नभएकाले मन्त्रीपरिषद् बैठकले सो निर्णय पनि गरेको नेपाल सरकारका प्रवक्ता समेत रहनुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिनुभयो । त्यसैगरी बैठकले विपद्मा परी ज्यान गुमाएकाहरुप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदन पनि व्यक्त गरेको छ ।

मन्त्री परिषद बैठकले परिवर्तित सन्दर्भमा मन्त्री परिषद र मन्त्रीपरिषद्का विभिन्न समितिहरुमा प्रक्रियामा रहेका वा प्रक्रियामा नलगिएका सम्पूर्ण प्रश्तावहरु सम्बन्धित मन्त्रालयमा फिर्ता गर्ने निर्णय पनि गरेको छ । त्यसैगरी संवत २०८२ साल असार मसान्तसम्म नेपाललाई सडक बालबालिका मुक्त गराउने, कीर्तिपुर क्रिकेट मैदानमा अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप फ्ल्ड लाईट जडान र प्याराफिट निर्माणको कार्य ३ सय दिन भित्र सम्पन्न गर्ने निर्णय पनि मन्त्रीपरिषद् बैठकले गरेका प्रवक्ता गुरुङले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपालमा लोकतन्त्र स्थापना गर्नका लागि भएका विभिन्न आन्दोलनमा वीरगति प्राप्त गर्ने सम्पूर्ण ज्ञात, अज्ञात शहीदहरुप्रति भावपूर्ण सम्मान एवम हार्दिक श्रद्धाञ्जली अर्पण गर्ने । हालैको बाढी पहिरोमा परी ज्यान गुमाउने मृतकहरुप्रति श्रद्धाञ्जली अर्पण गर्ने, पीडित परिवारप्रति समवेदना व्यक्त गर्ने । घाइते हुनेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्ने । हालैको बाढी, पहिरो एवं प्राकृतिक प्रकोपमा मृत्यु हुने मृतकका परिवारलाई राहत उपलब्ध गराउने । संवत २०८२ साल असार मसान्तसम्म नेपाललाई सडक बालबालिका मुक्त गराउने । कीर्तिपुर क्रिकेट मैदानमा अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप फ्लड लाईट जडान र प्याराफिट निर्माणको कार्य ३ सय दिन भित्र सम्पन्न गर्ने । नेपाल सरकारको प्रवक्तामा माननीय संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङलाई नियुक्त गर्ने ।

परिवर्तित सन्दर्भमा मन्त्रीपरिषद् र मन्त्रीपरिषद्का विभिन्न समितिहरुमा प्रक्रियामा रहेका वा प्रक्रियामा नलगिएका सम्पूर्ण प्रश्तावहरु सम्बन्धित मन्त्रालयमा फिर्ता गर्ने । विपद्का कारण बेपत्ता भई घटना भएको १० दिनसम्म पनि फेला पर्न नसकेका व्यक्तिका परिवारलाई मृतक सरह राहत उपलब्ध गराउने । यो नयाँ निर्णय हो । मान्छे बेपत्ता हुन्छ, हराउँछ । त्यसको कुनै व्यवस्था रहेनछ । यस पटक यो व्यवस्था गरिएको हो । जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पबाट प्रभावित परिवारलाई दोस्रो र तेस्रो किस्ता बापतको रकम उपलब्ध गराउने । यो अहिलेसम्म समस्यामा छ ।’

सरकारले विपद् व्यवस्थापनको काममा तिब्रता दिन पनि सम्बन्धित निकायलाई सचेत गराएको छ ।