१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar काठमाडौंमा दसैँ–तिहार लक्षित विशेष सुरक्षा योजना, ३ हजार ५ सय ६ प्रहरी परिचालन News Polar भोटेकोशी बाढी : प्रसनिसहित २५ प्रहरी अझै बेपत्ता, तीन जनाको शव फेला News Polar मतदाता सहभागिता बढाउन र बदर मत घटाउन दललाई प्रमुख निर्वाचन आयुक्त कार्कीको आग्रह News Polar नयाँबसपार्कमा यात्रु सहायता कक्ष स्थापना News Polar सभामुख अर्यालद्वारा संसदको कार्यसम्पादनको प्रशंसा, जलवायु मुद्दा प्राथमिकतामा राख्ने प्रतिबद्धता News Polar प्रतिनिधि सभाको दोस्रो अधिवेशन सम्पन्नः १४५ दिनमा १२ विधेयक पारित, विपद् व्यवस्थापनमा विशेष समितिको गठन News Polar टिपरले ठक्कर दिँदा एकको मृत्यु, पाँच जना घाइते News Polar राष्ट्रिय सभाको २१ औं अधिवेशन सम्पन्नः १४५ दिनमा ५२ बैठक, के–के भए उपलब्धि ? News Polar सात विधेयक दफावार छलफलका लागि संसदीय समितिमा पठाइयो News Polar धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध पुनः खोलिँदै News Polar ओडारमा लुकाइराखेको अवस्थामा ३ थान भरुवा बन्दुक बरामद News Polar संसदको कार्यशैलीप्रति आचार्यको प्रश्न : ‘संसद बोल्ने मञ्च मात्र हो कि समाधान खोज्ने ?’ News Polar काठमाडौं क्लाइमेट विक २०२६ सुरु, जलवायु न्यायदेखि विश्वव्यापी कूटनीतिसम्म बहस हुने News Polar दुई तिहाइको दम्भले सुशासन ओझेलमा परेको एमाले मुख्य सचेतक मेचेको आरोप News Polar सरकारको ६ महिने कार्यकाल पूर्णतः असफल : झक्कुप्रसाद सुवेदी News Polar राष्ट्रपति पौडेलसमक्ष भाषा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar राष्ट्रिय सभाको संवैधानिक अस्तित्व र संसद्को गरिमा सरकारले उपेक्षा गर्‍यो : कमला पन्त News Polar लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको ९ वर्षपछि धनुषाका १८६ स्ववासी परिवारले पाए लालपुर्जा News Polar असोज पहिलो १५ दिनको करदाता उपहार सार्वजनिक, लालबाबु साहले पाए १० लाख बम्पर News Polar करदाता प्रोत्साहन उपहारमा १६ जना विजेता, एक जनाले जिते १० लाख

नवनियुक्त परराष्ट्रमन्त्री आरजु राणा को हुन् ?

नवनियुक्त परराष्ट्रमन्त्री आरजु राणा को हुन् ?
अ अ+ अ-

काठमाडौँ । नवनियुक्त परराष्ट्रमन्त्री डा आरजु राणा देउवा नेपाली कांग्रेसकी नेत्री हुनुहुन्छ । उहाँ नेपाली कांग्रेसको काठमाडौँमा सम्पन्न १४औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको थियो ।

डा राणा कांग्रेस पार्टीका तर्फबाट हाल प्रतिनिधिसभाको सदस्य हुनुहुन्छ । संविधानसभा सदस्यसमेत रहनुभएकी नेत्री डा राणाले प्रतिनिधिसभामा तेस्रोपटक प्रतिनिधित्व गर्दैै हुनुहुन्छ । हाल उहाँ सङ्घीय संसद्को कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापति हुनुहुन्छ ।

पहिलोपटक मन्त्री बन्नुभएका डा राणा महिला अधिकार र स्वास्थ्यका क्षेत्रमा काम गर्ने एक सक्रिय अधिकारवादी हुन्छ । विशेषगरी महिलाको प्रजनन स्वास्थ्य अधिकार, समान नागरिकताको अधिकार, सम्पत्तिको अधिकार, राज्यका हरेक निकाय तथा राजनीतिमा महिलाको समान एवं समतामूलक प्रतिनिधित्व तथा महिला हिंसाविरुद्धको अभियानलगायत मुद्दामा उहाँले वकालत गर्दै आउनुभएको छ । दक्षिण तथा पूर्वी एसियाका लागि आइयुसिएनको क्षेत्रीय परिषद् सदस्यमा दुई कार्यकाल काम गर्नुभएको अनुभव डा राणासँग छ ।

म्यानेजमेन्ट एसोसिएसन अफ नेपाल ९म्यान० को पहिलो महिला अध्यक्षका रुपमा निर्वाचित डा राणा गरिबी निवारण कोषको बोर्ड सदस्यसमेत हुनुहन्थ्यो । उहाँले सुरक्षित मातृत्वसम्बन्धी ‘एलाइन्स’ ह्वाइट रिबन एलाइन्सको अध्यक्ष तथा बोर्ड सदस्यका रुपमा सन् २०१० देखि २०१४ सम्म दुई कार्यकाल पूरा गर्नुभएको छ ।

पिता विनोद शमशेर जवरा र माता प्रतिभा राणाको कोखबाट विसं २०१८ माघ १३ गते काठमाडौँमा जन्मिनुभएकी डा राणाले भारतको चन्डीगढस्थित पञ्जाव विश्वविद्यालयबाट सन् १९९० मा संस्थागत मनोविज्ञान विषयमा विद्यावारीधि हासिल गर्नुभएको छ । उहाँले स्नातकोत्तरको अध्ययन पनि सोही विश्वविद्यालयबाट सन् १९८४ मा मनोविज्ञान विषयमा नै सम्पन्न गर्नुभएको हो ।

उहाँले सन् १९९६ मा सेफ मदरहुड नेटवर्क ९सुरक्षित मातृत्व० संस्थाको स्थापना गरी महिलाको प्रजनन तथा समग्र स्वास्थ्य तथा यसका माध्यमबाट महिला अधिकारका विषयमा काम गर्दै आउनुभएको छ । देशव्यापी कार्यसंयन्त्र रहेको सो संस्थासँग नेपालको ७२ जिल्लाका कम्तीमा पनि सात सय ५० गैरसरकारी संस्था आबद्ध छन् । हाल ५२ जिल्लामा शाखा रहेका सो संस्थामा देशभर करिब ५० हजार नागरिक सदस्य छन् ।

त्यसैगरी, उहाँ संस्थापक रही सन् १९९२ मा स्थापना गर्नुभएको ‘साथी’ नामको अर्को गैरसरकारी संस्थामा आबद्ध भई महिला हिंसाविरोधी अभियानमा सक्रिय हुनुहुन्छ । महिलामाथि हुने विभेद तथा विविध प्रकारका हिंसाका विरुद्धमा काम गरी उनीहरुलाई आफ्ना हक अधिकारप्रति जागरुक गराई महिलालाई सशक्तीकरण गर्ने साथी संस्थाको उद्देश्य रहेको छ । यो संस्थाले नेपालको दूरदराजसहित सुगम क्षेत्रका महिलाविरुद्ध हुने हिंसाको अध्ययन गरी निराकरणका लागि राज्यसम्बद्ध निकायसँगको सहकार्यमा कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

यस कार्यमा उहाँ आफैँ सक्रिय रही देशका विभिन्न जिल्ला तथा क्षेत्रमा पुगेर महिलाविरुद्धको हिंसा र महिलाको प्रजनन अधिकारबारे अध्ययन गरी महिला अधिकार र महिला सशक्तीकरणका क्षेत्रमा समर्पित हुनुभएको छ ।

उहाँ गुणस्तरीय शिक्षाका पक्षमा वकालत गर्ने सक्रिय राजनीतिकर्मी हुनुहुन्छ । विभिन्न कलेजको संस्थापक तथा अध्यक्ष रही नेपालमा गुणस्तरीय शिक्षा प्रदान गर्ने काममा पनि उहाँको सक्रिय सहभागिता छ । उहाँका कैयौँ अनुसन्धानमूलक प्राज्ञिक लेख र पुस्तक प्रकाशित छन्  ।