१२ भाद्र २०८३, शुक्रबार
,
Latest
परिणाम विहिन सामाजिक सञ्जाल रङ्ग्याउने काम नगरौं,के गर्न सकिन्छ मैदानमा नै जनताले अनुभूति गर्नेगरी गरौं अप्पर त्रिशूली हाइड्रोपावरको टनेलमा फसेका ३५० सहित ८८३ जनाको नेपाली सेनाद्वारा उद्धार राष्ट्रपति ट्रम्पद्वारा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता आज जनैपूर्णिमा पर्व मनाइँदै गोसाइँकुण्डको महत्वसँग जोडिएको गोसाइँस्थान काठमाडौँ महानगरले बाढी प्रभावितलाई सहयोग गर्ने पूर्वअध्यक्ष रेग्मीद्वारा बढी प्रभावितलाई सहयोगका लागि आह्वान सम्पर्कविहीन हेटौँडावासीको खोजीमा नगरप्रमुखसहितको टोली आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर इप्पानले पाँच करोड सहयोग गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

मौद्रिक क्षेत्रका समस्या समाधान गर्नेगरी मौद्रिक नीति आउछ: अर्थमन्त्री पौडेल



अ+ अ-

काठमाडौं । नवनियुक्त उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले राष्ट्र बैंकले मौद्रिक क्षेत्रका समस्या समाधान गर्नेगरी मौद्रिक नीति ल्याउने विश्वास व्यक्त गर्नुभएको छ ।

सोमवार उपप्रधानसहित अर्थ मन्त्रालयको पदभार सम्हाल्दै अर्थमन्त्री पौडेलले यस्तो बताउनुभएको हो । उहाँले राम्रो उद्देश्यको लागि काम गर्ने भएपछि अर्थ मन्त्रालय र राष्ट्र बैंक मिलेर काम गर्ने बताउनु भयो । उहाँले राम्रो काम गर्ने भएकाले गभर्नर महाप्रससाद अधिकारी र आफ्नो ट्युनिङ मिल्ने उल्लेख गर्नुभयो । उहाँले मौद्रिक नीतिको तयारी भइरहेको भन्दै अर्थमन्त्री र गभर्नरको बिचमा राम्रो समन्वय गरेर बजारमा सकारात्मक सन्देशदिने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘राष्ट्र बैंकसँग ट्युनिङ मिल्छ भनेर मिडियाले भन्छन्, त्यो ठिकै हो । हाम्रो राम्रै ट्युनिङ मिल्छ, राम्रो काम गर्नेको मिल्छ त । वित्त नीतिलाई सहयोग पुग्ने गरि मौद्रिक नीति आउने विश्वास छ । मौद्रिक नीतिको तयारी भइरहेको सन्दर्भमा ‘अर्थमन्त्री र गभर्नरको बीचमा राम्रो समन्वय हुनेबित्तिकै बजारमा सकारात्मक सन्देश जानेछ । हामी मिलेर अघि बढ्दा बजारमा पनि मनोबल बढ्छ । अर्थ मन्त्रालयमा कर्मचारी हेरफेरमा कहिल्यै रुची हुँदैन । विभिन्न राजनीतिक दलमा आवद्ध हो मिलेर काम गर्न सकिदैन भनेर कर्मचारीहरुको ब्राण्डिङ गरिदिने र कर्मचारीले पनि त्यसो गर्न रुचाउने प्रवृत्तिहरु हुने गरेका छन् । ब्राण्डिङमा विश्वास छैन । कामको परिणाममा विश्वास गर्छु ।’

उहाँले अर्थ मन्त्रालयमा कर्मचारी हेरफेरमा कहिल्यै रुची नभएको बताउनु भयो । अर्थतन्त्रमा छाएको सुस्तता कम हुँदै जाने विश्वास व्यक्त गर्नुभयो । उहाँले आफ्नो कार्यकाल सर्वसाधरण र निजी क्षेत्रमा छाएको निराशा चिर्ने र आशा जगाउने काममा केन्द्रित हुने पनि बताउनु भयो । उहाँले अर्थ मन्त्रालयको जिम्मेवारीलाई अत्यन्त चुनौतीपूर्ण जिम्मेवारीको रुपमा अर्थ्याएको बताउनु भयो । —न्युज एजेन्सी नेपाल

तस्बिरः रासस