६ पुष २०८२, आईतवार
,
Latest
बागलुङका किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य प्रीमियर लिगः आर्सनल र सिटीको जित, चेल्सीले अंक बाँड्यो आज विश्व ध्यान दिवस मनाइँदै प्रतिनिधिसभा सदस्य निर्वाचन: प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था मुख्यमन्त्री यादव रौतहट क्षेत्र नं १ बाट सिफारिस पोखरा पर्यटन वर्षका सन्दर्भमा ‘टुर दि पोखरा’ दार्चुलामा भूकम्पको धक्का राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

मौद्रिक क्षेत्रका समस्या समाधान गर्नेगरी मौद्रिक नीति आउछ: अर्थमन्त्री पौडेल



अ+ अ-

काठमाडौं । नवनियुक्त उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले राष्ट्र बैंकले मौद्रिक क्षेत्रका समस्या समाधान गर्नेगरी मौद्रिक नीति ल्याउने विश्वास व्यक्त गर्नुभएको छ ।

सोमवार उपप्रधानसहित अर्थ मन्त्रालयको पदभार सम्हाल्दै अर्थमन्त्री पौडेलले यस्तो बताउनुभएको हो । उहाँले राम्रो उद्देश्यको लागि काम गर्ने भएपछि अर्थ मन्त्रालय र राष्ट्र बैंक मिलेर काम गर्ने बताउनु भयो । उहाँले राम्रो काम गर्ने भएकाले गभर्नर महाप्रससाद अधिकारी र आफ्नो ट्युनिङ मिल्ने उल्लेख गर्नुभयो । उहाँले मौद्रिक नीतिको तयारी भइरहेको भन्दै अर्थमन्त्री र गभर्नरको बिचमा राम्रो समन्वय गरेर बजारमा सकारात्मक सन्देशदिने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘राष्ट्र बैंकसँग ट्युनिङ मिल्छ भनेर मिडियाले भन्छन्, त्यो ठिकै हो । हाम्रो राम्रै ट्युनिङ मिल्छ, राम्रो काम गर्नेको मिल्छ त । वित्त नीतिलाई सहयोग पुग्ने गरि मौद्रिक नीति आउने विश्वास छ । मौद्रिक नीतिको तयारी भइरहेको सन्दर्भमा ‘अर्थमन्त्री र गभर्नरको बीचमा राम्रो समन्वय हुनेबित्तिकै बजारमा सकारात्मक सन्देश जानेछ । हामी मिलेर अघि बढ्दा बजारमा पनि मनोबल बढ्छ । अर्थ मन्त्रालयमा कर्मचारी हेरफेरमा कहिल्यै रुची हुँदैन । विभिन्न राजनीतिक दलमा आवद्ध हो मिलेर काम गर्न सकिदैन भनेर कर्मचारीहरुको ब्राण्डिङ गरिदिने र कर्मचारीले पनि त्यसो गर्न रुचाउने प्रवृत्तिहरु हुने गरेका छन् । ब्राण्डिङमा विश्वास छैन । कामको परिणाममा विश्वास गर्छु ।’

उहाँले अर्थ मन्त्रालयमा कर्मचारी हेरफेरमा कहिल्यै रुची नभएको बताउनु भयो । अर्थतन्त्रमा छाएको सुस्तता कम हुँदै जाने विश्वास व्यक्त गर्नुभयो । उहाँले आफ्नो कार्यकाल सर्वसाधरण र निजी क्षेत्रमा छाएको निराशा चिर्ने र आशा जगाउने काममा केन्द्रित हुने पनि बताउनु भयो । उहाँले अर्थ मन्त्रालयको जिम्मेवारीलाई अत्यन्त चुनौतीपूर्ण जिम्मेवारीको रुपमा अर्थ्याएको बताउनु भयो । —न्युज एजेन्सी नेपाल

तस्बिरः रासस