• ५ भाद्र २०८१, बुधबार
  •      Wed Aug 21 2024
  •   Unicode
Logo
Latest
★   संघीय अस्पतालका स्वास्थ्य उपकरण मर्मतको जिम्मा राष्ट्रिय आविष्कार केन्द्रले लियो ★   भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकलाई चाँडै पारित गर्नुपर्छ: गृहमन्त्री लेखक ★   सरकारले सय दिनमा गर्ने कामको योजना छिट्टै सार्वजनिक हुन्छ: मुख्यसचिव गड्तौला ★   स्टार्टअप बिजनेसलाई अघि बढाउन सरकार तत्पर छ: अर्थमन्त्री पौडेल ★   पाठेघरको शल्यक्रिया गर्ने क्रममा महिलाको मृत्यु ★   जय शाह आईसीसीको अध्यक्ष बन्न सक्ने ★   नारायणगढ–मुग्लिन सडकखण्डमा गुडिरहेको माइक्रोबसमा ढुङ्गा खस्दा दुईजना घाइते ★   गोसाइँकुण्ड गएका दुई तीर्थयात्री लडेर घाइते ★   दूध नपाउँदा ‘चितवन मिल्क’ चार महिनादेखि बन्द ★   शिक्षामन्त्री भट्टराईलाई पूर्व शिक्षामन्त्री सुमनाको प्रश्न- अब के जनताले राजनैतिक प्रशय पाएका गुण्डासँग भिड्न आउनुपर्ने…

अस्ट्रेलियाले इंग्ल्याण्ड र स्कटल्याण्ड भ्रमणका लागि टोली घोषणा गर्यो



एजेन्सी । क्रिकेट अष्ट्रेलियाले इंग्ल्याण्ड र स्कटल्याण्ड भ्रमणका लागि टोली घोषणा गरेको छ । अष्ट्रेलियाको बेलायत भ्रमणको सुरुवात स्कटल्याण्डसँगको तीन खेलको टी–२० सिरिजबाट सुरु हुनेछ ।

यसपछि अष्ट्रेलियाले इंग्ल्याण्डसँग तीन खेलको टी–२० र पाँच खेलको एकदिवसीय सिरिज खेल्नेछ । यो भ्रमणका लागि पहिलो पटक अष्ट्रेलियाबाट वेस्टर्न अस्ट्रेलियाका अलराउन्डर कुपर कोनोलीलगायत धेरै युवा खेलाडीलाई समावेश गरिएको छ । त्यस्तै प्याट कमिन्सजस्ता सिनियर खेलाडीलाई भने आराम दिइएको छ ।

अष्ट्रेलियाको स्कटल्याण्ड विरुद्धको एकदिवसीय शृंखलाका लागि मिचेल मार्सलाई टिमको कमाण्ड दिइएको छ । योसँगै मार्सलाई अष्ट्रेलियाले इङ्ल्यान्डविरुद्धको ३ खेलको टी–२० र पाँच खेलको एकदिवसीय सिरिजमा कप्तानी गर्ने जिम्मेवारी पनि दिइएको छ ।

भारत र अस्ट्रेलियाबीच हुने पाँच खेलको बोर्डर गावस्कर सिरिजका लागि प्याट कमिन्सलाई विश्राम दिइएको हो । एकदिवसीय विश्वकप विजेता कप्तानले अष्ट्रेलियाको टी–२० विश्वकप यात्रामा महत्वपूर्ण योगदान पुर्‍याएका छन् ।

यस बाहेक अस्ट्रेलियाले पहिलो पटक यो भ्रमणको लागि ज्याक फ्रेजरलाई पनि टोलीमा समावेश गरेको छ । दिल्ली क्यापिटल्सका यी स्टारले आईपीएल २०२४ मा उत्कृष्ट प्रदर्शन गरेका थिए र त्यसपछि उनलाई कङ्गारु टोलीले टी–२० विश्वकपमा रिजर्भ खेलाडीको रुपमा समावेश गरेको थियो ।

अष्ट्रेलियाको टी–२० टोली यस्तो छ –
मिचेल मार्श (कप्तान), जेभियर बार्टलेट, कूपर कोनोली, टिम डेभिड, नाथन एलिस, ज्याक फ्रेजर म्याकगर्क, क्यामरन ग्रीन, आरोन हार्डी, जोश हेजलवुड, ट्राभिस हेड, जोश इंग्लिस, स्पेन्सर जोन्सन, मार्कस स्टोइनिस, एडम जाम्पा ।

एकदिवसीय टोलीः
मिचेल मार्श (कप्तान), सेन एबट, एलेक्स केरी, नाथन एलिस, ज्याक फ्रेजर म्याकगुर्क, आरोन हार्डी, क्यामरन ग्रीन, जोस हेजलवुड, ट्राभिस हेड, जोस इंग्लिस, मार्नस लाबुस्चेन, ग्लेन म्याक्सवेल, म्याथ्यू सर्ट, स्टिभ स्मिथ, मिचेल स्टार्क, एडम जाम्पा ।