४ भाद्र २०८३, बिहीबार
,
Latest
ग्यास सिलिण्डरमा स्थायी ट्रयाकिङ प्रणाली लागू गर्नुपर्नेमा जोड ग्यासको कृत्रिम अभाव रोक्न प्रभावकारी अनुगमन गर्न सांसदहरूको माग गुल्मीमा मदन भण्डारी राजमार्गका प्रभावित घरधनीलाई १० करोडभन्दा बढी क्षतिपूर्ति वैदेशिक सहायता राष्ट्रिय प्राथमिकता र सरकारी कोषमार्फत परिचालन गर्न निर्देशन वैदेशिक सहायता घट्दैछ, निजी पुँजी परिचालन गर्नेतर्फ जाँदैछौँः अर्थमन्त्री डा. वाग्ले एक वर्षभित्र बागमतीमा स्वच्छ पानी बगाउने गरी ढल व्यवस्थापन गरिँदै एलपीजी ग्यासको व्यवस्थापनमा डिजिटल ट्रयाकिङ प्रणाली लागू गर्न संसदीय समितिको निर्देशन तनहुँकाे नारेश्वर तालमा पानी भरिन थाल्यो, कृषि र पर्यटन विकासको आधार बन्दै वैदेशिक सहायता शोधभर्ना नहुँदा राज्यकोषमा दबाब परेको रास्वपा सांसद पराजुलीको भनाइ वागमती नदी संरक्षण र पुनर्जीवनका लागि सरकारलाई संसदीय समितिको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

युरो कपमा कसले कुन अवार्ड जिते ?



अ+ अ-

काठमाडौँ । युरो २०२४ फुटबल प्रतियोगिता जर्मनीमा सम्पन्न भएको छ । गएराति भएको फाइनलमा स्पेन च्याम्पियन बनेसँगै युरो कपले नयाँ विजेता पाएको हो ।

फाइनलमा स्पेनले इंग्ल्याण्डलाई २–१ गोलले हरायो । स्पेनको जितमा निको विलियम्स र मिकेल ओयर्जावालले गोल गरे भने इंग्लयाण्डका कोल पाल्मेरले एक गोल फर्काए ।

युरो कप सकिएसँगै प्रतियोगितामा कुन खेलाडीले कुन अवार्ड पाए र को उत्कृष्ट रहे भन्नेबारे यहाँ जानकारी लिऔं ।

फाइनल खेलमा प्लेयर अफ द म्याच – निको विलियम्स (स्पेन)।
योङ प्लेयर अफ द टुर्नामेन्ट – लामिने यामल (स्पेन)
प्लेयर अफ द टुर्नामेन्ट – रोड्री (स्पेन)
उत्कृष्ट गोलकिपर – माइक मेग्नान (फ्रान्स)
गोल्डेन बुट विजेता – कोडी गाक्पो (नेदरल्यान्ड्स), ह्यारी केन (इंग्लयाण्ड), ड्यानी ओल्मो (स्पेन), जमाल मुसियाला (जर्मनी), इभान शरान्ज (स्लोभाकिया) र जर्जेज मिकाउटेज (जर्जिया) प्रत्येकको तीन गोल ।

सर्वाधिक असिस्टः लामिने यामल (स्पेन) – ४
मोस्ट क्लिन सिट – माइक मेग्नान (फ्रान्स) – ४

विजेता स्पेनको पुरस्कार राशी – २८.२५ मिलियन युरो
इंग्ल्याण्ड – २४.२५ मिलियन युरो