७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

को हुन् नवनियुक्त भौतिक पूर्वाधार तथा यातायातमन्त्री दाहाल ?

को हुन् नवनियुक्त भौतिक पूर्वाधार तथा यातायातमन्त्री दाहाल ?
अ+ अ-

झापा, ३१ असारः नवनियुक्त भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल झापाको दमक निवासी हुनुहुन्छ ।

विसं २०१५ भदौ १६ गते ताप्लेजुङमा जन्मनुभएका मन्त्री दाहाल हाल दमक नगरपालिका–५ मा स्थायी बसोबासी हुनुहुन्छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट मन्त्री बन्नुभएका दाहाल पार्टीको पोलिटब्युरो सदस्य एवं स्थानीय विकास विभागको प्रमुख जिम्मेवारीमा हुनुहुन्थ्यो ।

उहाँ नेपालमा पञ्चायती व्यवस्थाविरुद्ध २०३६ सालमा सुरु भएको विद्यार्थी आन्दोलनबाट प्रभावित भएर कम्युनिष्ट पार्टीको राजनीतिमा प्रवेश गर्नुभएको हो ।

लामो समयसम्म झापाको राजनीतिमा रहेर विभिन्न तहको जिम्मेवारी पूरा गर्नुभएका मन्त्री दाहाल सङ्गठन सञ्चालन काम गर्ने क्रममा २०४५ सालदेखि तत्कालीन नेपाल कम्युनिष्ट पार्टी ९माले०को झापा जिल्ला कमिटीमा आबद्ध हुनुभएको थियो ।

विसं २०५१ सम्म नेकपा मालेदेखि एमालेसम्मको जिल्ला कमिटी सचिवालयको जिम्मेवारीमा काम गर्नुभयो । विसं २०५१ देखि २०५३ सम्म जिल्ला उपसचिव रहनुभएका मन्त्री दाहाल विसं २०५३ जेठ २३ गतेदेखि विसं २०६६ भदौ २७ गतेसम्म एमाले झापाको नेतृत्व सम्हाल्नुभएको थियो ।

उहाँसँग करिब १३ वर्ष अर्थात् चार कार्यकाल झापा एमालेको नेतृत्व गरेको अनुभव छ । उहाँले झापामा २०५६ सालको आमनिर्वाचन र २०६४ सालको संविधानसभा निर्वाचनमा पार्टी कमाण्डसमेत उहाँले सम्हाल्नुभएको थियो ।

उहाँ विसंं २०५१ देखि शिक्षकको जागिर छाडेर राजनीतिमा पूर्णकालीन हुनुभएको हो । राजनीतिक परिवर्तनमा खास समयमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आउनुभएका उहाँले २०४६ सालको जनआन्दोलनमा जिल्ला जनआन्दोलन मूल समितिको जिम्मेवारी र २०६२÷६३ सालको जनआन्दोलनमा झापाको कमाण्डरको जिम्मेवारी पनि सम्हाल्नुभएको थियो ।

विसं २०७२ मा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएकाबेला दाहालले उहाँको जनसम्पर्क सल्लाहकारको भूमिका निर्वाह गर्नुभएको थियो । त्यसैगरी विसं २०७६ मा भएको राष्ट्रियसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।

विसंं २०४२ मा शिक्षक आन्दोलनका क्रममा उहाँलाई प्रहरीले हिरासतमा राखेको थियो भने २०४६ को जनआन्दोलनमा पनि हिरासतमा पर्नुभएका उहाँ जनआन्दोलनको सफलतापछि रिहा हुनुभएको थियो ।