१० चैत्र २०८१, आईतवार
,
Latest
नागढुङ्गामा हाइस दुर्घटना हुँदा एकको मृत्यु, नौ घाइते सङ्घीय लोकतान्त्रिक गणतन्त्रप्रति दृढ रहने कांग्रेस कार्यसम्पादन समितिको निर्णय उत्पादनको मूल्य नपाउनु दक्षिण एसियाली देशका किसानको साझा समस्या आइपिएल क्रिकेटः पहिलो खेलमा हैदरावादको जित ‘कालीगण्डकी बचाऔँ अभियान’का संयोजक गिरी सम्मानित मशानघाट विश्वकै ठूलो विश्वविद्यालय भेडाबाख्रा ओसारपसार गर्दा निरोगी प्रमाणित गर्नुपर्ने मण्डनदेउपुर र जापानको फुजिनोमिया नगरबीच भगिनी सम्बन्ध संविधानप्रति पूर्ण प्रतिवद्ध छौँ ,बाहिरबाट परिवर्तन आउन सम्भव छैन: काँग्रेस सिरहामा विभेदको घटनाः गाउँपालिका अध्यक्ष र पूर्ववडाध्यक्षलाई थुनामा राखेर अनुसन्धान गर्न म्याद थप
तपाईं के खोज्दै हुनुहुन्छ ?

डी मारियाले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास



अ+ अ-

काठमाडौँ । अर्जेन्टिनी स्टार फरवार्ड एन्जल डी मारियाले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन् ।

सोमबार बिहान भएको कोपा अमेरिकाको फाइनल खेलपछि डी मारियाले औपचारिक रुपमा अन्तर्राष्ट्रिय फुटबललाई बिदाई गरेका हुन् ।

उनले कोपाको फाइनलमा सुरुवाती ११ मा स्थान बनाएका थिए । खेलको १ सय १७ औँ मिनेटमा मैदान छाडेका उनी निकै भावुक देखिन्थे ।

गत नोभेम्बरमा नै डी मारियाले कोपा अमेरिकापछि सन्यास लिने घोषणा गरेका थिए ।

सन् २००७ मा डी मारियाले अर्जेन्टिनी यू २० बाट टोलीमा स्थान बनाएका थिए । सन् २००८ मा सिनियर टोलीमा डेब्यु गरेका डी मारियाले १ सय ४५ खेलमा ३१ गोल गरेका छन् । उनले अर्जेन्टिनाबाट ४ विश्वकप खेलेका छन् ।