२३ जेष्ठ २०८३, शनिबार
,
Latest
औषधि अभाव अन्त्य र गुणस्तर सुधारमा सरकारको जोड संस्थागत कब्जा तोड्यौँ, अब सुशासन र डिजिटलीकरणमा क्रान्तिकारी सुधार गर्छौंः अर्थमन्त्री वाग्ले बजेटमा स्रोत सुनिश्चित छैन, ७ प्रतिशत आर्थिक वृद्धि असम्भवः पूर्वअर्थमन्त्री महत आज काठमाडौँ र ललितपुरका झण्डै १०० स्थानमा ४ घण्टा विद्युत् अवरुद्ध हुने होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा तटीय क्षेत्रका समुदायमा बाढीको कृत्रिम नमूना अभ्यास सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु रास्वपाको जिल्ला अधिवेशन आजदेखि डाइभर्सन नटिक्दा यात्रुलाई सास्ती लामाखेतमा बस्ती संरक्षण योजना निर्माण
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसिसी यु–१९: इरान विरुद्ध ३५४ रनको विशाल लक्ष, देव खनालको शतक



अ+ अ-

मलेसियामा जारी एसिसी यु–१९ प्रिमियर कप क्रिकेट अन्तर्गत पहिलो एक दिवसीय खेलमा नेपालले इरान विरुद्ध उत्कृष्ट ब्याटिङ गर्दै ३५४ रनको लक्ष प्रस्तुत गरेको छ ।

इरानले टस जितेर पहिले नेपाललाई ब्याटिङको निम्तो दिएको थियो । मलेसियाको युकेएम ओभल, बान्गी मैदानमा भएको खेलमा कप्तान देव खनालको शतक मद्दतले नेपालले ४०.१ ओभरमा ३५३ बनाएको छ ।

खनालले ६० बलको सामना गरी आक्रामक १०० रन बनाए । उनी सल्मान रियाजमन्डको बलमा क्याचआउट भएका थिए ।

अर्का प्रारम्भिक ब्याट्सम्यान दीपक बोहराले पनि ५९ बलको सामना गरी ६५ रन बनाएर आउट भएका छन् । कप्तान देव खनाल र दीपकले ९८ बलमा १६६ रनको साझेदारी गरेका थिए । यस्तै, दीपेश कँडेल र दीपक डुम्रेबीच पनि ९१ रनको महत्वपूर्ण साझेदारी भएको थियो । अर्जुन धामी ० र आकाश त्रिपाठी ३ रनमै पवेलियन फर्केका थिए ।

अन्य खेलाडीहरुमा विकेटकिपर ब्याट्सम्यान दीपक प्रसाद डुम्रेले ६९, दीपेश कँडेलले २९, दीपक बोहराले १, मिलन बोहरा ०, सुबास भण्डारीले अविजित १८, हेमन्त धामीले २३ तथा आकाश चन्दले १९ रन बनाएका छन् ।

इरानका तर्फबाट डाड्रामन राइसीले ३, जायद राइसीले २, समान शेखीले २, सल्मान नियाजमन्डले ३ विकेट लिएका थिए ।

नेपाली टिम
दीपक बोहरा, अर्जुन कुमाल, आकास त्रिपाठी, देव खनाल (कप्तान), दीपक प्रसाद डुम्रे, दीपेश कँडेल, दीपक बोहरा (२), आकाश चन्द, सुबास भण्डारी, मिलन बोहरा, हेमन्त धामी