६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

हाजार्डले लिए फुटबल खेलबाट सन्यास



अ+ अ-

एजेन्सी । चेल्सीका पूर्व विङ्गर इडेन हाजार्डले सिजनको अन्त्यमा रियल मड्रिड छाडेर फुटबलबाट सन्यासको घोषणा गरेका छन् । ३२ वर्षीय हाजार्ड सन् २०१९ मा चेल्सीबाट ८९ मिलियन पाउण्डमा रियल आएका थिए तर उनले स्पेनिस जाइन्ट्सका लागि मात्र ५४ लिग खेल खेले ।

उनले स्ट्यामफोर्ड ब्रिज (चेल्सी)मा आफ्नो समयमा दुई प्रिमियर लिग उपाधि जितेका थिए । जुनमा आफ्नो सम्झौता समाप्त भएदेखि स्वतन्त्र एजेन्ट बनेका हाजार्डले भने ‘तपाईंले आफैलाई सुन्नुपर्छ र सही समयमा रोक्नुहोस् भन्नु पर्छ ।’

‘१६ वर्ष र ७०० भन्दा बढी खेल खेलेपछि, मैले एक पेशेवर फुटबलरको रूपमा आफ्नो करियर समाप्त गर्ने निर्णय गरेको छु ।’ उनले भने ।

हाजार्डले गत डिसेम्बरमा नै अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका थिए । जुन बेल्जियम समूह चरणमा २०२२ को विश्वकपबाट बाहिरिएको थियो ।

रियल मड्रिडमा हाजार्डले च्याम्पियन्स लिग, एक क्लब विश्वकप, एक युरोपेली सुपर कप, दुई ला लिगा उपाधि, एक कोपा डेल रे र दुई स्पेनिश सुपर कप जिते । तर स्पेनमा उनको समय व्यापक रूपमा निराशाजनक मानिन्छ । उनले सबै प्रतियोगिताहरूमा ७६ खेलमा मात्र ७ गोल गरे ।

हाजार्डले फ्रान्सेली क्लब लिलेबाट आफ्नो करियर सुरु गरेका थिए । १४९ खेलहरूमा ५० गोल गरे । उनी २०१२ को समरमा चेल्सी गए । ३२ मिलियन पाण्डमा चेल्सी गएका उनले क्लबको लागि आफ्नो अन्तिम उपस्थितिमा आर्सनलविरुद्ध २०१९ युरोपा लिग फाइनलमा गोल गरेका थिए । उनले चेल्सीमा ३५२ खेलमा ११० गोल गरे । यता बेल्जियमका लागि उनले १२६ खेलमा ३३ गोल गरेका छन् ।