७ भाद्र २०८३, आईतवार
,
Latest
चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी सबै आपराधिक घटना प्रहरीको ‘इन्स्टिच्युसनल मेमोरी’ मा छ : प्रहरी महानिरीक्षक कार्की ‘भूमिसम्बन्धी समस्या समाधान गर्न तीनै तहको सरकार जिम्मेवार हुनुपर्छ’ आठ हजार मिटरभन्दा अग्ला थप छ हिमाललाई अन्तर्राष्ट्रिय मान्यता दिलाउने तयारी सत्ता केन्द्रित राजनीतिभन्दा माथि उठेर कम्युनिस्ट आन्दोलनमा केन्द्रित हुन दाहालको आग्रह जेन–जी शहीदको सम्झनामा भदौ २३ गते ‘स्मृति दिवस’ मनाइने, असोज १५ गतेदेखि महायज्ञ माग पूरा नभए फेरि सडक संघर्षमा उत्रिने जेन–जी घाइते र शहीद परिवारको चेतावनी सुगौली सन्धिपछिकै गम्भीर राष्ट्रिय संकटमा मुलुकः संयोजक दाहाल बेलगाम घोडाजस्तो अधिनायकवादको बाटोतिर सरकार चलिरहेको छः प्रदीप ज्ञवाली प्रचण्डको स्वीकारोक्ति : रणनीति बिर्सेर सत्ता समीकरणमा अल्झिनु गम्भीर भुल
तपाईं के खोज्दै हुनुहुन्छ ?

दक्षिण अफ्रिकाविरुद्ध श्रीलंकाले खेल हार्नुका पाँच कारण



अ+ अ-

एजेन्सी । श्रीलंकालाई १०२ रनले पराजित गर्दै दक्षिण अफ्रिकाले विश्वकपमा आफ्नो सानदार इन्ट्री गरेको छ । टोलीले यस प्रतियोगितामा श्रीलंकामाथि सबैभन्दा ठूलो जित दर्ता गर्यो ।

नयाँ दिल्लीको अरुण जेटली स्टेडियमको पिचमा श्रीलंकाका कप्तानले टस जितेर फिल्डिङ रोजेका थिए । टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकी टोलीले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ४२८ रनको विशाल स्कोर बनायो । जवाफमा श्रीलंकाको टोली ४४।५ ओभरमा ३२६ रन बनाएर अलआउट भयो ।

विश्वकपपछि सन्यासको घोषणा गरेका क्विन्टन डी कक (१०० रन), रस्सी भान डेर ड्युसेन ९१०८ रन० र एडेन मार्कराम (१०६ रन)ले शतकीय पारी खेले ।

श्रीलंकाले खेल हार्नुका ५ कारण
१. दासुन शनाकाले दिल्लीको पिच बुझ्न सकेनन्
खेलमा श्रीलंकाका कप्तानले टस जितेर फिल्डिङ गर्ने निर्णय गरे । उनीहरुले दिल्लीको पिच बुझ्न सकेनन् । सामान्यतया दिल्लीको पिच कम बाउन्सको हुन्छ तर यस खेलमा उल्टो बाउन्स देखिएको थियो । यति मात्र होइन, पावरप्लेको केही ओभरपछि बलले खासै गति देखाउन सकेन । यस्तो अवस्थामा दक्षिण अफ्रिकाका ब्याट्सम्यानले सहजै रन बनाउन थाले ।

२. दक्षिण अफ्रिकाको शीर्ष र मध्यक्रमको ब्याटिङ
१० रनमा कप्तान टेम्बा बाभुमाको विकेट गुमाएपछि दक्षिण अफ्रिकाको शीर्ष मध्यक्रमले उत्कृष्ट ब्याटिङ गरेको थियो । ओपनिङमा आएका डी कक, रासी भान डेर ड्युसेन र एडेन मार्करामले शतकीय पारी खेले । श्रीलंकाका बलरहरूसँग मार्करामको चौकाको कुनै जवाफ थिएन । यहाँ मध्य ओभरमा श्रीलंकाका बलरले विकेट लिन सकेनन् ।

३. श्रीलंकाका बलरहरुको अप्रभावी बलिङ
श्रीलंकाका बलरको बलिङ प्रभावहीन रह्यो । सबै बलरले धेरै रन दिए । कप्तान दासुन शनाका बाहेक सबै बलरले ८ भन्दा बढीको इकोनोमीमा रन खर्च गरे ।

४. श्रीलंकाको खराब सुरुवात, ओपनर ६७ रनमा आउट
४२९ रनको लक्ष्य पछ्याउन पुगेको श्रीलंकाको सुरुवात खराब रह्यो । टोलीका ओपनर ६७ रनमा पेभिलियन फर्किए । यस्तो अवस्थामा कुसल मेन्डिसले इनिङ्स सम्हाल्ने प्रयास गरे तर उनी पनि १०९ रनको टिमको स्कोरमा कागिसो रबाडाको शिकार बने ।

५. श्रीलंकाका ब्याट्सम्यानहरु ठुलो स्कोरको बोझ देखिन्थे
मेन्डिस आउट भएपछि श्रीलंकाका ब्याट्सम्यान ठूलो स्कोरको दबाबमा देखिएका थिए । टोलीका ब्याट्सम्यानले रक्षात्मक दृष्टिकोण राखेर खेलिरहे र विकेट लगातार गिरिरहेका थिए । तल्लो मध्यक्रममा कप्तान दासुन शनाका र चरित असालान्काले अर्धशतकीय साझेदारी गर्दै हारको अन्तर घटाए ।