७ भाद्र २०८३, आईतवार
,
Latest
चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी सबै आपराधिक घटना प्रहरीको ‘इन्स्टिच्युसनल मेमोरी’ मा छ : प्रहरी महानिरीक्षक कार्की ‘भूमिसम्बन्धी समस्या समाधान गर्न तीनै तहको सरकार जिम्मेवार हुनुपर्छ’ आठ हजार मिटरभन्दा अग्ला थप छ हिमाललाई अन्तर्राष्ट्रिय मान्यता दिलाउने तयारी सत्ता केन्द्रित राजनीतिभन्दा माथि उठेर कम्युनिस्ट आन्दोलनमा केन्द्रित हुन दाहालको आग्रह जेन–जी शहीदको सम्झनामा भदौ २३ गते ‘स्मृति दिवस’ मनाइने, असोज १५ गतेदेखि महायज्ञ माग पूरा नभए फेरि सडक संघर्षमा उत्रिने जेन–जी घाइते र शहीद परिवारको चेतावनी सुगौली सन्धिपछिकै गम्भीर राष्ट्रिय संकटमा मुलुकः संयोजक दाहाल बेलगाम घोडाजस्तो अधिनायकवादको बाटोतिर सरकार चलिरहेको छः प्रदीप ज्ञवाली प्रचण्डको स्वीकारोक्ति : रणनीति बिर्सेर सत्ता समीकरणमा अल्झिनु गम्भीर भुल
तपाईं के खोज्दै हुनुहुन्छ ?

अफगानिस्तानले बंगलादेशलाई दियो १५७ रनको लक्ष्य



अ+ अ-

एजेन्सी । एकदिवसीय विश्वकप २०२३ मा आज दुई खेल हुँदैछन् । धर्मशालास्थित हिमाचल प्रदेश क्रिकेट एसोसिएसन स्टेडियम (एचपीसीए)मा पहिलो खेल अफगानिस्तान र बंगलादेशबीच जारी छ । बंगलादेशले टस जितेर पहिले बलिङ गर्ने निर्णय लियो ।

३७.२ ओभरमा अफगानिस्तान अलआउट हुँदै १५६ रन बनाएको छ । बंगलादेशलाई जितका लागि १५७ रनको लक्ष्य मिलेको छ ।

अफगानिस्तानको टोलीले राम्रो सुरुवात गरेको थियो । टोलीले पहिलो १० ओभरमा एक विकेट गुमाएर ५० रन बनाएको थियो । इब्राहिम जाद्रान २२ रन बनाएर आउट भए । रहमानुल्लाह गुरबाजले ६२ बलमा ४७ रन जोडेका थिए । तर, त्यसपछि अफगानिस्तान दबाबमा आयो । हशमातुल्लाह शाहिदिले ३८ बलमा १८ रन जोडे ।

रहमात शाहले पनि २५ बलमा १८ रन जोडे । नजिबुल्लाह जार्दान १३ बलमा ५ रनमात्रै जोडेर आउट भए । मोहम्मद नाबीले पनि १२ बलमा ६ रन मात्रै जोडे । यस्तै, अजमातुल्लाह ओमारजाईले २० बलमा २२ रन जोड्दा राशिद खानले १६ बलमा ९ रनमात्रै जोडे ।

बंगलादेशका लागि शाकिब अल हशन र मेहेदी हसन मिराजले ३–३ विकेट लिए भने शोरिफुल इश्लामले २ तथा ताश्किन अहमद र मुस्ताफिजुर रहमानले १–१ विकेट लिए ।