• १ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 14 2024
  •   Unicode
Logo
Latest
★   मुम्बईमा होर्डिङ बोर्ड ढल्दा कम्तिमा ८ जनाको मृत्यु ★   राष्ट्रपतिले वाचन गर्ने नीति तथा कार्यक्रममा सहयोग गर्न प्रधानमन्त्री दाहालको आग्रह, कांग्रेसको बैठक बस्दै ★   कान्स फिल्म फेस्टिभलमा भाग लिन काठमाडौंका मेयर बालेन्द्र शाह फ्रान्स प्रस्थान ★   शम्भुजीत बासकोटालाई जापानमा ‘दीर्घ साधना सम्मान’ ★   क्रिकेटर सन्दीपको मुद्दाको पेसी आज, निर्दोष ठहर भए विश्वकप खेल्न पाउने ★   राजनीतिक द्वन्द्वले सरकारको नीति तथा कार्यक्रम नै अन्योल ★   लिभरपुल र एस्टन भिल्लाले बराबरी खेले ★   गुजरातका लागि वर्षा बन्यो घातक, प्लेअफबाट बाहिरियो ★   पश्चिम सेतीबाट उत्पादित विद्युत प्रशारणमा सम्झौता ★   राष्ट्रपतिद्वारा संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत हुने

कलेजो प्रत्यारोपण गरि पुर्नजीवन दिएको भन्दै शंकरापुर नगरपालिकाद्वारा किस्ट मेडिकल कलेजलाई सम्मान



काठमाण्डौ । शंकरापुर नगरपालिका साँखुले आफ्नो नगरका वासिन्दा कृष्णगोपाल प्रजापतिलाई कलेजो प्रत्यारोपण गरि पुर्नजीवन दिएको भनेर ललितपुरको ग्वार्काेस्थित किस्ट मेडिकल कलेज शिक्षण अस्पताल र सो मेडिकल कलेजका विशेषज्ञ चिकित्सकलाई साँखुमा आयोजित एक कार्यक्रममा विशेष सम्मान गरेको छ ।

नगरपालिकाको आयोजना तथा किस्ट मेडिकल कलेजको प्राविधिक सहयोगमा सालीनदी साँखुमा गत शुक्रबार आयोजित अंग प्रत्यारोपण (मिर्गौला तथा कलेजो) बारे एकदिने अभिमुखीकरण कार्यक्रमको अवसरमा नगरपालिकाले किस्ट मेडिकल कलेजलाई सम्मान गरिएको थियो ।

किस्ट अस्पतालले अस्पतालको लेजो प्रत्यरोपणको इतिहासमै पहिलोपल्ट साँखुका कृष्णगोपाल प्रजापतिको सफल कलेजो प्रत्यारोपण गरेको थियो ।
सो नगरपालिकाका प्रमुख रमेश नापित र उपप्रमुख समिता श्रेष्ठले नगरपालिकाको तर्फबाट किस्ट मेडिकल कलेजलाई प्रदान गरिएको सम्मान मेडिकल कलेजका प्रमुख कार्यकारी अधिकृत अमिश पाठकले ग्रहण गरेका थिए ।

किस्ट मेडिकल कलेजमा शंखरापुर नगरपालिका वडा नं ६ इँपा टोल, साँखुका ५० वर्षिय कृष्णगोपाल प्रजापतिलाई उनकै श्रीमती ४८ वर्षिया लक्ष्मी श्रेष्ठ प्रजापतिले आफ्नो कलेजोको ५७ प्रतिशत भाग काटेर पुर्नजीवन दिएकी थिइन् ।

भारतको नयाँदिल्लीस्थित इन्द्रप्रस्थ एपोलो अस्पतालका कलेजो प्रत्यारोपण विशेषज्ञ टोलीसंगको सहकार्यमा किस्ट मेडिकल कलेजका विशेषज्ञ चिकित्सक र स्वास्थ्यकर्मीको जम्बो टोलीले २०८० साल बैशाख १२ गते १५ घण्टा लगाएर कृष्णगोपाललाई सफल कलेजो प्रत्यारोपण गरेको थियो ।

शुक्रबार साँखुमा आयोजित अंग प्रत्यारोपण (मिर्गौला तथा कलेजो) बारेको अभिमुखीकरण कार्यक्रममा किस्ट अस्पतालका वरिष्ठ कलेजो प्रत्यारोपण विशेषज्ञ प्रा.डा.मुकुन्दराज जोशीले किस्ट मेडिकल कलेजमा कलेजो प्रत्यारोपणको सुविधाबारे तथा वरिष्ठ मिर्गाैला प्रत्यारोपण विशेषज्ञद्वय डा.सन्तोष क्षेत्री र डा.नारायण भुषालले मिर्गाैला प्रत्यरोपणका विविध विषयमा जानकारी गराएका थिए भने अधिवक्ता निम क्षेत्रीले अंग प्रत्यरोपणमा कानुनी पक्षबारे बताएका थिए ।

नगरप्रमुख नापित तथा उपप्रमुख श्रेष्ठले किस्ट मेडिकल कलेज र त्यहाँका चिकित्सक र स्वास्थयकर्मी सबैलाई धन्यवाद दिएका थिए ।