४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar राष्ट्रसङ्घको महासभामा भोटेकोशी विपद्बारे सम्बोधनको तयारी गर्न निर्देशन News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि

ॐ हस्पिटलमा विश्व नर्सिङ दिवस

ॐ हस्पिटलमा विश्व नर्सिङ दिवस
अ+ अ-

काठमाडौं । १२ मे का दिन आइतवार विश्वभर अन्तर्राष्ट्रिय नर्स दिवस मनाइएको छ । विश्व नर्स दिवसको यस बर्षको नारा ‘आवर नर्सेस आवर फ्युचर, द इकोनोमिक पावर अफ केयर’ रहेको छ ।

यसै सन्दर्भमा काठमाडौंको चावहिलस्थित ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा।लि। मा पनि बिबिध कार्यक्रम गरी यो दिवस मनाइएको छ । दिवसको अवसरमा ॐ हस्पिटलको नर्सिङ विभागको तर्फबाट विशेष कार्यक्रम समेत आयोजना गरिएको थियो ।

कार्यक्रममा नर्स दिवसको महत्व र नर्सहरुको जिम्मेवारी बारे जानकारीमूलक प्रस्तुतिहरुसँगै नर्स दिवसको शुभकामना आदानप्रदान गरिएको थियो ।

त्यसैगरी नर्सिङ बिभाग अन्तर्गत बिभिन्न वार्डमा कार्यरत नर्सिङ स्टाफहरुका तर्फबाट बक्तृत्वकला , हाजिरी जवाफ , नाटक लगायतका बिबिध मनोञ्जनात्मक कार्यक्रमहरुपनि प्रस्तुत गरिएको थियो ।

हाजिरी जवाफ प्रतियोगितामा फ्लोरेन्स सदन ९समूह ए० ले प्रथम, मदर टेरेसा सदन ९समूह डि० ले द्वितिय, न्यूम्यान्स सदन ९समूह बि० ले तृतिय र हेन्डर्सन सदन ९समूह सी० ले चौथो स्थान हाँसिल गरेका थिए ।

त्यसैगरी आवर नर्सेस आवर फ्युचर, द इकोनोमिक पावर अफ केयर शिर्षकमा आयोजित बक्तृत्वकला प्रतियोगितामा आइसियु विभागबाट सहभागि हुनुभएकी नर्स श्रीयास्मा रेग्मीले प्रथम स्थान हाँसिल गर्नुभएको थियो । आइसियु विभागबाट नै सहभागि हुनुभएकी अर्की नर्स दिक्षा श्रेष्ठले द्वितिय स्थान हाँसिल गर्नुभएको थियो भने एनआइसियु विभागवाट सहभागिता जनाउनु भएकी दीपा तिमल्सिनाले तृतिय स्थान हाँसिल गर्नुभएको थियो ।

त्यसैगरी, विरामीको सेवामा अहोरात्र खट्ने नर्सहरुको कथाव्यथा सहितको विशेष नाटकको सुत्राधार आइ।सि।यु।की नर्सिङ इन्चार्ज सविना ढकाल हुनुहुन्थ्यो । उहाँलाई अभिनय गरेर आइसियुका नर्सहरु सुस्मिता लुइटेल, विष्णु तामाङ, सोनी दनुवार, डिलक्स वार्डकी नर्स निलम चन्द, मेडिकल टु की नर्स प्रियङ्का घिमिरे र पोष्ट अपरेटिभ वार्डकी नर्स नन्दिताले साथ दिनुभएको थियो ।

इन्फेक्सन कन्ट्रोल नर्स इच्छा थापाले छायाङ्कन गर्नुभएको नाटकमा स्टाफ अभावमा नर्सिङ ड्युटि मिलाउन समाना गर्नुपर्ने चुनौतीहरु, विरामी विरामीका आफन्त तथा नर्सको सम्वन्ध र उपचारपछिको खुशी, उपचारमा प्रयोग गरिएका गाउन पि।पि।ई। लगायतका सामग्रीको उचित व्यवस्थापनबारे यथार्थपरक जानकारी समेटिएको थियो ।

ॐ हस्पिटल संचालक समितिका अध्यक्ष डा। आनन्द प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमको सभापतित्व नर्सिङ डाइरेक्टर उमा श्रेष्ठले गर्नु भएको थियो ।

कार्यक्रममा हस्पिटलका संचालकहरु डा. हरी किशोर श्रेष्ठ र डा. रिता सिंह, हस्पिटलका मेडिकल डाइरेक्टर डा. हरिश जोशी, प्रमुख कार्यकारी अधिकृत यम बहादुर महत, ॐ हस्पिटल कर्मचारी युनियनका अध्यक्ष केशव चौलागाँई लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

हाउस किपिङ अफिसर ज्वाला सुवेदी र इन्फेक्सन कन्ट्रोल नर्स इच्छा थापाले सञ्चालन गर्नुभएको कार्यक्रममा एन। आई। सि। यु। की नर्सिङ इन्चार्ज रानु शर्माले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा विभिन्न प्रतियोगितामा सहभागि भई विजेता हुनुभएका नर्सहरुलाई पुरस्कार समेत प्रदान गरिएको थियो ।

विश्वमा नर्सिङ सेवाको सुरुवात गर्ने ‘लेडि वीथ द ल्याम्प’ फ्लोरेन्स नाइटिंगेलको जन्मतिथि १२ मे लाई संसारभर विश्व नर्स डेको रुपमा मनाउन थालिएको हो । ॐ हस्पटलले पनि आफ्नो स्थापना कालदेखी नै नियमित रुपमा यो दिवस मनाउँदै आएको छ ।

फ्लोरेन्स नाइटिङ्गेलले सन् १९१० अगष्ट १३ मा केन्यामा भइरहेको युद्धका बेला तयार पारिएको पहिलो नर्सहरुको टोलीलाई सपथ ग्रहण गराएकी थिईन् ।