२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar कांग्रेस महाधिवेशन : २२३१ मत गणना हुँदा उपसभापतिमा चन्द्रकान्त भण्डारी र मधु आचार्य अगाडि News Polar केन्यास्थित नेपाली अवैतनिक वाणिज्यदूत डा. जिमी अस्करद्वारा सभामुख अर्यालसँग भेट News Polar हनुमानढोकामा जमरा राखिएसँगै बडादशैं सुरु News Polar बूढीगण्डकी बाढीः ३६ जनाको उद्धार News Polar बूढीगण्डकीमा भीषण बाढी : १० जना सम्पर्कविहीन, ३५ घर बगे News Polar `पहिरोले नदी थुनिँदा बूढीगण्डकीमा बाढी’ News Polar भक्तपुरको दुवाकोटमा एभरेस्ट मल्टी स्किल्स प्रालिको उद्घाटन News Polar बूढीगण्डकी बाढीप्रति देउवाद्वारा दुःख व्यक्त, उद्धारमा जुट्न कांग्रेस कार्यकर्तालाई आग्रह News Polar ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु News Polar गहवा माईमा दर्शनार्थीको भीड News Polar सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढ्यो News Polar बेनीघाट र मुग्लिनमा बाढीको उच्च जोखिम News Polar गलौँदीमा भासिएको पृथ्वी राजमार्ग खुलाउन दिनभर काम, ८० जना जनशक्ति परिचालन News Polar नेपाल मधुमेही समाजले तीन करोडको लागतमा मधुमेह उपचार तथा अनुसन्धान केन्द्र बनाउने News Polar समस्याग्रस्त सहकारीका बचतकर्तालाई विवरण अद्यावधिक गर्न आग्रह News Polar फलाखु खोलामा २४० फिट लामो बेलिब्रिज निर्माण, आज उद्घाटन हुँदै News Polar बागमतीलाई समृद्धिको मार्गमा अघि बढाउन प्रतिबद्ध छु : मुख्यमन्त्री थापा News Polar बुढीगण्डकी बाढीबाट भएको क्षतिप्रति राप्रपाको दुःख, उद्धार र राहतमा जुट्न सरकारसँग माग News Polar बुढीगण्डकी बाढीको कारण वर्षा मात्र होइन, ड्यामिङको सम्भावनाः मौसम विभाग News Polar बूढीगण्डकी बाढी : जगतबाट ६ जनाको हवाई उद्धार, नेपाली सेनाको टोली परिचालन

राष्ट्रपतिले वाचन गर्ने नीति तथा कार्यक्रममा सहयोग गर्न प्रधानमन्त्री दाहालको आग्रह, कांग्रेसको बैठक बस्दै

राष्ट्रपतिले वाचन गर्ने नीति तथा कार्यक्रममा सहयोग गर्न प्रधानमन्त्री दाहालको आग्रह, कांग्रेसको बैठक बस्दै
अ अ+ अ-

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपति रामचन्द्र पौडेलले सदनमा सार्वजनिक गर्ने सरकारको नीति तथा कार्यक्रमलाई सहयोग गर्न नेपाली कांग्रेसलाई आग्रह गर्नुभएको छ ।

प्रधानमन्त्री दाहालले आज कांग्रेसका नेताहरुलाई बालुवाटारमा बोलाएर राष्ट्रपतिले सम्बोधन गर्ने बेला सदनमा अवरोध नगर्न आग्रह गर्नुभएको हो । नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्नुपर्ने माग गर्दै संसद् अबरुद्ध गर्दै आएको छ ।

प्रधानमन्त्री दाहालसँगको छलफलपछि नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संसद् अवरुद्ध खुलाउने विषयमा छलफल केन्द्रित रहेको र प्रधानमन्त्रीले राष्ट्रपतिको सम्बोधनमा सहयोग गर्न आग्रह गरेको बताउनुभयो ।

प्रधानमन्त्री दाहालले समस्या समाधानका लागि प्रयास गरिरहेको बताउनुभएको छ । उहाँले नीति तथा कार्यक्रम राष्ट्रपतिबाट सम्बोधन हुने भएकाले अवरोध नगर्न भन्नुभएको हो । प्रधानमन्त्रीको भनाइबारे संसदीय दलको बैठकमा छलफल गरी निचोड निकाल्ने कांग्रेसले जनाएको छ ।

संसदीय दलको बैठकअघि प्रधानमन्त्रीसँग छलफलका लागि कांग्रेस महामन्त्री गगन थापा र प्रमुख सचेतक रमेश लेखक बालुवाटार पुग्नुभएको थियो ।

कांग्रेस संसदीय दलको बैठक पनि आज बिहान बस्दै छ । कांग्रेसले सहकारीको बचत अपचलनमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको भन्दै छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै आएको छ । बैठकमा आज सदनमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल हुने बताइएको छ ।