२१ असार २०८३, आईतवार
,
Latest
कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप शासकीय सुधारलाई निरन्तरता दिन सरकारलाई कांग्रेसको समर्थन जनप्रतिनिधि जनताप्रति उत्तरदायी हुनुपर्छः मन्त्री लम्साल सामाजिक चेतनामूलक चलचित्र ‘बिषहरण’को अडिसन सम्पन्न गोरखामा मरुवा सङ्क्रमणका कारण चैतेधानमा क्षति प्रहरी महानिरीक्षक कार्की र सशस्त्र प्रहरी महानिरीक्षक पौडेल न्यूयोर्क प्रस्थान बिपी प्रतिष्ठानको सेवा विस्तारमा सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री मेहता हात्ती आक्रमणका पीडितको समाधान गर्ने मन्त्री गौतमको प्रतिबद्धता पदयात्रा पर्यटनका समस्या समाधान गर्न पर्यटनमन्त्रीसँग ध्यानाकर्षण कोशी अस्पतालको अतिक्रमित जग्गा खाली गराउन गृहमन्त्री गुरुङको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

शम्भुजीत बासकोटालाई जापानमा ‘दीर्घ साधना सम्मान’



अ+ अ-

काठमाडौं । दोस्रो संस्करणको ए एम एस इन्टरनेसनल अनर अवार्ड तथा सांस्कृतिक कार्यक्रम जापानमा सम्पन्न भएको छ । ए एम एस इन्टरटेण्मेण्ट र सनराइज कम्पनी जापानले संयुक्त रुपमा आयोजना गरेको उक्त अवार्ड जापानको टोकियोमा एक भव्य कार्यक्रमबीच सम्पन्न भएको भएको हो ।

समारोहमा संगीतरत्न शम्भुजीत बासकोटालाई दीर्घ साधना सम्मान अर्पण गरिएको थियो । उहाँलाई नगद ७१ हजार १०१ रुपैयाँसहित सो सम्मान अर्पण गरिएको हो ।

कार्यक्रममा सहभागी हुन नेपालबाट सेलिब्रटीहरूको ठूलो समूह जापान पुगेको थियो । ख्याति प्राप्त वरिष्ठ कलाकारहरु शम्भुजीत बासकोटा, शिव श्रेष्ठ, भुवन केसी, चेतन सापकोटा लगायत जापान जानुभएको थियो ।

त्यसैगरी अञ्जु पन्त, कमल खत्री, गजित विष्ट, पत्रकार ऋषि धमला र नरेश भट्टराई पनि टोकियो पुग्नुभएको थियो । विभिन्न २६ विधामा अवार्ड प्रदान गरिएको कार्यक्रममा भुवन केसी, शिव श्रेष्ठ, चेतन सापकोटा, ऋषि धमलालाई सम्मान गरिएको थियो ।

यस्तै जापानमा रहेर कार्य गरिरहनुभएका जेएमसी मनि ट्रान्सफर जापानका चेयरमेन ओम गुरुङ, व्यवसायी संघ जापानका अध्यक्ष विजेश थकाली, एनआरएन आइआइसीका उपाध्यक्ष रविन श्रेष्ठ, थकाली सेवा समिति जापानका अध्यक्ष बुद्धि गौचन, एनआरएन जापानका अध्यक्ष नवीन निउरे, सेतुमाया तामाओके, पासाङ विश्कर्मा, ददिवल खड्का, निमा लामा, राजेन्द्र सुनुवार लगायतलाई सम्मान गरिएको थियो ।

‘पर्यटन, कला र संस्कृतिको प्रबद्र्धन गर्ने अभियान समृद्ध नेपाल निर्माणमा हाम्रो योगदान’ भन्ने मूल नाराका साथ टोकियोमा ए एम एस इन्टरनेशनल अवार्डको साथमा बृहत सांस्कृतिक कार्यक्रम सम्पन्न गरिएको हो । सांस्कृतिक कार्यक्रममा नेपालबाट गएका र जापानमा रहेका स्थाानिय कलाकारहरू आ–आफ्नोे प्रस्तुति दिएको अवार्ड आयोजककी अध्यक्ष सत्यकला लामाले जानकारी दिनुभयो ।

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति समेत रहनुभएका बासकोटाले कार्यक्रममा उपस्थित बाक्लो दर्शकको आग्रहमा आफ्ना चर्चित गीतहरु पस्किदा हल तालीले गुन्जायमान भएको थियो ।

उहांले आफ्ना आकर्षक प्रस्तुती दिने क्रममा नेपालका चर्चित गायिका अन्जु पन्त र स्मिता दाहालले गायनमा साथ दिनुभएको थियो भने दर्शकहरुले हुटिङ्गको साथमा नृत्य समेत गरेका थिए ।

समारोहमा भर्सटाइल गायिका अवार्ड अञ्जु पन्त, वेष्ट पप सिंगर कमल खत्री, वेष्ट कोरियोग्राफर गजित विष्टलगायतलाई अवार्ड प्रदान गरिएको थियो । जापानको आयोजकमा सनराइज कम्पनी अध्यक्ष कर्साङ तामाङ् रहनुभएको थियो ।

नेपाली संस्कृतिलाई विश्वव्यापी बनाउन र जापानमा लामो समय रहेर पेशा व्यवसाय गर्दै आएका नेपाली समूदायलाई आफ्नो भाषा, साहित्य, कला संस्कृतिसँग जोडन यो कार्यक्रमको आयोजना गरेको अध्यक्ष तामाङले बताउनुभयो ।

ए एम एसकी अध्यक्ष लामाले समृद्ध नेपाल निर्माणमा योगदान दिने उद्देश्यका साथ नेपालको पर्यटन, कला र संस्कृतिको प्रवद्र्धन गर्ने अभियानसहित जापानमा भव्य रुपमा अवार्डसहित सांस्कृतिक कार्यक्रम सम्पन्न भएको बताउनुभयो ।

सो अवसरमा नेपाली चलचित्रलाई कसरी विश्वव्यापी बनाउन सकिन्छ भन्ने विषयमा अन्तक्रिया पनि भएको ए एम एसकी अध्यक्ष लामा र सनराइज कम्पनीका अध्यक्ष तामाङले जानकारी गराउनुभयो ।