६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

कलेजो प्रत्यारोपण गरि पुर्नजीवन दिएको भन्दै शंकरापुर नगरपालिकाद्वारा किस्ट मेडिकल कलेजलाई सम्मान



अ+ अ-

काठमाण्डौ । शंकरापुर नगरपालिका साँखुले आफ्नो नगरका वासिन्दा कृष्णगोपाल प्रजापतिलाई कलेजो प्रत्यारोपण गरि पुर्नजीवन दिएको भनेर ललितपुरको ग्वार्काेस्थित किस्ट मेडिकल कलेज शिक्षण अस्पताल र सो मेडिकल कलेजका विशेषज्ञ चिकित्सकलाई साँखुमा आयोजित एक कार्यक्रममा विशेष सम्मान गरेको छ ।

नगरपालिकाको आयोजना तथा किस्ट मेडिकल कलेजको प्राविधिक सहयोगमा सालीनदी साँखुमा गत शुक्रबार आयोजित अंग प्रत्यारोपण (मिर्गौला तथा कलेजो) बारे एकदिने अभिमुखीकरण कार्यक्रमको अवसरमा नगरपालिकाले किस्ट मेडिकल कलेजलाई सम्मान गरिएको थियो ।

किस्ट अस्पतालले अस्पतालको लेजो प्रत्यरोपणको इतिहासमै पहिलोपल्ट साँखुका कृष्णगोपाल प्रजापतिको सफल कलेजो प्रत्यारोपण गरेको थियो ।
सो नगरपालिकाका प्रमुख रमेश नापित र उपप्रमुख समिता श्रेष्ठले नगरपालिकाको तर्फबाट किस्ट मेडिकल कलेजलाई प्रदान गरिएको सम्मान मेडिकल कलेजका प्रमुख कार्यकारी अधिकृत अमिश पाठकले ग्रहण गरेका थिए ।

किस्ट मेडिकल कलेजमा शंखरापुर नगरपालिका वडा नं ६ इँपा टोल, साँखुका ५० वर्षिय कृष्णगोपाल प्रजापतिलाई उनकै श्रीमती ४८ वर्षिया लक्ष्मी श्रेष्ठ प्रजापतिले आफ्नो कलेजोको ५७ प्रतिशत भाग काटेर पुर्नजीवन दिएकी थिइन् ।

भारतको नयाँदिल्लीस्थित इन्द्रप्रस्थ एपोलो अस्पतालका कलेजो प्रत्यारोपण विशेषज्ञ टोलीसंगको सहकार्यमा किस्ट मेडिकल कलेजका विशेषज्ञ चिकित्सक र स्वास्थ्यकर्मीको जम्बो टोलीले २०८० साल बैशाख १२ गते १५ घण्टा लगाएर कृष्णगोपाललाई सफल कलेजो प्रत्यारोपण गरेको थियो ।

शुक्रबार साँखुमा आयोजित अंग प्रत्यारोपण (मिर्गौला तथा कलेजो) बारेको अभिमुखीकरण कार्यक्रममा किस्ट अस्पतालका वरिष्ठ कलेजो प्रत्यारोपण विशेषज्ञ प्रा.डा.मुकुन्दराज जोशीले किस्ट मेडिकल कलेजमा कलेजो प्रत्यारोपणको सुविधाबारे तथा वरिष्ठ मिर्गाैला प्रत्यारोपण विशेषज्ञद्वय डा.सन्तोष क्षेत्री र डा.नारायण भुषालले मिर्गाैला प्रत्यरोपणका विविध विषयमा जानकारी गराएका थिए भने अधिवक्ता निम क्षेत्रीले अंग प्रत्यरोपणमा कानुनी पक्षबारे बताएका थिए ।

नगरप्रमुख नापित तथा उपप्रमुख श्रेष्ठले किस्ट मेडिकल कलेज र त्यहाँका चिकित्सक र स्वास्थयकर्मी सबैलाई धन्यवाद दिएका थिए ।