१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

औषधि लिमिटेड पुगेर मन्त्री गौरिकुमारी यादवको अनुगमन, सवारीसाधन र कर्मचारी अभाव तत्काल समाधान गर्न निर्देशन

औषधि लिमिटेड पुगेर मन्त्री गौरिकुमारी यादवको अनुगमन, सवारीसाधन र कर्मचारी अभाव तत्काल समाधान गर्न निर्देशन
अ अ+ अ-

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरिकुमारी यादवले नेपाल औषधि लिमिटेडको अनुगमन गर्दै संस्थाको वर्तमान अवस्था, उत्पादन क्षमता तथा देखिएका समस्याबारे जानकारी लिनुभएको छ।

बबरमहलस्थित औषधि लिमिटेडको कार्यालयमा पुग्नुभएकी मन्त्री यादवसँगै मन्त्रालयका सचिव नारायणप्रसाद शर्मा दुवाडीलगायत मन्त्रालयका उच्च अधिकारीहरूको टोली पनि अनुगमनमा सहभागी भएको थियो।

अनुगमनका क्रममा लिमिटेडका महाप्रबन्धक कैलाश पनेरुले मन्त्री यादवलाई दैनिक अत्यावश्यक औषधि उत्पादन भइरहेका विभिन्न उत्पादन कक्षको अवलोकन गराउनुभएको थियो। हाल लिमिटेडले २५ प्रकारका अत्यावश्यक औषधि उत्पादन गर्दै आएको जानकारी दिँदै उहाँले उत्पादन गरिएका औषधि देशभर पुर्‍याउन आवश्यक सवारीसाधनको अभाव रहेको गुनासो गर्नुभयो।

महाप्रबन्धक पनेरुले जेनजी आन्दोलनका क्रममा औषधि ढुवानीका लागि प्रयोग हुँदै आएको सवारीसाधन जलेपछि हालसम्म नयाँ सवारीको व्यवस्था हुन नसक्दा वितरणमा समस्या भइरहेको जानकारी गराउनुभयो। उक्त गुनासो सुनेपछि मन्त्री यादवले मन्त्रालयका सचिव दुवाडीलाई तत्काल आवश्यक सवारीसाधनको व्यवस्था गर्न निर्देशन दिनुभयो।

सो अवसरमा महाप्रबन्धक पनेरुले वर्षौंदेखि घाटामा रहेको औषधि लिमिटेड यस आर्थिक वर्षमा करिब दुई करोड रुपैयाँ नाफामा जान सफल भएको प्रगति विवरण पनि मन्त्रीसमक्ष प्रस्तुत गर्नुभयो।

लिमिटेड नाफामा गएकोमा खुशी व्यक्त गर्दै मन्त्री यादवले अब सरकारी उद्योग तथा संस्थानहरू आत्मनिर्भर बन्नुपर्नेमा जोड दिनुभयो।

उहाँले भन्नुभयो, “अब हरेक उद्योग तथा संस्थानले कर्मचारी व्यवस्थापनदेखि कार्यालय सञ्चालनसम्मका खर्च आफैं व्यवस्थापन गर्न सक्नुपर्छ। मन्त्रालयको ढोका धाएर बजेट माग्ने अवस्था अन्त्य हुनुपर्छ। यो हाम्रो आफ्नै सम्पत्ति हो। संस्थान नाफामा गए देशको अर्थतन्त्र पनि बलियो बन्छ। आवश्यक परे उत्पादन गरिएको औषधि न्यून नाफामा बिक्री गरौं, तर संस्थाको सम्पूर्ण खर्च आफ्नै आम्दानीबाट धान्ने वातावरण बनाऔं।”

मन्त्री यादवले आगामी पाँच वर्षभित्र मुलुकमा निराशाको भाष्य परिवर्तन गर्ने सरकारको लक्ष्य रहेको उल्लेख गर्दै कर्मचारीलाई इमान्दारीपूर्वक काम गर्न आग्रह गर्नुभयो।

उहाँले भन्नुभयो, “हामी कम्तीमा पाँच वर्षभित्र यो देशमा केही राम्रो हुन सक्दैन भन्ने धारणा चिर्न चाहन्छौं। त्यसका लागि तपाईँहरूको साथ आवश्यक छ। इमान्दार कर्मचारीले मेहनत गरे डुबेको संस्थान पनि नाफामा जान सक्छ भन्ने उदाहरण यही औषधि लिमिटेड हो। तपाईँहरू निरन्तर मेहनतका साथ काम गर्नुहोस्, मन्त्रालय सधैं साथमा रहनेछ।”

कार्यक्रमका क्रममा महाप्रबन्धक पनेरुले लिमिटेडमा आवश्यक जनशक्तिको अभाव रहेको विषय पनि मन्त्रीसमक्ष उठाउनुभयो। कर्मचारी संख्या न्यून हुँदा अत्यावश्यक औषधिको उत्पादनसमेत समयमै गर्न कठिनाइ भइरहेको उल्लेख गर्दै आवश्यक कर्मचारी व्यवस्थापनका लागि मन्त्रालयबाट सहजीकरण गरिदिन आग्रह गर्नुभयो।

मन्त्री यादवले प्रस्तुत भएका समस्या समाधानका लागि मन्त्रालय आवश्यक समन्वय र सहजीकरण गर्न प्रतिबद्ध रहेको विश्वास दिलाउँदै उत्पादन, सेवा विस्तार र संस्थाको दीर्घकालीन सुदृढीकरणमा विशेष ध्यान दिन निर्देशन दिनुभयो।