१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन

एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन
अ अ+ अ-

पोर्चुगल । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् पोर्चुगलले नयाँ सदस्यता तथा सदस्यता नवीकरणका लागि आवेदन खुला गरेको छ। सदस्यता अभियानलाई प्रभावकारी र व्यवस्थित बनाउन संघले १६ जना सदस्यता संयोजकसमेत नियुक्त गरेको छ।

एनआरएनए पोर्चुगलको १२ जुलाई २०२६ मा बसेको कार्यसमिति बैठकले सर्वसम्मत निर्णय गर्दै सदस्यता अभियान सञ्चालनका लागि १६ जनालाई सदस्यता संयोजकको जिम्मेवारी दिएको हो।

नियुक्त सदस्यता संयोजकमा सुरज भण्डारी, बिनिषा ठकुरी, रामकुमार श्रेष्ठ, सुनिल तिम्सिना, विकाश आले मगर, अविरल गुरुङ, जनिता राई, पदम लामा, दिपेश राई, रञ्जना क्षेत्री, फुर्पा लामा, रामचन्द्र सुबेदी, सम्भुजित लामा, खड़्ग राई, लक्ष्मण घले र राजु गर्बुजा रहेका छन्।

संघका सचिव सुरज भण्डारीका अनुसार सदस्यता संयोजकहरूले नयाँ सदस्य दर्ता गराउने, सदस्यता नवीकरणमा सहजीकरण गर्ने तथा पोर्चुगलमा रहेका नेपाली समुदायसँग समन्वय गरी सदस्यता अभियानलाई व्यापक बनाउनेछन्।

अध्यक्ष सुजन लामा मोक्तानले संघको सदस्यता अभियानमा सबै नेपालीको सक्रिय सहभागिता आवश्यक रहेको बताए। उनले पोर्चुगलमा रहेका नेपालीलाई संघको सदस्यता लिएर संस्थागत रूपमा जोडिन आग्रह गर्दै सदस्यता अभियानलाई पारदर्शी, सहज र प्रभावकारी बनाउने उद्देश्यले सदस्यता संयोजकहरू परिचालन गरिएको जानकारी दिए।

अध्यक्ष मोक्तानले नयाँ सदस्यता लिन तथा सदस्यता नवीकरण गर्न इच्छुक सबै नेपालीलाई तोकिएको प्रक्रिया पूरा गरी आवेदन दिन आग्रह गरे। सदस्यता विस्तारले नेपाली समुदायबीचको एकता र सहकार्यलाई थप बलियो बनाउने विश्वास उनले व्यक्त गरे।

संघले सदस्यता लिन वा नवीकरण गर्न इच्छुक पोर्चुगलवासी नेपालीलाई अनलाइनमार्फत आवेदन फाराम भर्न आग्रह गरेको छ। सदस्यता तथा नवीकरणका लागि याे लिङ्कबाट विवरण भर्न सकिने जनाइएकाे छ ।

एनआरएनए पोर्चुगल सन् २००६ मा विधिवत् रूपमा दर्ता भएको पोर्चुगलमा बसोबास गर्ने नेपालीहरूको संस्था हो। विगत २० वर्षदेखि संस्थाले नेपाली समुदायको हित, सामाजिक सेवा, सरकारी निकायहरूसँग सहकार्य तथा समन्वय, भैपरी आउने समस्यामा परामर्श तथा सहयोग, आपत्कालीन परिस्थितिमा राहत तथा सहायता, भाषा तथा एकीकरणसम्बन्धी सहयोगलगायत विभिन्न क्षेत्रमा निरन्तर काम गर्दै आएको जनाएको छ।

संस्था आफ्नो २०औँ वर्षमा प्रवेश गरेको सुखद अवसरमा नेपाली समुदायमा सामाजिक उत्तरदायित्व र मानवीय सेवाको भावनालाई अझ सुदृढ बनाउने उद्देश्यले विशेष सहयोग अभियानसमेत सञ्चालन गर्न लागेको जनाएको छ।

अभियानअन्तर्गत आकस्मिक निधन भएका नेपालीहरूको परिवारलाई आवश्यक छलफल गरी सहयोग उपलब्ध गराउने, आर्थिक अभावका कारण अन्त्येष्टि व्यवस्थापन गर्न कठिनाइमा परेका नेपालीलाई राहतस्वरूप आर्थिक सहयोग गर्ने तथा विशेषगरी आवासविहीन नेपालीहरूलाई खाद्यान्न र अन्य आधारभूत आवश्यक सामग्री उपलब्ध गराउने लक्ष्य लिइएको संघले जनाएको छ।

एनआरएनए पोर्चुगलले सदस्यता अभियानमार्फत पोर्चुगलमा रहेका नेपालीलाई संस्थासँग जोड्दै नेपाली समुदायको हित, एकता, सहकार्य र सामाजिक उत्तरदायित्वलाई थप सुदृढ बनाउने लक्ष्य लिएको जनाएको छ।
यसरी भर्न सकिन नयाँ सदस्यता नयाँ नवीकरण फाराम

https://nrnportugal.org/