१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

भरतपुर अस्पतालमा बिरामीको उच्च चाप

भरतपुर अस्पतालमा बिरामीको उच्च चाप
अ अ+ अ-

काठमाडाैँ । भरतपुर अस्पतालमा बिरामीको उच्च चाप हुन थालेको छ । सोमबार एकै दिन तीन हजार ३६८ जनाले सेवा लिएका छन् । बिरामीको चाप बढ्दा व्यवस्थापन जटिल बन्ने गरेको छ । अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये दुई हजार ५८९ स्वास्थ्य बिमाका छन् । बाँकी ७८९ बिमा नभएका बिरामी हुन ।

उपचारका लागि आएकामध्ये ६८७ जना नयाँ बिरामी रहेको अस्पतालले जनाएको छ । एक दिनमा आकस्मिक सेवा लिनेको सङ्ख्या २६६ जना रहेको छ । अस्पतालका बिमा कार्यक्रम संयोजक लीलाधर पौडेलका अनुसार ७० प्रतिशत हाराहारी बिरामी बिमाका रहेका छन् । आकस्मिक सेवामा आएकामध्ये १०१ जना बिमा नभएका बिरामी हुन् ।

संयोजक पौडेलका अनुसार सोमबार भिडियो एक्सरे गरेका बिरामीको सङ्ख्या ५०७ रहेको छ । यसमध्ये बिमाका ४१५ जना हुन् भने ९२ जना बिमा नभएका बिरामी हुन् । एकैदिन ४५ जनाको सिटीस्क्यान र ३१ जनाको एमआरआई गरिएको उहाँले बताउनुभयो । अस्पतालमा आएका बिरामीमध्ये ८० वर्ष नाघेका बिरामीको सङ्ख्या १०९ जना रहेको छ भने ६० वर्षदेखि ७९ वर्षसम्म उमेरका बिरामी ७१३ जना रहेका छन् । भरतपुर अस्पताल स्वास्थ्य बिमाका लागि देशमा नै नमूनाका रूपमा लिने गरिन्छ ।

यहाँ चितवनसहित २२ जिल्लाका बिरामी उपचारका लागि आउने अस्पतालले जनाएको छ । जिल्लाका दुई ठूला मेडिकल कलेजमा बिमा कार्यक्रम स्थगित भएपछि बिरामीको चाप उच्च हुँदै गएको हो । स्वास्थ्य बिमा बोर्डबाट यस अस्पतालले गत आर्थिक वर्षमा रु ९२ करोड ३६ लाख ४२ हजार ९४७.३६ भुक्तानी पाएको छ ।

अस्पतालमा आएका बीमाका बिरामी उपचार गरेबापत अस्पतालले यो भुक्तानी पाएको हो । पौडेलका अनुसार अघिल्लो आव र गत आवको मङ्सिरसम्मको भुक्तानी आएको हो । त्यसयताको झन्डै रु ४० करोड भुक्तानी आउन बाँकी छ । अस्पतालले विसं २०७४ भदौबाट स्वास्थ्य बीमा कार्यक्रम सुरु गरेको हो । यस अवधिमा स्वास्थ्य बीमामार्फत अस्पतालले रु दुई अर्ब ४७ करोड ४८ लाख २२ हजार ३२९.९७ प्राप्त गरिसकेको छ । अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा विश्वबन्धु बगालेले बिरामीको चाप उच्च हुँदा व्यवस्थापनमा जटिलता आएको बताउनुभयो । अहिले अस्पतालको ध्यान गुणस्तरभन्दा भीड व्यवस्थापनमा केन्द्रित हुनुपरेको उहाँले बताउनुभयो ।

अस्पतालले भरतपुर महानगरपालिका र रत्ननगर नगरपालिकासँग विस्तारित सेवा सञ्चालन गर्ने विषयमा छलफल अघि बढाएको उहाँले बताउनुभयो । पहिलो चरणमा नियमित खाने औषधि, प्रयोगशालाको सेवाजस्ता सामान्य समस्या लिएर आउने बिरामीलाई पालिकास्तरमा सेवा दिन सके चाप घट्ने र बिरामीले सहज सेवा पाउने उहाँको भनाइ छ । क्रमशः पालिकाहरूसँग सहकार्य गरेर आधारभूत सेवा त्यही दिनेगरी छलफल अघि बढाइएको उहाँ बताउनुहुन्छ ।

यस्तै रत्ननगर बकुलहर अस्पतालसँग समेत सहकार्य गर्ने विषयमा छलफल भइरहेको छ । बगालेले भन्नुभयो, “सामान्य समस्या भएका बिरामीलाई स्थानीय तहमा उपचार गर्ने र यहाँ विशिष्टिकृत सेवा दिनेगरी काम गर्नुपर्छ ।” भरतपुर अस्पताल अस्तव्यस्त र भीड व्यवस्थापनमा मात्र केन्द्रित नभई सेवाप्रवाह र गुणस्तर विकासमा लाग्नुपर्छ भन्ने सोचका साथ काम अघि बढाइएको उहाँ बताउनुहुन्छ । पालिकाहरूमा क्रमशः बिरामीको भर्ना र शल्यक्रियासम्म गर्न केही समय लाग्ने भए पनि यससँगै भरतपुर अस्पतालले विशिष्टिकृत सेवामात्रै दिन सक्ने बताउनुभयो ।