६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै



अ+ अ-

झापा। अर्जुनधारा नगरपालिका–११ लक्ष्मीधामका १७ अव्यवस्थित बसोबासीलाई जग्गाधनी दर्ता प्रमाण पुर्जा वितरण गरिने भएको छ ।

जिल्ला भूमि समस्या समाधान समिति झापाले बिहीबार एक कार्यक्रम आयोजना गरी पुर्जा वितरण गर्ने तयारी गरेको हो ।

पुर्जा वितरणको तयारीस्वरूप आज सम्बन्धित क्षेत्रको स्थलगत अनुगमन गरिएको छ ।

अनुगमन टोलीमा अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देन तामाङ, झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, नापी कार्यालय भद्रपुरका प्रमुख शिवप्रसाद लम्साल, अर्जुनधारा–११ का वडाध्यक्ष खगेन्द्र इङनामलगायतको सहभागिता रहेको थियो ।

नापी कार्यालय भद्रपुरका प्रमुख तथा जिल्ला भूमि समस्या समाधान समिति झापाका सदस्य सचिव लम्सालका अनुसार पालिकाले गत आर्थिक वर्षमा जारी गरेको सूचनाका आधारमा प्रक्रिया पूरा गरेका अव्यवस्थित बसोबासीलाई पुर्जा वितरण गर्न लागिएको हो ।

“गत वर्ष वितरण गर्न छुटेका र प्रक्रिया पूरा गरेका १७ परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गर्न लागिएको हो”, प्रमुख लम्सालले भन्नुभयो, “भूमिसम्बन्धी समस्या समाधानको प्रक्रियालाई निरन्तरता दिँदै बाँकी रहेका अव्यवस्थित बसोबासीलाई पनि क्रमशः पुर्जा वितरण गरिनेछ ।”

गत आर्थिक वर्षमा अर्जुनधारा नगरपालिका–११ का ९६ अव्यवस्थित बसोबासीलाई असार महिनामा तथा थप २३ जनालाई कात्तिक महिनामा जग्गाधनी प्रमाण पुर्जा वितरण गरिएको थियो ।

प्रमुख लम्सालका अनुसार सरकारले तोकेको राजस्व बुझाएका सात सेवाग्राही भने सम्पर्कमा नआएकाले उनीहरू पुनः सम्पर्कमा आएपछि पुर्जा वितरण गरिनेछ ।

नगरपालिकामा रहेका अन्य अव्यवस्थित बसोबासीको हकमा समेत आवश्यक प्रक्रिया पूरा गरी क्रमशः जग्गाधनी प्रमाण पुर्जा वितरण गर्दै जाने नगरपालिकाले जनाएको छ । रासस