१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

एक वर्षमा तीन लाख ८१ हजार जनाले भरतपुर आँखा अस्पतालबाट लिए सेवा

एक वर्षमा तीन लाख ८१ हजार जनाले भरतपुर आँखा अस्पतालबाट लिए सेवा
अ अ+ अ-

काठमाडाैँ । नेपाल नेत्रज्योति सङ्घ चितवनद्वारा सञ्चालित भरतपुर आँखा अस्पताल र मातहतका अस्पताल तथा केन्द्रबाट गत आर्थिक वर्ष २०८२÷०८३ मा तीन लाख ८१ हजार २६ जनाले स्वास्थ्य सेवा लिएका छन् ।

अस्पतालका सूचना अधिकारी रमेश घिमिरेका अनुसार त्यसअवधिमा भरतपुर आँखा अस्पतालबाट एक लाख ७९ हजार २६, उकालोको सिटि क्लिनिकबाट १९ हजार ५३८ तथा अन्य सबै खालका शिविरबाट ४२ हजार २७० जनाले आँखा परीक्षणसहित विभिन्न सेवा लिएका हुन् । त्यस्तै, विद्यालयमा सञ्चालित शिविरबाट ४६ हजार ८५ जना विद्यार्थी लाभान्वित भए । यस्तै दुईवटा सेकेण्डरी आँखा अस्पतालमा २७ हजार ३५७ जना, दुईवटा सर्जिकल आई केयर सेन्टरमा नौ हजार ४६४ र १९ वटा आँखा उपचार केन्द्रबाट ५७ हजार २८६ जनाले सेवा लिएका छन् ।

त्यो अघिल्लो आवको तुलनामा १६ प्रतिशत बढी हो । अघिल्लो आवको तुलनामा विद्यालयको शिविरमा ६० प्रतिशतभन्दा बढीको आँखा परीक्षण गरिएको छ । घिमिरेका अनुसार अघिल्लो आवमा २८ हजार ७६४ जना विद्यार्थीको मात्र आँखा परीक्षण गरिएको थियो । सेकेण्डेरी आँखा अस्पतालबाहेक सबैमा अघिल्लो वर्षको तुलनामा धेरै बिरामीलाई सेवा दिइको छ । गत आवमा ११ हजार ६३९ जनाको आँखाको शल्यक्रिया गरिएको छ । अघिल्लो आवमा ११ हजार ३२३ जनाको आँखाको शल्यक्रिया गरिएको थियो ।

नेपाल नेत्रज्योति सङ्घ चितवनका सभापति जयराम श्रेष्ठ आँखा उपचारमा भरतपुर आँखा अस्पतालले दिएको विशिष्टिकृत सेवाका कारण बिरामीको आकर्षण वढेको बताउनुहुन्छ । गुणस्तरीय सेवा दिनेमा अस्पताल टिम लागि परेको उहाँको भनाइ छ । भरतपुर आँखा अस्पताल मातहत कावासोती र पर्साको ठोरीमा सेकेण्डेरी अस्पताल, चोरमाराको मध्यविन्दु र सर्लाहीको ईश्वरपुरमा सर्जिकल सेन्टर सञ्चालनमा छ । भरतपुरको ओरालोमा सिटी क्लिनिक छ भने १९ वटा आँखा उपचार केन्द्र विभिन्न जिल्लामा सञ्चालित छन् । सङ्घले सर्लाहीको हरिपुर र धादिङको नेत्रावतीमा उपचार केन्द्र सुरु गर्ने तयारी गरेको छ ।