१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति

वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
अ अ+ अ-

बागमती। बागमती प्रदेशको वन तथा वातावरण मन्त्रालयले एक वर्षे अवधिमा ८२ प्रतिशत उपलब्धि हासिल गरेको छ ।

मन्त्रालयका एक वर्षे कार्यकालका उपलब्धिबारे जानकारी दिन आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रदेशका वन तथा वातावरणमन्त्री भरतबहादुर केसीले सो अवधिमा चालु खर्चतर्फ ७३ प्रतिशत र पुँजीगत खर्चमा ८६ प्रतिशत उपलब्धि हासिल भएको जानकारी दिनुभयो । यस अवधिमा प्रदेश वन ऐन र वातावरण संरक्षण संशोधन विधेयक तयार भई प्रदेशसभामा पुगेको उहाँले जानकारी दिनुभयो ।

मन्त्रालयबाट नवप्रवर्तन, अनुसन्धान तथा विशेषन अभियानअन्तर्गत हरेक जिल्लामा एक टिमुर बगैँचा, एक फलफूल वन अभियान, एक किसानः पाँच बोधिचित्त, पाँच रुद्राक्ष अभियानजस्ता कार्यक्रम अघि बढाइएको मन्त्री केसीले बताउनुभयो ।

जलाधार, वातावरण संरक्षण तथा विपद् न्यूनीकरण कार्यक्रमअन्तर्गत प्रत्येक जिल्लामा एकीकृत जलाधार व्यवस्थापन कार्यक्रम सञ्चालन गरिएको उहाँले जानकारी दिनुभयो ।

हरित अर्थतन्त्र, उद्यम तथा रोजगारी कार्यक्रमअन्तर्गत राजमार्ग आसपास हरित उद्यम विकास, नेपालमा पहिलो सन्ध्याकालीन जङ्गल सफारी सञ्चालनमा सहयोगजस्ता कार्यक्रम सञ्चालन गरिएको मन्त्री केसीले बताउनुभयो ।

यस अवधिमा स्थानीय तहसँग संस्थागत सहकार्य विस्तार, वन अपराध नियन्त्रण प्रणाली सुदृढ, हरित प्रदेश अभियान सञ्चालन आदि कार्यक्रम अघि बढाइएको उहाँले जानकारी दिनुभयो ।

नीति तथा कानुनी सुधारअन्तर्गत प्रदेशका ९३ प्रतिशत सामुदायिक वन कार्ययोजनायुक्त गरिएको उल्लेख गर्दै उहाँले सरकारी भवनमा स्वदेशी काठको प्रयोग प्रवर्द्धन गर्ने नीतिगत निर्णय गरिएको बताउनुभयो । रासस