२९ चैत्र २०८१, शुक्रबार
April 11, 2025 Friday

23.27°C

काठमाडौं

23.27°C

Kathmandu

Feels-like: 23.11

Wind: 3.09

Humidity: 56

Latest
नेपाल—भारतबीच राजनीतिक रुपमा पनि राम्रो सम्बन्ध छः उपप्रधानमन्त्री सिंह भारतमा असिना पानीका कारण २५ जनाको मृत्यु तीनकुने घटनाबारे गृहमन्त्रीः लोकतान्त्रिक व्यवस्थामा आगो लगाएर निरङ्कुशताको खोजि गर्ने अपराधिक र विध्वंशकारी कार्य दुर्गा प्रसाईँलाई म्याद थप गर्न जिल्ला अदालत काठमाडौं लगियो– तस्बिरहरु रविलाई कारागार पठाउने उच्च अदालतको आदेशविरुद्ध सर्वोच्चमा रिट दर्ता समृद्ध नेपाल निर्माण र राजनीतिक स्थायित्व कायम गर्ने बाहेक अरु विकल्प छैनः अध्यक्ष दाहाल दुर्गा प्रसाईंलाई सरकारी वकिलको कार्यालय लगियो आईपीएल आजः धोनीको कप्तानीमा चेन्नईले कोलकातासँग भिड्दै एउटै अभिनेताको दुई चलचित्र एकसाथ प्रदर्शनमा आन्दोलनले अड्किएको एम्बुलेन्स–तस्बिरहरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

गुजरातका लागि वर्षा बन्यो घातक, प्लेअफबाट बाहिरियो



अ+ अ-

काठमाडौँ । आईपीएल–२०२४ मा गुजरात टाइटन्स र कोलकाता नाइट राइडर्सबीचको खेल वर्षाका कारण रद्द भएको छ । योसँगै गुजरातको टोली चालू सिजनको प्लेअफको दौडबाट बाहिरिएको छ । उता, कोलकाताको टप–२ मा स्थान पक्का भएको छ ।

अहमदाबादमा सोमबार साँझदेखि रातिसम्म पानी परेको थियो । यस्तो अवस्थामा अम्पायरहरूले दुवै कप्तानसँग छलफल गरेर खेल रद्द गर्ने निर्णय गरेका हुन् । दुवै टोलीलाई एक–एक अंक दिइएको छ ।

यस खेलबाट एक अंकको साथ कोलकाता १९ अंकमा पुगेको छ भने गुजरातको मात्र ११ अंक छ र टोलीले १६ मेमा सनराइजर्स हैदरावादविरुद्ध जित हासिल गरे पनि १३ अंक मात्र जोड्न सक्ने छ । जुन प्लेअफका लागि पर्याप्त छैन ।

अर्कोतर्फ कोलकाताले टप–२ मा रहन पक्का गरेको छ । किनभने अब अंक तालिकामा रहेका दुई टोलीले १९ वा सोभन्दा बढी अंक जोड्न सक्ने छैनन् । अहिले राजस्थानसँग २० अंक पुग्ने मौका छ ।