• १ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 14 2024
  •   Unicode
Logo
Latest
★   कृषिमा लगानी दशक घोषणा ★   विश्वकप छनोटका लागि नेपाली फुटबल टोलीको घोषणा ★   सर्वोच्च अदालतमा अनलाइनबाटै मुद्दा दर्ता गर्न सकिने ★   नीति तथा कार्यक्रम: बैंक, वित्तीय संस्था र सहकारीका समस्या समाधान गरिने ★   प्रिमियर लिगमा आज टोटेनहमको सामना गर्दै म्यान्चेस्टर सिटी ★   संविधान कार्यान्वयन,अर्थतन्त्रको सुधार र भ्रष्टाचार नियन्त्रण सरकारको मुख्य प्राथमिकता: राष्ट्रपति ★   वित्त तथा मौद्रिक नीतिको समाञ्जस्य कार्यान्वयनबाट अर्थतन्त्रमा क्रमश: सुधार हुँदैछ: राष्ट्रपति ★   ‘पुजार सार्की’को तेस्रो गीत ‘जाऊँ माया’ सार्वजनिक, मन छुने शब्दमा यथार्थवादी दृश्यहरू ★   गिरिबन्धु टि–स्टेट प्रकरणको निर्णय गर्नेलाई अनुसन्धानको दायरामा ल्याउनुपर्छ – महामन्त्री थापा ★   कांग्रेसले राष्ट्रियसभाको आजको बैठक पनि अवरुद्ध गर्ने

कलेजो प्रत्यारोपण गरि पुर्नजीवन दिएको भन्दै शंकरापुर नगरपालिकाद्वारा किस्ट मेडिकल कलेजलाई सम्मान



काठमाण्डौ । शंकरापुर नगरपालिका साँखुले आफ्नो नगरका वासिन्दा कृष्णगोपाल प्रजापतिलाई कलेजो प्रत्यारोपण गरि पुर्नजीवन दिएको भनेर ललितपुरको ग्वार्काेस्थित किस्ट मेडिकल कलेज शिक्षण अस्पताल र सो मेडिकल कलेजका विशेषज्ञ चिकित्सकलाई साँखुमा आयोजित एक कार्यक्रममा विशेष सम्मान गरेको छ ।

नगरपालिकाको आयोजना तथा किस्ट मेडिकल कलेजको प्राविधिक सहयोगमा सालीनदी साँखुमा गत शुक्रबार आयोजित अंग प्रत्यारोपण (मिर्गौला तथा कलेजो) बारे एकदिने अभिमुखीकरण कार्यक्रमको अवसरमा नगरपालिकाले किस्ट मेडिकल कलेजलाई सम्मान गरिएको थियो ।

किस्ट अस्पतालले अस्पतालको लेजो प्रत्यरोपणको इतिहासमै पहिलोपल्ट साँखुका कृष्णगोपाल प्रजापतिको सफल कलेजो प्रत्यारोपण गरेको थियो ।
सो नगरपालिकाका प्रमुख रमेश नापित र उपप्रमुख समिता श्रेष्ठले नगरपालिकाको तर्फबाट किस्ट मेडिकल कलेजलाई प्रदान गरिएको सम्मान मेडिकल कलेजका प्रमुख कार्यकारी अधिकृत अमिश पाठकले ग्रहण गरेका थिए ।

किस्ट मेडिकल कलेजमा शंखरापुर नगरपालिका वडा नं ६ इँपा टोल, साँखुका ५० वर्षिय कृष्णगोपाल प्रजापतिलाई उनकै श्रीमती ४८ वर्षिया लक्ष्मी श्रेष्ठ प्रजापतिले आफ्नो कलेजोको ५७ प्रतिशत भाग काटेर पुर्नजीवन दिएकी थिइन् ।

भारतको नयाँदिल्लीस्थित इन्द्रप्रस्थ एपोलो अस्पतालका कलेजो प्रत्यारोपण विशेषज्ञ टोलीसंगको सहकार्यमा किस्ट मेडिकल कलेजका विशेषज्ञ चिकित्सक र स्वास्थ्यकर्मीको जम्बो टोलीले २०८० साल बैशाख १२ गते १५ घण्टा लगाएर कृष्णगोपाललाई सफल कलेजो प्रत्यारोपण गरेको थियो ।

शुक्रबार साँखुमा आयोजित अंग प्रत्यारोपण (मिर्गौला तथा कलेजो) बारेको अभिमुखीकरण कार्यक्रममा किस्ट अस्पतालका वरिष्ठ कलेजो प्रत्यारोपण विशेषज्ञ प्रा.डा.मुकुन्दराज जोशीले किस्ट मेडिकल कलेजमा कलेजो प्रत्यारोपणको सुविधाबारे तथा वरिष्ठ मिर्गाैला प्रत्यारोपण विशेषज्ञद्वय डा.सन्तोष क्षेत्री र डा.नारायण भुषालले मिर्गाैला प्रत्यरोपणका विविध विषयमा जानकारी गराएका थिए भने अधिवक्ता निम क्षेत्रीले अंग प्रत्यरोपणमा कानुनी पक्षबारे बताएका थिए ।

नगरप्रमुख नापित तथा उपप्रमुख श्रेष्ठले किस्ट मेडिकल कलेज र त्यहाँका चिकित्सक र स्वास्थयकर्मी सबैलाई धन्यवाद दिएका थिए ।