१९ मंसिर २०८२, शुक्रबार
,
Latest
महिला भलिबल प्रतियोगिता : नेपाल पुलिस क्लब विजयी बालबालिकालाई अस्थायी संरक्षण र वैकल्पिक स्याहारको व्यवस्था गर्दै कामपा विश्वकप खेल्ने नेपाली महिला टोलीको बन्द प्रशिक्षण सुरु मुख्यमन्त्रीद्वारा मानव सेवा आश्रम सुर्खेतको भवन शिलन्यास हाइअल्टिच्यूड क्रिकेटको प्रवर्द्धन गर्न अर्जुनचौपारी र अपिहिमालबीच भगिनी सम्बन्ध स्थापना प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रिमियर लिगमा आज टोटेनहमको सामना गर्दै म्यान्चेस्टर सिटी



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा आज महत्वपूर्ण खेल हुँदैछ । उपाधि होडमा रहेको म्यान्चेस्टर सिटीले टोटेनहम हस्टपरको सामना गर्दैछ । खेल टोटेनहमको घरेलु मैदानमा राति १२ः४५ बजे सुरु हुनेछ ।

सिटीका लागि यो खेल निकै महत्वपूर्ण रहेको छ । आजको खेल जित्दै सिटी शीर्षस्थानमा रहेको आर्सनलसँग अंक दुरी घटाउन चाहन्छ ।

सिटीले आज समेत गरी दुई खेल खेल्न बाँकी रहँदा आर्सनलले एक खेलमात्रै खेल्न बाँकी छ । सिटीको ३६ खेलबाट ८५ अंक छ भने आर्सनलको ३७ खेलबाट ८६ अंक छ । सिटीले आजको खेलपछि अन्तिममा घरेलु मैदानमा वेस्ट हाम युनाइटेडको सामना गर्दा आर्सनल एभर्टनसँग घरेलु मैदानमै भिड्नेछ ।

टोटेनहम भने ३६ खेलबाट ६३ अंकका साथ तालिकाको पाँचौं स्थानमा छ ।