४ भाद्र २०८३, बिहीबार
,
Latest
कप्तान ऐरी आइसिसी वरियताको तेस्रो स्थानमा सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छः सभापति थापा बाँकेमा एक सातामै २२ फरार प्रतिवादी पक्राउ बागमती प्रदेश मन्त्रिपरिषद् बैठकः ‘इ-क्याबिनेट’ प्रणाली सञ्चालन गर्ने निर्णय लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकः अस्थायी सङ्गठन संरचना र दरबन्दी स्वीकृत स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले पिपीए खोल्न सरकारले अघि बढायो प्रक्रिया तनहुँमा तीन हजार बढी नयाँ धारा जडान कर्णाली प्रदेशको विद्युतीकरण सरकारको प्राथमिकतामा : मन्त्री श्रेष्ठ हेलिकप्टर चढेर भाग्नेहरुको मति अझै सुध्रिएको रहेनछ: राप्रपा प्रवक्ता श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रिमियर लिगमा आज टोटेनहमको सामना गर्दै म्यान्चेस्टर सिटी



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा आज महत्वपूर्ण खेल हुँदैछ । उपाधि होडमा रहेको म्यान्चेस्टर सिटीले टोटेनहम हस्टपरको सामना गर्दैछ । खेल टोटेनहमको घरेलु मैदानमा राति १२ः४५ बजे सुरु हुनेछ ।

सिटीका लागि यो खेल निकै महत्वपूर्ण रहेको छ । आजको खेल जित्दै सिटी शीर्षस्थानमा रहेको आर्सनलसँग अंक दुरी घटाउन चाहन्छ ।

सिटीले आज समेत गरी दुई खेल खेल्न बाँकी रहँदा आर्सनलले एक खेलमात्रै खेल्न बाँकी छ । सिटीको ३६ खेलबाट ८५ अंक छ भने आर्सनलको ३७ खेलबाट ८६ अंक छ । सिटीले आजको खेलपछि अन्तिममा घरेलु मैदानमा वेस्ट हाम युनाइटेडको सामना गर्दा आर्सनल एभर्टनसँग घरेलु मैदानमै भिड्नेछ ।

टोटेनहम भने ३६ खेलबाट ६३ अंकका साथ तालिकाको पाँचौं स्थानमा छ ।