५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा

पार्टीमा भ्रष्ट र पदलोलुप प्रवृत्ति खतरनाक रुपमा देखापर्‍यो: अध्यक्ष नेपाल

पार्टीमा भ्रष्ट र पदलोलुप प्रवृत्ति खतरनाक रुपमा देखापर्‍यो: अध्यक्ष नेपाल
अ+ अ-

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पार्टीभित्र भ्रष्ट प्रवृत्ति देखिएको बताउनुभएको छ ।

मंगलवार पार्टीको केन्द्रिय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले पार्टीभित्र भ्रष्ट प्रवृत्ति देखिएको बताउनुभएको हो । उहाँले पार्टीभित्र भ्रष्टिकरण र पदलोलुपताको प्रवृत्ति खतरनाक रुपमा देखापरेको भन्दै यस्तो अवस्था रहेमा आफूहरुलाई कसैले विश्वास नगर्ने बताउनु भयो । उहाँले आफूहरुले राजनीतिको भ्रष्टिकरणका विरुद्धमा स्पष्ट अडान र तदनुरुपको गतिविधिहरु सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको बताउनु भयो ।

अध्यक्ष नेपालले आफूहरुको पार्टी फुट्ने हल्ला चलाइएको भन्दै यसप्रति सचेत हुनुपर्ने बताउनु भयो । पार्टीभित्रको असन्तुष्टिहरु छलफल गरेर टुंगो लगाउन सकिने उहाँको भनाई छ । उहाँले एकीकृत समाजवादीलाई धराशयी पार्न खोज्नेहरुले त्यस्तो हल्ला चलाएका बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘हाम्रो पार्टीको सम्बन्धमा पनि हल्लाहरु चले । अर्को पार्टी खडा गर्न तयारी पनि भइसकेको थियो भन्नेपनि चर्चा चल्यो । ६ जना लाँदैछन् भन्ने हल्लाहरु पनि चले । हामी पनि आत्तियौँ । के हो वास्तविकता ? बसेर फेरी छलफल गर्‍यौँ । छलफल गरेपछि जति गणना गर्दाखेरी पनि देखिँदैन । कतिपय साथीहरुका असन्तुष्टि छन् भनेपनि बसेर, छलफल गरेर टुंगो लगाउन नसकिने कुरो पनि छैन । त्यस अर्थमा हामीले असन्तुष्टिहरुलाई पनि राम्रो ढंगले प्रष्ट पार्ने, सन्तुष्ट त कसरी पार्न सकिएला र ? एकछिनको लागि चित्त बुझाउने र विश्वास दिलाउने कोशिस हुनुपर्दछ । तर सबैभन्दा ठूलो कुरो के छ भने हाम्रो पार्टीभित्र पनि, कम्युनिस्ट आन्दोलन भित्रपनि, नेपालको राजनीतिमा पनि भ्रष्टिकरणको प्रवृत्ति, पदलोलुपताको प्रवृत्ति, पदको निम्ति मरिहत्ते गर्ने प्रवृत्ति बडो खतरनाक रुपमा देखापरेको छ । हाम्रो पार्टीले कुन नारा अगाडी सार्दाखेरी जनतामा लोकप्रिय हुन सकिन्छ भन्ने विचार गर्नुपर्ने आवश्यकता छ । कुन विषयलाई अगाडी सार्दाखेरी सबैको मन छुन सक्दछ भन्ने कुरामा ध्यान पुर्‍याउनु पर्दछ । उही प्रवृत्ति हामीले दोहोर्‍याउन थाल्यौँ भने, हाम्रो पार्टीभित्र पनि अनुशासनहिनता र अराजकता देखापर्न थाल्यो भनेपनि, आर्थिक विचलनहरु देखापर्न थाल्यो भनेपनि, भ्रष्टिकरणको प्रवृत्तिहरु छ्याप्पछ्याप्ती देखापर्न थाल्यो भने हामीलाई कसैले विश्वास गर्ने छैनन् । हामीलाई कसैले पत्याउने छैनन् । त्यसकारणले हाम्रो पार्टीले राजनीतिको भ्रष्टिकरणका विरुद्धमा स्पष्ट अडान र तदनुरुपको गतिविधिहरु सञ्चालन गर्नुपर्ने आवश्यकता छ ।’

अध्यक्ष नेपालले राजनीतिक समिकरण दिनदिनै परिवर्तन भइरहेको भन्दै सोचेभन्दा अलग ढंगले अगाडी बढिरहेको बताउनु भयो । उहाँले कतिपय शक्तिहरु षड्यन्त्रपूर्ण ढंगले सबै पार्टीभित्र अन्तरबिरोध पैदा गरेर शक्ति वृद्धि गर्न लागेका बताउनु भयो । उहाँले अन्य पार्टीका कार्यकर्तालाई प्रलोभनमा पारी आफ्नो पक्षमा तान्न विभिन्न शक्तिहरु लागिरहेका भन्दै त्यसप्रति आफूहरु सचेत हुनुपर्ने बताउनु भयो । उहाँले उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपाललाई फुटाइएको टिप्पणी गर्नुभयो । उहाँले जसपा, नेपाललाई सरकारबाट पनि निकालिएको बताउनु भयो । अध्यक्ष यादवले मन्त्री पदबाट राजीनामा नदिएको भए गलहत्याएर निकालिने स्थिति रहेको उहाँले बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘अहिले राजनीतिक घटनाक्रममा दिनदिनै परिवर्तन भइरहेको छ । समिकरणमा दिनदिनै परिवर्तन भइरहेको छ । गठबन्धनमा दिनदिनै परिवर्तन भइरहेको छ । एक ढंगले अगाडी बढ्ला भन्यो अर्को ढंगले अगाडी बढ्न पुगेको छ । किनभने कतिपय शक्तिहरु अत्यन्त षड्यन्त्रपूर्ण ढंगबाट लागेका छन् । जसरी पनि आफ्नो शक्ति वृद्धि गर्ने, साम, दाम, दण्ड, भेद सबैको प्रयोग गरेर, सबै पार्टीभित्र अन्तरबिरोध पैदा गरेर, विभिन्न पार्टीका कार्यकर्तालाई प्रलोभन दिएर आफ्नो पक्षमा ल्याउनका लागि, तान्नका लागि न्वारनदेखिको बल लगाइरहेका छन् । यो कुरालाई हामीले हेक्का राख्नुपर्छ । कसले लगाइरहेको छ ? भनिदिनुस् न कमरेड भन्नुहोला । बडो गाह्रो छ भनिरहनलाई । तर गाह्रो पनि छैन । सजिलै छ । सबै तपाईहरु बुझ्नुहुन्छ । हामी बुझ्दछौँ । हामीले केही दिन पहिले देख्यौँ । सँगसँगै जाला कि भन्ने ठानेको, संसदको अवधिभरी सँगसँगै जाला भनेको, समाजवादी मोर्चाको एउटा महत्वपूर्ण घटक रहेको जनता समाजवादी पार्टी, नेपाल विभाजित गरियो । विभाजित गरिएको मात्रै होइन । सरकारबाट पनि निकालियो । तपाईहरुलाई आफैँ राजीनामा दिएर अलग भएको हो कि भन्ने लाग्ला । होइन । निकालियो । मुन्ट्याउने काम मात्रै भएन । यदि उपेन्द्र यादवले राजीनामा नदिएको भए उनलाई गलहत्याएर निकालिन्थ्यो । हिजो काम छदाँको भाँडो । काम सकिएपछि ठाँडो भनेजस्तै हामी उपेन्द्र यादवको अवस्था देखिरहेका छौँ ।’

उहाँले वर्तमान सत्ता समिकरणमा बस्ने कि नबस्ने भन्ने निर्णय गर्नुपर्ने अवस्था रहेको पनि स्पष्ट पार्नुभयो । अध्यक्ष नेपालले पार्टीका मन्त्रीहरुप्रति नेता, कार्यकर्ताहरुको धेरै गुनासो आएको भन्दै पार्टी र कार्यकर्ताहरुसँगको सम्बन्धलाई राम्रो बनाउन मन्त्रीहरुलाई निर्देशन पनि दिनुभयो । —न्युज एजेन्सी नेपाल