२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप ट्रफीसँगै नयाँ भूमिकामा देखिनेछन् सचिन तेन्दुलकर



अ+ अ-

एजेन्सी । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले सन् २०२३ को विश्वकपका लागि सचिन तेन्दुलकरलाई ठूलो जिम्मेवारी दिएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले ‘क्रिकेटका भगवान’लाई विश्वकप २०२३ को ग्लोबल ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ । अर्थात् सचिन एकपटक फेरि विश्वकप ट्रफीसँगै नयाँ भूमिकामा देखिनेछन् । भारतको भूमिमा अक्टोबर ५ (भोलि) बाट विश्वकप सुरु हुँदैछ ।

आईसीसीले सचिन तेन्दुलकरलाई विश्वकप २०२३ को ब्रान्ड एम्बेसडर बनाएको छ । इंग्ल्यान्ड र न्युजिल्यान्डबीच हुने प्रतियोगिताको उद्घाटन खेलअघि सचिन विश्वकप ट्रफीसहित मैदानमा आउनेछन् ।

१२ वर्षपछि भारतीय भूमिमा हुन लागेको यो मेगा इभेन्टको उद्घाटन मास्टर ब्लास्टरले गर्नेछन् । सचिनले आफ्नो अन्तर्राष्ट्रिय करियरमा ६ पटक विश्वकपमा भाग लिएका थिए । सन् २०११ मा सचिन भारतको विश्व च्याम्पियन टिममा पनि थिए ।

विश्वकपको पहिलो खेलमा साविक विजेता इंग्ल्याण्डले साविक उपविजेता न्युजिल्यान्डको सामना गर्नेछ । सन् २०१९ मा न्युजिल्यान्डलाई हराउँदै इंग्ल्याण्डले विश्वकपको उपाधि जितेको थियो । भारतीय टोलीले अक्टोबर ८ मा अष्ट्रेलियाविरुद्ध खेल्दै यस विश्वकको सुरुवात गर्नेछ ।