२१ मंसिर २०८२, आईतवार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालद्वारा माल्दिभ्स १३८ रनले पराजित



अ+ अ-

नेपालले माल्दिभ्सलाई एसियाड क्रिकेट अन्तर्गत चीनको हाङझाउमा भएको खेलमा १३८ रनले पराजित गरेको छ ।

नेपालले दिएको २१३ रनको विशाल लक्ष पछ्याएको माल्दिभ्स टिम १९.४ ओभरमा ७४ रनमै समेटिएको थियो । नेपालका लागि अभिषेक बोहराले घातक बलिङ गर्दै ६ विकेट लिएका थिए । माल्दिभ्सका ६ खेलाडी बिना कुनै स्कोर पवेलियन फर्किएका थिए ।

नेपालका बलरहरू सन्दीप लामिछाने, सोमपाल कामी, गुल्सन झा र कुशल भुर्तेलले एक एक विकेट लिएका थिए । माल्दिभ्सका लागि मुभिथ गान्नीले सर्वाधिक ३६ रन बनाएका थिए ।।

यसअघि नेपालका ब्याट्सम्यान रोहित पौडेलको ५२ र कुशल मल्लको तुफानी ४७ रनको मद्दतले नेपालले २० ओभरमा २१२ रन बनाएको थियो ।

यो जितसँगै नेपाल आफ्नो समूहमा पहिलो हुँदै दोस्रो राउन्डमा पुग्न सफल भएको छ । नेपालको समूहमा मंगोलिया र माल्दिभ्स थिए ।

नेपालको स्कोरबोर्डः

कुशल भुर्तेलः ३५ रन

आसिफ सेख: ६
विनोद भण्डारी: १३
सन्दीप जोरा: ५
गुल्सन झा: ३५
रोहित पौडेल: ५२
कुशल मल्ल: ४७
दीपेन्द्र सिं ऐरी: ६
सोमपाल कामी: १