• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

वल्भ्ससँग म्यान्चेस्टर सिटी पराजित



एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत म्यान्चेस्टर सिटी पराजित भएको छ । भर्खरै सम्पन्न खेलमा सिटी वल्भ्ससँग २–१ गोलले स्तब्ध बनेको हो ।

जारी प्रिमियर लिगमा सिटीको पहिलो हार हो ।

वल्भ्सको घरेलु मैदान मोलिनेक्स स्टेडियममा भएको खेलमा वल्भ्सले खेलको १३ औं मिनेटमा अग्रता लिएको थियो । सिटीका रुवेन डियाजले आत्मघाती गोल गरेपछि वल्भ्सले खेलमा सुरुवाती अग्रता बनाएको हो ।

५८ औं मिनेटमा जुलियन अल्भारेजले गोल गर्दै सिटीलाई १–१ गोलको बराबरीमा ल्याए । तर, ६६ औं मिनेटमा ह्वाङ हि चानले गोल गर्दै वल्भ्सलाई २–१ गोलको जित दिलाए ।

यो नतिजासँगै सिटी ७ खेलमा १८ अंकका साथ शीर्षस्थानमा यथावत छ । वल्भ्स भने समान खेलबाट ७ अंकका साथ १३ औं स्थानमा छ ।